पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
असार ९, २०७७
प्रदेशसभामा बजेट प्रस्तुत भएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल केही दिन यता फुर्सदिला बनेका छन् । गत बिहीवारदेखि उनी काठमाडौँमा छताछुल्ल नेकपा-विवादको ‘कोत’मा टहलिन आइपुगेका छन् । प्रदेशको कार्यकारी अधिकारसहितका मुख्यमन्त्रीले प्रदेशभित्रको शासन व्यवस्था हेर्नुपर्ने भएपनि उनको ध्यान पार्टीको आन्तरिक व्यवस्था मिलाउनेतिर बढी केन्द्रित देखिएको छ ।
उनी काठमाडौँ आएयता दर्जनभन्दा बढी ‘कोठे’बैठक गरिसके । ओलीनिकट मानिने पोखरेलले यतिबेला वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरूसँगको भेटघाटमा बढी दिलचस्पी दिएका छन् । प्रधानमन्त्री ओली समूहमै पछिल्लो समय दुई लाइन देखिन थालेपछि एउटा लाइनको नेतृत्व गर्ने जिम्मा पोखरेलको काँधमा आइपरेको छ ।
केके हुन् ओली समूहका २ रणनीतिक लाइन ?
स्रोत भन्छ – ‘मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल मिलेर अध्यक्ष प्रचण्डको समूहलाई कर्नरमा पार्ने अभियानमा छन् ।’ ओलीका अत्यन्तै निकट मानिने पोखरेलले पूर्वएमाले समूह ब्यूँताएर नेकपाभित्र पूर्वमाओवादी समूहलाई दबाबमा राख्ने रणनीति अख्तियार गरेका छन् ।
ओली समूहको अर्को लाइन भने एकताको मूल स्पिरिटलाई कायम राख्ने पक्षमा छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमतिअनुसार पार्टी चलाउने स्पिरिटअनुसार अघि बढ्नेमा जोड दिनुपर्ने पक्षमा केही नेताहरू देखिएका छन् । ओली समूहको दोस्रो लाइनको पक्षमा रहेका नेताहरूले प्रचण्डनिकट नेताहरूसँग छलफल गरिरहेका छन् ।
आफैंभित्र दुई ‘रणनीतिक’ लाइन सिर्जना गरेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रचण्ड र नेपाल दुवै पक्षका नेताहरू ‘चोर्ने’ अभियानमा नेताहरू परिचालन गरिरहेका छन् । मंगलवार पनि ओलीले आफ्ना प्रतिनिधिहरूमार्फत् प्रचण्डनिकट स्थायी कमिटीका केही सदस्यहरूको नाडी छाम्न खोजेका थिए ।
बहुमतको डण्डासँग भिड्ने तयारी
बालुवाटारनिकट स्रोतको दाबीअनुसार पूर्व माओवादीबाट मन्त्री बनेका रामबहादुर थापा बादल, लेखराज भट्ट, वर्षमान पुन लगायतका नेताहरू अहिले प्रधानमन्त्रीसँगै छन् । त्यस्तै मणि थापा, टोपबहादुर रायमाझी लगायतका नेताहरूलाई पनि ओलीले आफूतिर तानिसकेका छन् । नेता नेपालनिकट मानिने योगेश भट्टराई, घनश्याम भुषाल त मन्त्री नै भइहाले । त्यस्तै अन्य नेताहरूलाई पनि ओलीले आफूतिर तान्न प्रयास गरिरहेको बताइएको छ ।
‘हामी संसदीय दलमा बहुमतमा त छौं नै, स्थायी कमिटीमा पनि हाम्रो बहुमत पुगिसकेको छ,’ ओलीका अत्यन्त विश्वासपात्र मानिने एक नेताले लोकान्तरसँग भने, ‘खासमा महाधिवेशनसम्म अल्पमत बहुमतको खेलोमा नलाग्ने भनेर प्रधानमन्त्रीले नै भन्नुभएको थियो । तर बहुमतका आधारमा अरू नेताहरूले आफूमाथि संकट पैदा गर्न थालेपछि उहाँ यो कदम चाल्न बाध्य हुनुभएको हो ।’
ओलीको राजीनामालाई लिएर वैशाखको दोस्रो र तेस्रो साता नेकपा तात्यो । राजीनामाको विषय सचिवालयमै उठ्यो भने विवादित अध्यादेश प्रकरणले ओलीलाई रक्षात्मक अवस्थामा पुर्याइदियो । स्थायी कमिटीका २० जना सदस्यहरूले हस्ताक्षरसहित बैठक माग गरे । बैठकमा आफ्नो राजीनामा मागिने निश्चित देखिएपछि प्रधानमन्त्री ओली २ पटकसम्म बैठक टार्न सफल भए । 'टाइम बाई' गरेर ओलीले आफूलाई फेरि आक्रामक पोजिसनमा पुर्याएका छन् ।
सचिवालयमा उपाध्यक्ष वामदेव गौतमको साथ पाएका ओली रक्षात्मक स्थितिबाट बिस्तारै आक्रामक स्थितिमा पुगेका छन् । यद्यपि पछिल्लो समय गौतमले आफ्नो सचिवालयमार्फत पछिल्ला कतिपय मुद्दाहरूमा आफू ओलीको साथमा नभएको प्रष्ट पारेका छन् ।
बालुवाटारसँग अहिले अस्त्र नै अस्त्र छ !
