कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोनाको भयावह अवस्था आएको बताउँदै सजग र सचेत भइ दैनिक कार्य सञ्चालन गर्न कर्णालीवासीलाई आग्रह गरेका छन् ।
संविधान दिवस मूल समारोह समिति कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गरेको बताउँदै समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य राखेको स्मरण गरे ।
उनले संविधानको मूल मर्म, मान्यतालाई कायम राख्दै समृद्ध कर्णाली सुखारी कर्णालीवासी बनाउने अभियानमा सबै राजनीतिक दल मन, बचन र कर्मले लाग्ने र त्यसमा सबैको समान सहभागिता रहने अपेक्षा गरेको बताए । उनले सामाजिक एकता कायम गर्दै देश निर्माणमा लाग्न सबैलाई आग्रह समेत गरे ।
नेतृत्वप्रति विश्वाशको वातावरण बनाउन सभामुख शाहीको आग्रह
कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले पछिल्लो समयमा राजनीतिक नेतृत्व प्रति जनताको विश्वास घट्दै गएको बताउँदै जनताले विश्वास गर्ने वातावरण बनाउन राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् । उनले एकपटक जनताको मत लिने र त्यसपछि फेरि मत माग्ने समयमा मात्रै जनतातर्फ फर्कने प्रवृत्ति मौलाउँदै गएको बताउँदै दीर्घकालसम्म जनताले भरोसा गर्ने खालको वातावरण तयार गरी अघि बढ्नुपर्ने सुझाव दिए ।
जनताले चाहे जति, सोचे जतिका अपेक्षा पुरा नभएको स्वीकार्दै सभामुख शाहीले तन्मय र दत्तचित्तका साथ लागेर कमीकमजोरी आत्मसाथ गर्दै जनचाहनालाई केन्द्रविन्दुमा राखेर अघि बढनुपर्नेमा उनको जोड थियो । संविधानमा केहि समूहको चित्त नबुझेको बताउँदै उनले ती सबै पक्षलाई वार्ता र सम्वादको माध्यमबाट संविधान पालना गर्ने अवस्थामा ल्याउन पहल गर्न राजनीतिक दलहरुलाई उनले आग्रह गरे ।
उनले योजना छनौटमा जनसहभागिता पर्याप्त मात्रामा गर्नुपर्ने बताउँदै जनप्रतिनिधि एक्लैले छनौट गरेर नहुने बताए । कम्तिमा दिगो रहने योजना बनाउनु आजको आवश्यकता भएको उनको भनाई थियो । उनले अहिले पनि संविधानले दिएको अधिकार प्रयोग नगर्ने, केन्द्रकै अधिकार सूचीमा भर पर्नुपर्ने अवस्था रहेको बताउँदै संघीयताको मूल मर्म, संविधानले दिएको अधिकार बमोजिम सबै चल्नुपर्ने बताए । त्यसरी केन्द्रकै आधारमा चल्दा केहि विकृति पनि समाजमो देखा परेको बताउँदै विकृती छोडेर कर्तव्यतर्फ लाग्न सबैको ध्यान जान आवश्यक रहेको सभामुख शाहीको भनाइ थियो ।
प्राप्त उपलब्धी कसैले खोस्न सक्दैनः मन्त्री ज्वाला
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जनताको बलबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धी कसैले पनि खोस्न नसक्ने बताए । जनताको त्याग, सर्मपण, बलिदानी र कहियौं आन्दोलनबाट प्राप्त भएको यो संविधानले आम नागरिकलाई धेरै अधिकार दिएको र अत्यन्तै उत्कृष्ट संविधान भएको उनको भनाई थियो । जनपक्षीय संविधानको रुपमा यो संविधान रहेको बताउँदै यसले निर्दिष्ट गरेका सबै अधिकारको सबैले प्रयोग गर्ने र देशलाई समृद्ध बनाउन सबैको समान सहभागिता आवश्यक रहने मन्त्री ज्वालाले बताए ।
कार्यक्रममा सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, कर्णाली योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकाया, योगेन्द्र बहादुर शाही, सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायलगायतको सहभागिता रहेको थियो ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...