×

NMB BANK
NIC ASIA

कोरोनाबारे चिन्तित नहुन विज्ञको सुझाव, भन्छन् : घरमै बसौं, स्वस्थ रहौं, मस्त रहौं

बैशाख ४, २०७७

NTC
Premier Steels

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि विज्ञ हरूले यसबारे चिन्तित नभई सचेत हुन आह्वान गरेका छन् ।

Muktinath Bank

कोरोना भाइरसविरुद्ध सचेतना फैलाउँदै आएका जनस्वास्थ्य विद् डा‌. रवीन्द्र पाण्डेले नकारात्मक सोच नराख्न आग्रह गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक सञ्जाल फेसबूकमार्फत उनले अहिलिे रोग विरुद्ध लड्ने समय भएको भन्दै अनावश्यक चिन्ता नलिन आग्रह गरेका छन् । 


Advertisment
Nabil box
Kumari

यस्ता छन् उनले फेसबूकमार्फत दिएका सन्देश :

Vianet communication

– कोरोना संक्रमणले गर्दा अर्थतन्त्र टाट पल्टिने भयो, पैसा अबमुल्यन हुने भयो, सेयर बजार डुब्ने भयो, आर्थिक मन्दी आउने भयो ... जस्ता तनाब दिने कुरा नगरौं । यस्ता कुरा भूकम्पको बेला पनि भएका थिए, नाकाबन्दीको बेला पनि भएका थिए । भोलि कोरोना संक्रमण नियन्त्रणमा आएपछि घाउ हरू निको हुँदै जान्छन । नेपाल औद्योगिक देश हैन तसर्थ अर्थतन्त्र हामीले सोंचेजस्तो डुब्ने छैन ।

– भारतले सामान पठाउन बन्द गर्यो भने इन्धन, खाना र औषधि नपाएर मरिन्छ भन्ने जस्ता कुरा पनि नगरौं । नाकाबन्दीमा बाँचेका थियौं । औषधिको केमिकल चीनबाट ल्याउने हो भारतले पनि । हामीले सिधै चीनबाट ल्याउन सकिन्छ । नेपालमा सयौं औषधि कम्पनी छन्, उनी हरू ले आफ्नो ब्यबसाय गर्नेछन । त्यस्तै हामीले ग्यास नपाए बिजुली, दाउरा, गुंइठा बालेर पनि काम चलाउन सक्छौं । बिद्युत उत्पादन र वितरणमा काम गर्यौं भने हामीलाई ग्यास सिलिन्डर नभएपनि काम चल्छ । नेपाल कृषिप्रधान देश हो । गाउँ पुरै बाँझो छ, गाह्रो पर्यो भने हामी हरू खेतीपाती गरेर, अर्गानिक खाना खाएर तथा गाउँ आवाद गरेर झन् आत्मनिर्भर हुनेछौं ।

– लाखौंको रोजगारी जाने भयो भनेर चिन्ता नगरौं । खेतीपाती, बाख्रापालन, कुखुरापालन, गाईभैंसी पालन आदि गरेर हाम्रा फार्ममा अरुलाई रोजगार दिने हैसियत हाम्रो बन्नेछ ।

– कोरोना फैलियो भने बिकसित देशमा लाख भन्दा धेरै मान्छेको मृत्यु भयो भने हाम्रो के गति होला भनेर चिन्ता नगरौं । मर्न त्यति सजिलो छैन । संसार कोरोनाले पीडित हुँदा हामी सुरक्षित हुनु संयोग मात्र हैन । हाम्रो हावापानी, खानपिन, रहनसहन कोरोना प्रतिरोधी छ । हामीकहाँ ४ – ६ हप्ता कोरोना लागेका मान्छे भन्दैछन – हामीलाई केहि पनि भएको छैन, एउटा लक्षण पनि देखिएको छैन । लाखौँ मान्छेको कोरोनाबाट मृत्यु हुँदा अहिलेसम्म पोजिटिभ देखिएका १ जना पनि आइसीयु / भेन्टिलेटरमा बस्नुपरेको छैन । उनीहरू दालभात, तरकारी खाएर तथा आफन्तसंग फोनमा कुरा गरेर अस्पतालमा बसेका छन् ।

– सरकारले केहि गर्दैन, भ्रस्ट्राचार मात्र गर्छ भनेर निरासाको व्यापार नगरौं । सरकारले लकडाउन नगरेको भए स्थिति अर्कै हुनसक्थ्यो । देशभर क्वारेन्टाइन, आइसोलेसन केन्द्र, अस्पतालमा बेडको क्षमता, पीपीईजस्ता अत्याबश्यक कुरामा प्रगति भएको छ । प्रहरी प्रशासन रातदिन खटेको छ । स्वास्थ्यकर्मी हरू ज्यानको बाजी राखेर काम गरिरहेका छन् । जटिल परिस्थिति आयो भने सरकारले तदनुसार काम गर्नेछ । यस्तो बेलामा कात्रोमा खल्ती सिलाउनेलाई अख्तियार, सिआइबी, चुनाब आदिले तह लगाउनेछन् । उनीहरूलाई पापले भतभती पोल्नेछ । नराम्रो गर्नेको कहिल्यै राम्रो भएको छैन ।

– सहरमा खान नपाएर तथा उपचार नपाएर धेरैजना मर्ने भए भएर निरुत्साहित गर्ने कुरा नगरौं । कोहि भोको र बिरामी भयो भने प्रहरी कार्यालय वा वडा कार्यालय जानु भयो भने भोक र ज्वरोले मरिने छैन । गाउँगाउँमा सरकारी स्वास्थ्य संस्था छन्, स्वास्थ्यकर्मीले हप्तामा सातै दिन काम गरिरहेका छन् ।

– भारतमा कोरोना धेरै फैलियो भने इन्डियनहरू नेपाल आएर बर्बाद गर्छन भनेर पनि चिन्ता नगरौं । त्यो परिस्थिति देखियो भने सरकारले बोर्डर शिल गर्छ, मेचीदेखि महाकालीसम्म सुरक्षाकर्मी र स्थानीय जनताको गस्ती हुनेछ । आबश्यक परे सिमानामा कर्फ्यु लागु हुनेछ । हामी लाखौँ स्वयंसेवी जनताको स्वास्थ्य रक्षा गर्न सिमानामा उभिनेछौं ।

–चिन्ता, तनाब, असुरक्षा अनुभूति आदिले रोगसँग लड्ने शारीरिक, मानसिक तथा इम्युनिटी प्रणालीमा नकारात्मक असर गर्दछ । तसर्थ । सकिन्छ आशाका किरण वितरण नगरौं, सकिदैन, निराशाको मन्दबिष वितरण नगरौं ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x