×

NMB BANK
NIC ASIA

ट्रम्पलाई दंग पार्ने मोदीको त्यो भाषण र ७० लाखले स्वागत गर्ने महत्त्वाकांक्षा

फागुन १२, २०७६

NTC
Premier Steels

पोहोर साल भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको ह्युस्टनमा आयोजित एक समारोहमा भाग लिने क्रममा मञ्चमा उक्लिँदा मानिसहरूले उनको नाम लिएर चिच्याए । त्यसपछि उनले ‘परिचय नै नचाहिने’ मानिसको परिचय दिन्छु भने । 

Muktinath Bank

‘उनको नाम यस ग्रहका सबै मानिसले थाहा पाएका छन्,’ मोदीले भने । ‘उनको प्रत्येक शब्द लाखौं मानिसले सुन्छन् । यस देशको सर्वोच्च पदमा पुग्नुअघि नै पनि उनी अत्यन्तै लोकप्रिय थिए ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी भूमिका बाँध्दै उनले राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशंसा गेका हुन् । त्यो सुनेर ट्रम्प दंग परे । 


Advertisment
Nabil box
Kumari

ट्रम्पलाई ठूला भीडका अगाडि प्रस्तुति दिन मन पर्छ । चुनाव जितेदेखि नै उनले भीडलाई सम्बोधन गर्ने काम छोडेका छैनन् । अनि मोदी पनि भीडका अगाडि सम्बोधन गर्न रुचाउने व्यक्ति हुन् । त्यसै कार्यक्रममा ट्रम्पले मोदीलाई लोकप्रिय गायक एल्भिस प्रेस्लीसँग तुलना गरे । 

Vianet communication

अमेरिकामा अलिअलि झलक पाइसकेका ट्रम्पले मोदीको स्टार पावर सोमवार र मंगलवार झनै बढी देख्नेछन् । सोमवार उनी भारत भ्रमणका क्रममा आइसकेका छन् । आफूलाई ७० लाख मानिसले विमानस्थल र कार्यक्रमस्थलका बीचमा उभिएर स्वागत गर्ने भनी ट्रम्पले फुइँ समेत लगाए । तर त्यस शहरको जनसंख्या ५० लाख ६० हजार छ ।

अहमदाबादमा सोमवार ‘नमस्ते ट्रम्प’ कार्यक्रम राखिएको छ र आफ्नो गृहराज्य गुजरातमा मोदीले ट्रम्पभन्दा बढी नै प्रभावशाली उपस्थिति जनाउने पक्का छ । 

वाशिङटन र नयाँ दिल्लीबीच व्यापारका विषयमा मतभेद छ । तर मोदीले ट्रम्पलाई जनतामाझ कसरी लोकप्रिय हुने भनी बाटो देखाएका छन् । उनले आफ्नो पार्टी र आफ्नो आधारभूमिलाई आफूवरिपरि घुमाउनुका साथै देशका बहुसंख्यक जनतालाई आफ्नो पक्षमा पारेका छन् । उनका विरुद्ध कुनै सशक्त प्रतिपक्ष छैन यद्यपि मानवअधिकार उल्लंघन र असंवैधानिक कदम चालेको भन्दै उदारवादीहरूले यदाकदा विरोध गर्ने गरेका छन् । 

यसको विपरीत, ट्रम्पले चाहिँ भर्खरै मात्र महाअभियोगको छलफल सामना गरेका हुन् यद्यपि उनी पद जोगाउन सफल भए । अनि उनले आगामी नोभेम्बर महिनामा कडा प्रतिस्पर्धा हुने निर्वाचनको सामना गर्नुपर्ने भएको छ । 

आफू निर्वाचित भएदेखि नै ट्रम्पले बलिया शासकहरूप्रति सम्मान दर्शाउने गरेका छन् । उनले चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेचेप तैयिप अर्दोआनलाई प्रशंसा गर्ने गरेका छन् । 
यसले उनका आलोचकहरूलाई चिन्तित तुल्याएको छ र उनीहरू ट्रम्पमा सर्वसत्तावादी सोच रहेको र आफूप्रति विमति राख्नेलाई उनले घृणा गर्ने गरेको बताउँछन् ।

भारत हुन त अमेरिकाभन्दा ऐतिहासिक र प्रणालीगत रूपमा नितान्त भिन्न मुलुक हो तर मोदीका रूपमा ट्रम्पले लोकतान्त्रिक निरंकुशताको उदाहरण पाएका छन् । देशलाई मुट्ठीमा लिन र विपक्षीलाई ध्वस्त पार्न निरंकुश शासन नै आवश्यक छैन भन्ने कुरा मोदीले प्रमाणित गरेका छन् । 

