बलात्कार मुद्दा मिलाइदिने भन्दै घुस, इन्स्पेक्टर र वकिल अख्तियारको फन्दामा

कैलालीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र अर्का एक जना अधिवक्ता (वकिल) लाई पक्राउ गरेको छ।

जवरजस्ती करणी सम्बन्धी मुद्दा र सार्वजनिक हितविरुद्धको मुद्दा मिलाइदिने भन्दै ५० हजार लिँदै गर्दा जिल्ला प्रहरी कार्यालय कैलाली, मुद्दाफाँट प्रहरी निरीक्षक प्रकाश कार्की र अधिवक्ता  हिमालयविक्रम विष्ट बिहीबार पक्राउ परेका हुन्।


Advertisement

अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टका अनुसार विष्टको कानुनी परामर्श  केन्द्रमा बिहीबार दिउँसो ५० हजार घुस लिदै गर्दा उनीहरु पक्राउ परेका हुन्।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्