यस कुकुरले पाउन लागेको थियो सर्वोत्कृष्ट अभिनेताको अस्कर अवार्ड

हलिउडको सबभन्दा प्रतिष्ठित पुरस्कार अस्कर नेपाली समयअनुसार सोमवार बिहान वितरण गरिनेछ । 

एकेडमी अवार्ड्स भनेर समेत चिनिने अस्कर सन् १९२० को दशकदेखि दिन थालिएको हो । 


Advertisement

कुनै समयमा एउटा कुकुरलाई यो अवार्ड दिन लागिएको थियो । 

त्यो कुकुर सन् १९२० को दशकको फिल्महरूमा नायक तथा सर्वाधिक लोकप्रिय अभिनेता रिन टिन टिन थियो । रिंटी भनिने उक्त कुकुर हलिउडको सबभन्दा लोकप्रिय एनिमल स्टार थियो । उसको जीवनी समेत प्रकाशित छ र सुजन ओर्लनले उक्त जीवनी लेखेकी हुन् । 


Advertisement

जीवनीमा सुजनले लेखेअनुसार पहिलो अस्कर अवार्ड्समा रिन्टीलाई बेस्ट याक्टर क्याटेगोरीमा सबभन्दा बढी भोट आएको थियो । तर पछि एकेडमीले जनावरलाई अवार्ड दिनु ठीक होला र भन्ने ठान्यो अनि जर्मन याक्टर एमिल जेनिङ्सलाई अवार्ड दिने निर्णय गर्‍यो । 

तर रिन टिन टिनलाई अवार्ड दिने कुरा मजाक मात्र रहेको विभिन्न आलेखहरूमा उल्लेख गरिएको छ । यो मजाक अस्कर अवार्ड सेरेमोनीमा सुनाइएको र पछि गएर यो प्रसिद्ध कथा बनेको बताइन्छ । 

रिन्टी वार्नर ब्रदर्श कम्पनीको फिल्मको स्टार थियो । त्यहाँका एक कार्यकारी अधिकृत ड्यारील जानुकले मजाकका रूपमा बेस्ट याक्टरमा रिन टिन टिनको नाम दिएका थिए । 

रिन टिन टिनले २५ भन्दा बढी हलिउड फिल्ममा काम गरेको थियो । तिनमा जज अफ स्टील र क्ल्याश अफ द वुल्भ्स जस्ता फिल्म पनि पर्छन् । 

रिन्टी आफ्नो समयको सबभन्दा लोकप्रिय स्टार थियो र उसका अनेकौं प्रशंसक थिए । उक्त जर्मन शेफर्ड कुकुरको मृत्यु सन् १९३२ मा भएको थियो । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्