×

NMB BANK
NIC ASIA

अविरल वर्षा : उच्च सतर्कता अपनाउन आग्रह

असार २६, २०७७

NTC
Premier Steels

गत बुधबार रातिदेखि अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट जोगिन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सतर्क रहन आग्रह गरेको छ ।

Muktinath Bank

गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यालयले सार्वजनिक सूचनामार्फत अपिल गर्दै जिल्लाका स्थानीय तथा सरोकारवाला निकायलाई बिहीबारदेखि मनसुन सक्रिय रहेकाले यसबाट भू–क्षय हुने, बाढी–पहिरो जाने, सडक यातायात अवरुद्ध हुनेसक्ने तथा ढल निकास व्यवस्थित नभएको स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०७७ अनुरुप सबै सरोकारवाला निकायमा आवश्यक समन्वय गरी विपद् जोखिम न्यूनीकरण कार्यमा उच्च सतर्कता अपनाउन स्थानीय तहलगायत सरोकारवाला निकायलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। 


Advertisment
Nabil box
Kumari

स्थानीय तह एवं सरोकारवाला निकायले पूर्वतयारीस्वरुप गरिएको कार्यको जानकारीसमेत मागिएको तिमल्सिनाले बताउनुभयो । काभ्रेपलाञ्चोकमा छ नगर र सात गाउँपालिका छन् । काभ्रेपलाञ्चोक भएर चार ठूला नदी सुनकोशी, इन्द्रावती, रोशी र वाग्मती बगेका छन् । देशका विभिन्न स्थानमा वर्षाका कारण घटना भइरहेकाले पनि जिल्लाका बासिन्दामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । 

Vianet communication

जिल्ला हुँदै बग्ने ठूला नदीमा बिहीबरदेखि बहाव बढिरहेकाले नदी किनार क्षेत्रका बस्ती उच्च जोखिममा पर्ने हुँदा विशेष सतर्क रहन स्थानीय प्रशासनल आग्रह गरेको हो । “विशेष गरी ठूला नदी छेउछाउका बस्तीलाई विशेष निगरानी गर्नुपर्ने देखिएको छ, उच्च सतर्क रहन पनि आग्रहगरेका छौँ”, तिमल्सिनाले भने । जिल्लाका स–साना खोला, खहरेखोला तथा खोल्सीमासमेत बाढी आइरहेका छन् ।

छिमेकी जिल्ला सिन्धुपाल्चोकमा बुधबार रातिको अविरल वर्षाका कारण बाढी–पहिरोले बाह्रबिसे नगरपालिका–५ गातीस्थित जम्बू बजार र खागदल बस्ती तथा भोटकोशी गाउँपालिका–५ को बुल्कोटीका ३६ घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो । २० अझै वेपत्ता रहेका छन् भने सात घाइते भएका थिए । गम्भीर घाइते पाँचलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको छ । बेपत्ताको बिहीबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीयको सहयोगमा खोजीकार्य भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय चौताराले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x