कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बैशाख ८, २०७७
कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारी बढिरहेका बेला श्रम बजार संकटमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै रोजगारी दिने दाबी विभिन्न अन्तर्वार्तामा गरिरहेका छन् ।
तर स्वदेशमा खेतीपाती गरिरहेका किसान समस्यामा परेका छन्, बिउबिजन र मलखाद नपाएर ।
कोरोना भाइरस फैलिनबाट बच्न लकडाउन भएको २८ दिनसम्म अत्यावश्यकबाहेक पसल, बजार व्यवसाय खुलेका छैनन् । सरकारले बिउबीजल र मलखाद पसललाई अत्यावश्यक सेवामा समावेश गरेको छैन । जसले गर्दा किसानले खेतीपाती प्रभावित भएको छ ।
यतिबेला तरकारी खेतीमा टमाटर, काउली, बन्दा लगाउने सिजन भएपनि बिउबिजन पाउन नसकेको गुनासो किसानले गरेका छन् । ‘बर्खे तरकारी लगाउन बिउ नपाएका समस्या भइसक्यो,’ सुर्खेतको चिंगाड गाउँपालिकाका कृषक प्रेमबहादुर खत्रीले भने, ‘अहिले न त मल पाइन्छ, न त बिउ नै खरिद गर्न पाइन्छ । बिउ नै नपाउँदा हामीले कसरी उत्पादन गर्ने ? समस्या भएको छ ।’
लकडाउनका कारण अर्थतन्त्रमा पर्नसक्ने प्रभावलाई कम गर्न सरकारले कृषि उत्पादन बढाउने चर्चा समेत गरिरहेको छ तर किसानले बिउ र मल पाइरहेका छैनन् । सरकारी कुरा र किसानको अवस्थामा द्विविधा देखिएको छ ।
समयमै तरकारीको बेर्ना राख्दा नपाउँदा तरकार उत्पादन प्रभावित हुनसक्ने जुम्लाका कृषक रमेश देवकोटाले बताए । ‘अहिले हिमाली जिल्लामा हिउँ पग्लने क्रम जारी छ । जग्गा खाली भइरहेका छन्,’ उनले भने, ‘तरकारी तथा अन्य अन्नबालीको बिउ छर्ने काम शुरू हुने बेलामा लकडाउनले किसानलाई आहत भएको छ ।’
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० कि माया शर्माले बिउ नपाएका कारण जग्गा खाली नै राख्नुपर्ने अवस्था आउँदा पीर लागिरहेको बताइन् । ‘खेतमा लगाएको गहुँ काटिसकें । अब तरकारी खेती गर्नका लागि जमिन तयार पारेर राखेकी छु,’ उनले भनिन्, ‘मकै तथा तरकारी बाली लगाउनको लागि मैले जमिन तयार गरेको धेरै समय भइसकेको छ । अबको १० दिनमा बिउ पाउन नसकेको खण्डमा तरकारी बाली र मकै लगाउन सकिँदैन । ढिला भएर लगाएपनि भनेजस्तो उत्पादन हुँदैन ।’
लकडाउनका बेला किसानलाई चाहिने स्रोतसाधन उपलब्ध गराउने र विशेष कार्यक्रम ल्याउनुपर्नेमा सरकारले ध्यान नदिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता मोहन बडुवालले बताए । ‘खेतीपातीलाई अत्यावश्यक सेवा अन्तर्गत राखेर हुन्छ वा अन्य कुनै विकल्प दिएर हुन्छ, किसानका लागि घरमै मलबिउ पुर्याउनुपर्ने आवश्यकता देखिएको छ । यदि समयमै किसानलाई बिउ दिन सकिएन भने यसले उत्पादनमा ठूलो क्षति हुनेछ,’ उनले भने ।
वीरेन्द्रनगरको समृद्धि एग्रोभेटका सञ्चालक याम शर्माले खेतीपाती लगाउने समयमा कम्तिमा एग्रोभेटहरू १–२ घण्टा सञ्चालन गर्न अनुमति दिनुपर्ने बताए । ‘हामीले व्यापारभन्दा पनि उत्पादन बढाउने सोचका साथ पसल खोल्न दिनुपर्ने सोच बनाएका हौं । हाम्रा लागि मात्रै नभएर कर्णालीको उत्पादन बढाउनका लागि कृषकले मलबिउ पाउनु आवश्यक छ । अझै केही बिग्रेको छैन, सरकारले जग्गा बाँझो नहोस् भन्नेतिर तत्काल ध्यान दिन जरुरी छ,’ उनले भने ।
सुर्खेतको भेरीगंगा नगरपालिका कृषि शाखा प्रमुख श्रीप्रसाद जैसीले खेतीपातीको समयमा किसानलाई बिउ उपलब्ध गराउनैपर्ने, अन्यथा मकै र तरकारी उत्पादनमा धेरै कमी आउने बताए । ‘अहिले हामी कार्यालय जान पाएका छैनौं । निजी क्षेत्र पनि बन्द छ, जुन कुरा कृषकसँग सम्बन्धित रहेको छ,’ उनले भने, ‘यस अवस्थामा किसान पनि घरबाहिर निस्केर सामग्री खरिद गर्न सकिरहेका छैनन् । सरकारले समयमै सोच्नु आवश्यक छ ।’
कृषि उत्पादन बढाउन बिउबिजन आयात र कृषि पसल सञ्चालन गर्न दिनुपर्ने उनले बताए । ‘उन्नत जातको बिउ ल्याउन बाहिर नै जानुपर्ने अवस्था छ । यसलाई सहज बनाएको खण्डमा बर्खेबालीमा समस्या नआउला । लकडाउन लम्बिँदै गएको खण्डमा खेतीबालीको सिजनलाई समेत ढिलासुस्तीले समस्या पार्ने मैले देखेको छु,’ उनले भने ।
प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले किसानले बिउ नपाएका कारण जग्गा बाँझो राखेको भनेर गुनासो गर्ने अवस्था आउन नदिने बताइन् । ‘हामीसँग २ वटा गाडी छन् । ती दुवै गाडीको माध्यमबाट मन्त्रालयले सक्ने वा अन्यसँग सहकार्य गरेर भएपनि हरेक स्थानीय तहसम्म बिउ पुर्याउने काम गर्छौं । अहिले कर्णालीमा कति बिउ छ भन्ने तथ्यांक संकलनको काम अन्तिम चरणमा भइरहेको छ । कति आवश्यक पर्छ र बाहिरबाट कति कुन जातको बिउ ल्याउनुपर्ने हो त्योबारे अध्ययन भइरहेको छ,’ मन्त्री केसीले भनिन् ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...