×

NMB BANK
NIC ASIA

प्रदेश ५ का चार जिल्लामा २ सयभन्दा बढी संक्रमित : गृहको परिपत्र नआउँदा अन्योलमा लकडाउन !

असार ५, २०७७

NTC
Premier Steels

कोरोनाको ‘इपिसेन्टर’ बनेको प्रदेशमा ५ का चार जिल्लामा संक्रमितको संख्या २ सयभन्दा माथि पुगेको छ । कपिलवस्तु, बाँके, दाङ र रूपन्देहीमा संक्रमित २ सयभन्दा माथि छ । 

Muktinath Bank

१ सयभन्दा बढी संक्रमित रहेको जिल्लाको संख्या ७ पुगेको छ । प्रदेश ५ मा संक्रमतिको संख्या दुई हजार माथि छ ।  कपिलवस्तुमा ६७४, बाँकेमा ३२७, दाङमा २५१ र रूपन्देहीमा २४० छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले २ सयभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्लामा फेरि लकडाउन लम्ब्याउन सकिने गरी नयाँ मापदण्ड बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको नयाँ मापदण्डमा तीन प्रकारको व्यवस्था गरिएको छ ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेश ५ मा संक्रमितको संख्या २ हजार १ सय १८ छ । प्रदेश ५ का १२ वटै जिल्लामा संक्रमण फैलिएको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै बर्दियामा १४४, अर्घाखाँचीमा १५५, गुल्मीमा १०७, प्युठानमा ७३, पाल्पामा ४९, पश्चिम नवलपरासीमा ४९, रोल्पामा ४१ र रुकुम पूर्वमा ३ जना संक्रमित पुगेको छन् । 

Vianet communication

प्रदेशमा २१ हजार ७ सय ६० जनाको जाँच पीसीआर जाँच गरिएको छ । अझै ८ हजार ५६२ जनाको स्वाबको रिपोर्ट आउन बाँकी छ । 

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका प्रशासकीय अधिकृत मनोजकुमार सैनीले दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा पुन लकडाउन गर्न सकिने स्वास्थ्यको नयाँ मापदण्डबाट आफूहरूलाई गृह मन्त्रालयबाट निर्देशन नआएको बताए ।

उनले भने, ‘हामीलाई गृहले सर्कुलर गरेको छैन । हामी मन्त्रिपरिषद्को निर्णयअनुसार काम गरेका छौं, कपिलवस्तु रौतहटपछि सबैभन्दा बढी संक्रमण भएको जिल्ला हो ।

सैनीले जिल्लामा लकडाउन केही खुकुलो भएको छ । ढुवानीका सवारी साधन चलेका छन् । पब्लिक ट्रान्सपोर्ट पूर्ण रूपमा बन्द छ । होटल रेष्टुरेन्ट पनि बन्द छन् । होटललाई होम डेलिभरी गर्न पनि दिएका छौं ।’ 

जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिृकत ध्रुव नेपालले पनि गृहले आफूहरूलाई परिपत्र नगरेको हुँदा पुनः लकडाउनलाई कडाई गर्ने विषयमा छलफल नै नभएको बताए । 

प्रदेश ५ सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरीले जाँच बढाउन प्रदेश ५ मा तीनवटा नयाँ पीसीआर मेसिन जडान थालिएको बताए ।

अहिले प्रदेशका तीन ठाउँबाट कोरोना जाँच भइरहेको छ ।

प्रदेश ५ मा पहिलो संक्रमण वैशाख १९ गते रूपन्देही र बाँकेमा एकसाथ २ जना संक्रमित भेटिएका थिए । 

प्रदेश ५ मा ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । प्रदेशमा संक्रमण तीव्र रूपमा फैलिँदो छ । संक्रमितमध्ये ९५ प्रतिशत भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरू हुन् । प्रदेश २ पछि बढी संक्रमित प्रदेश ५ मा छन् ।

प्रदेश ५ मा अझै २४ हजार ५ सय २३ जना क्वारेन्टीनमा रहेका छन् । प्रदेश ५ मा ७६८ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । 

भारतमा आउनेको संख्या पछिल्लो समय क्रमशः घट्दै गएको छ । अर्घाखाँचीको हरि माविको क्वारेन्टीनमा बुधबार आत्महत्या गरेका ४५ वर्षिया पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । 

देशकै दोस्रो ठूलो नाका रूपन्देहीको बेलहिया (सुनौली) नाका भएर नेपाल आउने र नेपालबाट भारत जाने यात्रुको संख्या लगातार घट्न थालेको छ ।

इलाका प्रहरी कार्यालय, बेलहियाका अनुसार पछिल्लो साता दैनिक औसतमा ३ सय जना भारतबाट नेपाल भित्रिएका छन् भने त्यति नै संख्यामा नेपालमा काम गर्ने भारतीयहरू भारततर्फ गएका छन् ।

कोरोना महामारीका कारण भएको लकडाउनले भारतमा कामविहीन बनेका नेपालीहरू फर्कने क्रम केही दिनयता कमी आएको बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।

जेठको पहिलो सातातिर भारतमा रेल सेवा शुरू भएपछि दैनिक २ हजारभन्दा बढी नेपालीहरू सीमा आउने गरेका थिए ।

नेपाल आएकामध्ये अधिकांश आफ्नो गृह जिल्लामा पुगेर सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टीनमा बसेका छन् भने कतिपयलाई होम क्वारेन्टीनमा पनि पठाउने गरिएको छ ।

क्वारेन्टीनमा बसेकाहरूलाई शुरूमा आरडीटी गरिन्छन् । आरडीटीमा पोजेटिभ आए बल्ल पीसीआर जाँचका लागि स्वाब संकलन गरिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x