×

NMB BANK
NIC ASIA

कोडिभ–१९ संक्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्र सुनसान

चैत २, २०७६

NTC
Premier Steels

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो । 

Muktinath Bank

धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र किच्चकबध, कृष्णथुम्की, अर्जुनधारा जलेश्वरधाम, शिवसताक्षीधाम, दोमुखा, जामुनखाडी, बाँसबारी, कालिकालगायतका सिमसार क्षेत्रमा दैनिक १५ दिनयता आन्तरिक पर्यटकसमेत आउन ठप्प भएको छ । ती क्षेत्रमा खोलिएको होटल व्यवसायमा समेत परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर लावतीले नेपाल सरकारले भिडभाडमा नजान, सभासम्मेलन र गोष्ठीलगायतका कार्यक्रम नगर्न आग्रह गरेसँगै पर्यटक आउन छाडेको बताउनुभयो । 'कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण कोही पनि आउँदैनन्', उनले भने, 'यसले पर्यटन क्षेत्र धरासायी बनायो ।” उहाँले यतिबेला समितिका पदाधिकारी नै स्थानीय सरकारसँग मिलेर कोभिड–१९ बाट जोगिन स्थानीयवासीलाई सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए। 


Advertisment
Nabil box
Kumari

भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङलगायत पश्चिम बङ्गालबाट र नेपालकै विभिन्न जिल्लाबाट दैनिक सयौँको सङ्ख्यामा आउने पर्यटक ठप्प भएपछि मेचीनगर–११ मा रहेको बाँसबारी सामुदायिक वन सुनसान भएको छ । 
बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तक्दिर प्रसाइँले चीनमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि पर्यटक आउन कम भएको बताउँदै भने, 'अहिले त झन ठप्प छ कोही आउँदैनन् ।' 

Vianet communication

दैनिक ५०० भन्दा बढी पर्यटक आउने जामुनखाडी सिमसार क्षेत्रमा समेत पर्यटक आउन छाडेका छन् । प्रदेश नम्बर–१ को सरकारले वन्यजन्तु आरक्षण केन्द्रको रूपमा विकास गरेसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको थियो । जामुनखाडीको मिनी चिडियाखानामा रहेका बाघ, भालु, अजिङ्गर, नील गाई, हरिण, जरायोलगायतका दर्जनौँ जनावर हेर्नका लागि विद्यार्थीको समेत भीड लाग्ने गरेको थियो । शनिवारसमेत जिल्लाकै विद्यालयबाट आउने विद्यार्थी आउन छाडेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ख्याम सिटौलाले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x