×

NMB BANK
NIC ASIA

विश्वविद्यालयमा नौलो अभ्यास : रजिस्ट्रार र डीन नियुक्तिमा खुला प्रतिस्पर्धा

असार २३, २०७७

NTC
Premier Steels

सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहले रजिस्ट्रार र डीनको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने प्रक्रिया शुरू गरेका छन् ।

Muktinath Bank

उनी उपकुलपति भएर आएपछि असार २२ गते एक सूचना जारी भएको छ, त्यो सूचनाले उच्च शिक्षा क्षेत्रमा तरङ्ग ल्याएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक सूचनामार्फत मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले रजिस्ट्रार र डीन नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । एमयूले सोमवार सूचना जारी गर्दै इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरेको हो । यसअघि रजिस्ट्रार र डीनको नियुक्ति राजनीतिक भनसुन र पहुँचका आधारमा हुने गरेको थियो ।


Advertisment
Nabil box
Kumari

सूचनाअनुसार रजिस्ट्रारका लागि ७ दिन र डीनका लागि १० दिनभित्र दरखास्त दिनुपर्ने छ । रजिस्ट्रारको हकमा शैक्षिक प्रशासनमा विशिष्टतासहित भिजन पेपर पेश गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

Vianet communication

डीनका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धित संकायका प्राध्यापक वा सम्बन्धित संकायमा सेवा गरेका सहप्राध्यापक वा मान्यता प्राप्त विश्वविद्यालयका सम्बन्धित संकायका प्राध्यापक वा सहप्राध्यापक हुनुपर्ने उल्लेख छ । डीनका लागि पनि आवेदनसँगै भिजन पेपर पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट हुने प्रावधान छ । सोही ऐनको दफा २६ मा डीनहरूको नियुक्ति कार्यकारी परिषद्को निर्णयअनुसार उपकुलपतिबाट हुने भनिएको छ तर कानूनी प्रावधानमा टेकेर सहजै रजिस्ट्रार र डीन नियुक्त गर्न सकिने भए पनि उपकुलपतिले विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रको रुपमा विकास गर्न खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेका छन् ।

विश्वविद्यालयमा ४ डीन खाली

विश्वविद्यालयमा कार्यरत प्राध्यापक खोपीराम लम्साल मानविकी र सामाजिक शास्त्र संकायको डीनको रुपमा कार्यरत थिए । उनको कार्यकाल २०७६ चैत २७ गते सकिएपछि पद रिक्त छ । विज्ञान तथा प्राविधिक संकायका डीन प्रा.डा. देवबहादुर खड्का पनि सोही मितिदेखि पदमुक्त भइसकेका छन् । 

व्यवस्थापन संकायका डीन डा. मस्तबहादुर गरन्जाको पदावधि जेठ १७ गते सकिएको छ । उनी ३ महिना निमित्त उपकुलपति समेत बनेका थिए ।

हालका निमित्त रजिस्ट्रार यामबहादुर कार्कीको पनि असार २५ गते कार्यकाल सकिँदैछ । उनी हाल शिक्षाशास्त्र संकायका डीन पनि हुन् । उनी २०७५ मंसिरमा निमित्त रजिस्ट्रार बनेका थिए ।

‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सम्भवतः नेपालका विश्वविद्यालयको इतिहासमा नै पहिलोपटक प्रतिस्पर्धाबाट रजिस्ट्रार र डीनहरूको नियुक्ति गर्ने प्रक्रियाको प्रारम्भ हुनु उपकुलपतिज्युको अत्यन्तै अनुकरणीय कदम हो । यस्तो प्रक्रियाले विश्वविद्यालयमा शैक्षिक प्रशासनिक रूपमा अब्बल, दक्ष र विश्वविद्यालय बुझेको नेतृत्व पाउनेमा आशावादी हुन सकिन्छ,’ शिक्षाशास्त्र संकायका सहायक डीन विष्णुबहादुर खड्काले भने, ‘यो अभ्यासले यसअघि उपकुलपतिले आफ्नो स्वविवेकमा नियुक्त गर्ने पदहरू कम्तीमा पारदर्शी रूपमा योग्यता पुगेका व्यक्तिहरूको बीचमा प्रतिस्पर्धा गराई तिनीहरूमध्ये उत्कृष्टलाई पदीय जिम्मेवारी दिने गर्नाले योग्य व्यक्ति पदमा आउने हुनाले विश्वविद्यालयको शैक्षिक प्राज्ञिक र प्रशासनिक गतिविधि सक्षम नेतृत्वबाट सञ्चालित हुने सम्भावना रहन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x