×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशको एक मात्र सुगम नगरपालिकाको वर्गिकरणमा परेको वीरेन्द्रनगर नगरपालिकामा कोरोना त्रासलाई मध्यनजर गर्दै स्यानिटाइजर गेट निर्माण गरिएको छ । उक्त गेट सुर्खेतका दुइ जना युवा वैज्ञानिकले निःशुल्क रुपमा निर्माण गरि नगरपालिकालाई शनिबार हस्तान्तरण गरेका हुन ।

Muktinath Bank

कोरोना भाईरस नियन्त्रण तथा रोक्थामका लागि प्रत्येक व्यक्तिमा हुने किटाणुको संक्रमण नियन्त्रण गर्न स्यानिटाइजर एक नौलो आविष्कार भएको युवाहरुले दाबी गरेका छन् ।सुर्खेत निवासी युवा बैज्ञानिक श्याम कुमार विष्ट (साइन्स फिजिक्स), राजेन्द्र विष्ट (वायो केमिस्ट) ले सोलार जडित अत्याधुनिक वाक थ्रो स्यानिटाइजर गेट नेपालमै पहिलो पटक निर्माण गरेका हुन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुर्खेत साइस एण्ड सर्जिकल र सुर्खेत वायु केमिकल एण्ड आइजिन इण्डस्ट्रिका सञ्चालक रहेका दुई भाईले नयाँ प्रविधिको निर्माण गरी वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरेका छन् । वीरेन्द्रनगर नगपालिकाको स्वास्थ्य शाखाको निर्देशन, प्रत्यक्ष निगरानी र सल्लाहमा निर्माण गरी नगरपालिकालाई निःशुल्क हस्तान्तरण गरिएको हो ।


Advertisment
Nabil box
Kumari

‘कार्यालय वा घरमा प्रवेश गर्ने व्यक्तिहरुलाई सुरक्षित बनाउने स्यानिटाइजर गेट आफनै सृजना र मौलिकमा निर्माण गरी प्रयोगमा ल्याइएको हो । जनघनत्व बढी आवत जावत गर्ने कार्यालय वा घरमा समेत प्रयोग गर्न सकिने छ ।’ वैज्ञानिक विष्टले भने, ‘गेटले केमिकलको छिर्काउ विधिबाट सोलारको सहायताबाट मोटरपम्प प्रयोग गरेर नोजलबाट केमिकल स्प्रे गराएर कुनै पनि व्यक्तिलाई संक्रमण भाईरस रहित, सुरक्षित गराउन सकिने छ ।’

Vianet communication

यो मेसिनको प्रयोग गरी दैनिक हजारौंको सख्याका व्यक्तिहरुलाई पूर्ण रुपमा संक्रमणका किटाणु रहित, सुरक्षित गराउन सकिन्छ उनको भनाइ छ । गेटमा यसमा मुख्यगरी दुई वटा प्रवेशद्धार रहेका छन् । एउटाबाट जाने र अर्कोबाट फर्किने द्धार बनाइएको छ ।

ढोकाभित्र प्रवेश गर्दा मेसिनमा रहेको सेन्सरले मोटर स्टार्ट गर्दछ र सोलारको सहायताले ट्याङ्कीमा रहेको केमिकल वास्विकरण विधिबाट व्यक्तिलाई पूर्ण रुपमा सेनिटाईज गराउन सकिने निर्माणकर्ता बैज्ञानिक राजेन्द्र विष्टले जानकारी दिए । 

यसमा प्रयोग भएको मुख्य केमिलक विश्वभर प्रयोग हुँदै आएको डिसइन्फयाक्टेन्ट रुपमा रहेको सोडियम हाइपोक्लोराईटको प्रयोग गरिएको उनको भनाइ छ । सोलार सिस्टमको जडान गर्दा ८० हजार, विद्युतिय सिस्टम जडान गर्दा ६० हजार लागत लाग्ने उक्त प्याकेजमा ५० लिटरको केमिकल हस्तान्तरण हुने जनाइएको छ ।

यसका बारेमा थप जानकारी लिनुपरेमा फोन नं. ९८४८१६०१०५ र ९८५८०५२९२४ मा सम्पर्क राख्न युवा वैज्ञानिकले आग्रह गरेका छन् ।

वीरेन्द्रनगर उपप्रमुख मोहनमाया ढकालले मेसिनका कारण नगरपालिकामा आउने सेवाग्राही तथा कर्मचारीहरुलाई कोरोनाको त्रासले असर नपारोस र केहि हदसम्म जोगिने वातावरण बनोस भन्ने ध्येयका साथ जडान गरिएको बताइन् । ‘यहाँ आउने हरेक नागरिक तथा कर्मचारीबाट अर्को व्यक्ति त्रसित हुने अवस्था नआओस भन्ने उदेश्यका साथ यो प्रविधिको जडान गरेका हौं,’ उनले भनिन्, ‘अब नगरपालिकामा काम गर्दा थप सजगता हुने र कोरोना फैलिनबाट केहि हदसम्म भएपनि रोक लाग्ने मैले महसुस गरेको छु । युवा वैज्ञानिकहरुको यो आविष्कार गजबको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x