ट्रम्प र मोदीबीच अनेकौं समानता भेटिन्छन् । दुवैजना रूढिवादी राष्ट्रवादी नेता हुन् र दुवैले मुसलमान र आप्रवासीहरूविरुद्ध विषवमन गर्ने गरेका छन् । अनि मिडियाले गर्ने आलोचनालाई दुवैले मन पराउँदैनन् । 

यी दुवैले आफ्नो व्यक्तिपूजालाई प्रोत्साहन गर्ने गर्छन् र उनीहरूको लोकप्रियता आफ्नै दलभन्दा पनि बढी छ । 

ट्रम्प रिपब्लिकनहरूमाझ अत्यन्तै लोकप्रिय छन् र सन् २०२० मा उनी पुनः निर्वाचित हुन सक्छन् । तर उनले हाउस स्पीकर न्यान्सी पेलोसीको कठोर विरोधको सामना गर्नुपरेको छ र कतिपय अवस्थामा उनलाई न्यायपालिकाले पनि रोकेको छ । मोदीलाई यस्ता समस्याको सामना गर्नुपरेको छैन । 

ट्रम्पभन्दा भिन्न मोदीलाई कसैले हल्लाउन नसकेको देखिन्छ । 

केही महिनाअघि भारतको सर्वोच्च अदालतले हिन्दूवादीहरूलाई विजयी बनाउँदै अयोध्याको विवादित भूमिमा राम मन्दिर बनाउने बाटो खोल्यो । अदालतले विवादास्पद नागरिकता संशाधन विधेयकलाई रोक्न समेत अस्वीकार गर्‍यो । विधेयक पारित भएर ऐन बनिसकेको छ र यसको प्रखर विरोध भइरहेको छ । विरोधीहरूले यस ऐनबाट मुसलमानहरू थप सीमान्तीकृत हुने र लाखौं मानिस राज्यविहीन बन्ने चेतावनी दिएका छन् । 

यी दुवै विजयले मोदी र उनको दल भारतीय जनता पार्टीको हिन्दूत्व नीतिलाई थप अगाडि बढाउन मद्दत गर्छन् र धर्मनिरपेक्ष देशलाई हिन्दूराष्ट्र बनाउने बाटो खोल्न सक्छन् । 

नागरिकता विधेयकका विरुद्ध विरोध प्रदर्शन भइरहेका छन् अनि मोदीले कश्मीरको विशेषाधिकार खोसेको कामले अन्तर्राष्ट्रिय रूपमा भर्त्सना खेपिरहेको छ तर यी सबैले शक्तिमाथि उनको पकडलाई हल्लाउन सकेको छैन । 

बरू विमति राख्नेहरूले भारी मूल्य चुकाउनुपरेको छ । विरोधकर्ताहरूमाथि भीडले आक्रमण गरेको खबर आउने गरेको छ । उनीहरूलाई राष्ट्रविरोधी संज्ञा दिँदै ज्यान मार्ने धम्की दिने र दुर्व्यवहार गर्ने गरिएको छ । मोदीको योजनामा सम्मति नजनाउने मिडियालाई ‘सेल्फ सेन्सर गर्न वा सरकारको कदम अनुकूल हुनका लागि दबाब’ रहेको मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ । 

‘मलाई भारतको पहिलेको स्थितिको याद आउँछ, त्यतिखेर देश विभाजित मनस्थितिमा थियो,’ पोहोर साल मोदीलाई भेटेपछि ट्रम्पले भनेका थिए । ‘अनेकौं विमतिहरू थिए अनि संघर्षहरू हुने गर्थे । पछि उनले सबैलाई एकै ठाउँमा ल्याए, जसरी पिताले आफ्ना सन्तानलाई एकजुट बनाउँछन् । शायद उनी भारतका पिता हुन् ।’

मोदीको लोकप्रियता अनि मिडिया तथा हिन्दूहरूमाझ उनको विशाल समर्थनले आमनिर्वाचनमा उनलाई प्रचण्ड विजय दिलाएको थियो । उनले भाजपालाई थप सीट जिताउन र विपक्षी दल कांग्रेसलाई ध्वस्त पार्न सफल सके । 

तर अब केही महिनापछि हुन लागेको राष्ट्रपति निर्वाचनमा हुने कडा प्रतिस्पर्धा र विपक्षी डेमोक्रेटिक पार्टीले उनलाई हटाउनका लागि लिएको दृढ संकल्पका कारण ट्रम्पलाई मोदीको सफलतासँग तुलना गर्न अलि गाह्रै देखिन्छ ।

सीएनएनमा प्रकाशित जेम्स ग्रिफिथ्सको विश्लेषण

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x