कुनैबेला सचिवालय बैठकमा आफूले राजीनामा गर्ने भनेर उद्घोष नै गरिसकेका ओली यतिबेला पार्टीभित्र एकछत्र बनेका छन् । पछिल्ला केही सातायता उनी पार्टीभित्र हाबी बन्ने पोजिसनमा पुगे । ओलीइतरका नेताहरूले सार्वजनिक रूपमा फाट्ट फुट्ट सरकारको गतिविधिका बारेमा बोलेपनि उनीहरूको आवाज पहिलाजस्तो चर्को छैन ।
‘यतिबेला प्रधानमन्त्री ओलीसँग अस्त्र नै अस्त्र छ,’ बालुवाटारनिकट स्रोत भन्छ, ‘सहमतिमा आउने हो भने पावर सेयरिङ गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ । बहुमतको डण्डा देखाएर तर्साउन खोज्ने हो भने त्यसको सामना गर्न संसदीय दल र स्थायी कमिटी दुवैमा उहाँ तयार हुनुहुन्छ ।’
९ सदस्यीय सचिवालयमा उपाध्यक्ष गौतम र नारायणकाजी श्रेष्ठलाई आफूतिर तान्ने हो भने यतातिर जस्तो सुकै परिस्थितिमा पनि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताद्वय खनाल र नेपाललाई मिचेर अघि बढ्न सकिने बुझाइ ओलीको छ । शिक्षामन्त्रीसहितको उपप्रधानमन्त्री ‘अस्त्र’ प्रवक्ता श्रेष्ठका लागि तयार गरेर राखेका छन् ओलीले ।
स्थायी कमिटी बैठकमा के होला ?
मंगलवार अध्यक्षद्वय ओली र प्रचण्ड बालुवाटारमा करीब २ घण्टा गफिए । स्रोतका अनुसार ओलीले प्रचण्डसँग स्थायी कमिटीमा दुवै अध्यक्षको एउटै स्वर हुनुपर्ने बताएका थिए । यो रणनीति ओलीले यसअघिका स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक हुनुभन्दा अघि पनि अख्तियार गरेका थिए।
ओलीको यो प्रस्तावमा प्रचण्ड सधैं लचिलो बन्दै आएका छन् । फलस्वरूप बैठकहरूमा नेताहरूले सरकार र पार्टी संचालनको विषयलाई लिएर दह्रो आलोचना गर्ने गरेपनि बैठक समापनका दिन ‘कूल डाउन’ भएर बैठककक्षबाट बाहिर निस्कन्थे । भोलि (बुधवार)बाट शुरू हुने स्थायी कमिटी बैठकमा पनि नेताहरूलाई बोल्न दिने र त्यसको खासै प्रतिवाद नगर्ने रणनीति अख्तियार गर्न चाहन्छन् ओली ।
‘नेताहरू बैठकमा एक-आपसमा बाझ्ने कुरा सामान्य हो, तर यसअघिका बैठकहरूले पनि अध्यक्षद्वयकै सहमतिमा पार्टी संचालन गर्ने भन्ने निष्कर्षहरू निकालेका छन्,’ नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टी फूटकै तहमा पुगिसकेको छैन । सचिवालयमा हल हुन नसकेका कतिपय कुराहरू स्थायी कमिटीमा जान्छन् । सरकार र पार्टी संचालनका क्रममा भएका कमजोरीहरूको समीक्षा हुन्छ । यसलाई सामान्य ढंगबाट बुझ्नुपर्छ ।’
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...