स्यामसुङको ए२०इ मोडेलको फोन पनि विष्फोट - कम्पनी भन्छ, अध्ययन गर्दैछौं

स्यामसुङ कम्पनीले विष्फोट हुने पुष्टि भएको नोट ७ का सबै फोनहरू फिर्ता गरिसकेको छ । अमेरिकाको क्यालिफोर्निया बस्ने एकजनाले हालसालै राम्रो बिक्री भइरहेको ग्यालेक्सी ए२०ई पनि विष्फोट भएर आगोको झिल्का निकालेको दाबी गरेका छन् ।

केन्जी यनासी नामका ती व्यक्तिले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफ्नो फोन विष्फोट भएको दाबी गरेका छन् । उनले ए२०इ पनि २०१६ मा निस्केको ग्यालेक्सी ७ जस्तै विष्फोट भएको भिडियोमा दाबी गरेका हुन् ।


Advertisement

‘पहिला फोनको स्क्रीन बन्द भयो,’ उनले भनेका छन्, ‘त्यसैले मैले फोन खोल्न खोजें । त्यतिबेलै ब्याट्रीमा आगोको झिल्का देखिन थाल्यो ।’  

यो समाचार बेलायतबाट प्रकाशित हुने डेलीमेलको अनलाइन संस्करणमा प्रकाशित छ ।


Advertisement

समाचारअनुसार डेलीमेलले यस्तो किन भयो भनेर स्यामसुङलाई इमेल लेखेको तर अहिलेसम्म जवाफ नआएको बताइएको छ ।

तर स्यामसुङले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्यामसुङ गुणस्तर र सुरक्षाका मामिलामा कहिल्यै सम्झौता गर्दैन । हामीले क्यालिफोर्नियाका यानसीसँग कुराकानी गरेर विष्फोट भएको फोन फिर्ता ल्याउने प्रयास गरिरहेका छौं । के भएको हो भनेर हेर्नेछौं ।’

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्