मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
काठमाडौं – विवेकशील दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् । मंगलवारदेखि जनकपुरमा शुरू भएको राष्ट्रिय सम्मेलनले पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अध्यक्षका अर्का प्रत्यासी शिव थापालाई पराजित गर्दै पाण्डे अध्यक्ष निर्वाचित भएका हुन् ।
अध्यक्षमा पाण्डेसँगै महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वाचित भएको भएका हुन् ।
लोकान्तरसँग कुरा गर्दै पाण्डेले सुसंस्कृत र वैकल्पिक राजनीतिलाई अझ राम्रोसँग अघि लैजाने आफ्नो प्रतिबद्धता रहेको बताए । 'अझ बढी ठोस अभियानमा जोड दिने मेरो नीति रहनेछ,' पाण्डेले भने, 'आम नागरिकलाई छुने खालको अभियान गर्नेमा मेरो जोड रहनेछ ।'
यससँगै विवेकशील नेपाली दलले आगामी निर्वाचन पाण्डेको नेतृत्वमा लड्नेछ । पाण्डेले आफ्नो ध्यान निर्वाचनमा रहने बताए ।
यसबीचमा पार्टीभित्र आर्थिक अनुशासन कायम नभएको आरोप विवेकशीललाई लागेको थियो । पाण्डेले उक्त आरोप आफूविरुद्ध फैलाइएको नियोजित भ्रम भएको भन्दै आन्तरिक अनुसन्धान पनि गरिरहेको खुलासा गरे ।
'म र मेरो टीम पार्टीलाई थप अनुशासित बनाउने दिशातर्फ लैजानेछौं,' पाण्डेले भने, 'यसबीचमा हामीमाथि आरोप पनि आउने काम भयो । यो यद्यपि हामीविरुद्धको नियोजित प्रचार हो । हामीले आन्तरिक रूपमा अनुसन्धान गरिरहेका छौं । यसले हामीलाई थप प्रतिबद्ध बन्न हौसला थपेको छ ।'
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...