×

NMB BANK
NIC ASIA

कोरोनाले बिथोलेको राजनीति

संक्रमण ह्वात्तै बढेपछि ठप्प भयो राजनीतिक गतिविधि, भेटघाट बन्द गरेर आइसोलेसनमा नेता !

असोज १८, २०७७

NTC
फाइल फोटो
Premier Steels

विगत केही दिनयता कोरोना संक्रमणको फैलिने दर वृद्धि भएको छ ।

Muktinath Bank

स्वास्थ्य मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांकमा काठमाडौं उपत्यकामा एक दिनमा मात्र ११ सय ७७ कोरोना संक्रमित भेटिएका छन् भने देशैभर २१ सय २० संक्रमित फेला परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो दिन शुक्रवार यो संख्या समग्रमा २७ सय र काठमाडौं उपत्यकामा १६ सयभन्दा माथि थियो ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री केपी शर्मा ओलीका ३ सल्लाहकार र एक स्वकीय सचिवसहित ७६ जना सुरक्षाकर्मीलाई शनिवारै कोरोना पुष्टि भएको छ ।

Vianet communication

प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल र स्वकीय सचिव इन्द्र भण्डारीसहित ठूलो संख्यामा सुरक्षाकर्मीहरू कोरोना संक्रमित भएका हुन् ।

प्रधानमन्त्री ओलीको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।

बालुवाटार क्वारेन्टीनमा  !

यससँगै बालुवाटारमा राजनीतिक भेटघाट र गतिविधि ठप्प भएको छ ।

'प्रधानमन्त्री ओली यतिबेला आफैंलाई आइसोलेट गरेर बस्नुभएको छ,' बालुवाटार स्रोतले भन्यो, 'प्रधानमन्त्रीको टेस्ट रिपोर्ट नेगेटिभ आए पनि संक्रमणको जोखिममा अझै हुनुहुन्छ उहाँ, बालुवाटारमा भेटघाट लगभग ठप्प छ ।'

कोरोना संक्रमणको जोखिमका कारण यतिबेला बालुवाटार क्वारेन्टीनमा रहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको सम्पर्कमा आउनेहरूले ४/५ दिनपछि टेस्ट गर्दा मात्र सही रिपोर्ट आउने बताउने गरेका छन् ।

डा. गौतमको भनाइलाई आधार मान्ने हो भने बालुवाटारमा देखिएका संक्रमितको सम्पर्कमा आएका कतिपयको रिपोर्ट तत्काल नेगेटिभ आए पनि ४/५ दिनपछि परीक्षण गर्दा पोजिटिभ आउने सम्भावना कायमै रहन्छ ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि क्लोज कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । स्वाब संकलन गराएपछि शनिवार रातिसम्म उनको परीक्षण रिपोर्ट नेगेटिभ त आयो तर डाक्टरले उनलाई अझै ४/५ दिन जोखिम नै रहेको बताएका छन् ।

'मेरो राजनीतिक भेटघाट र गतिविधि केही दिनलाई ठप्प हुनेछ,' नेम्वाङले लोकान्तरसँग भने, 'बालुवाटारजस्तो धेरै सुरक्षा बन्दोबस्ती भएको ठाउँमा कोरोना संक्रमण देखिनु भनेको जोखिम अझै बढ्दैछ भन्ने हो ।'

प्रचण्डनिवास खुमलटारमा पातलिँदो भेटघाट !

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतवार अपराह्न ४ बजेलाई बोलाइएको थियो, तर संक्रमणको जोखिमका कारण बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि भेटघाट पातलो बनाउँदै लागिरहेका छन् ।

'भेटघाट त भइरहेको छ, तर निकै पातलो छ,' प्रचण्डनिवास खुमलटार स्रोतले लोकान्तरलाई भन्यो ।

गत साउन २२ गते प्रचण्डका निजी सुरक्षा दलका ६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

गेटमा खटिने सेन्ट्रीलगायतका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि प्रचण्डको सचिवालयसँगै पूरै परिवार जोखिममा परेको थियो, यद्यपि प्रचण्डलगायत परिवारका सदस्य र सचिवालयका अन्य सदस्यहरूमा गरिएको परीक्षण नेगेटिभ आयो ।

राष्ट्रपति निवासमा हाइलर्ट !

प्रधानमन्त्री कार्यालय बालुवाटारमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि राष्ट्रपति कार्यालयमा पनि 'हाइ एलर्ट' जारी गरिएको छ ।

सम्भावित जोखिमलाई हेरेर अत्यावश्यकबाहेक अन्य गतिविधि बन्द गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले लोकान्तरलाई बताए ।

दाहालले भने, 'कोरोनाकै कारण राष्ट्रपति कार्यालयमा पनि भेटघाट व्यवस्थित गरिएको छ । संक्रमणको जोखिमलाई हेरेर त्यही स्तरमा सुरक्षाका प्रबन्धहरू अपनाइएको छ । अत्यावश्यकबाहेक अन्य कामहरू गर्ने गरिएको छैन । भेटघाटहरू निकै थोरै भइरहेका छन् ।'

कांग्रेस पार्टी कार्यालय ५ दिनका लागि बन्द

केही केन्द्रीय सदस्यसहित नेताका सहयोगीमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसको पार्टी कार्यालय ५ दिनको लागि बन्द गरिएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतवार एक सूचना प्रकाशित गरी असोज २२ गतेसम्म पार्टी कार्यालय बन्द गरिएको जानकारी गराएका हुन् ।

१५ गते गरिएको पीसीआर परीक्षणमा गगन थापा, अर्जुन नरसिंह केसी लगायतका केन्द्रीय सदस्यलाई कारोना पुष्टि भएको थियो ।

केन्द्रीय कार्यालय बन्द भएपछि भोलिका लागि तय भएको केन्द्रीय समिति बैठक प्रभावित हुने भएको छ । दिउँसोसम्ममा बैठक स्थगित हुने सम्भावना रहेको एक नेताले बताए ।

महाधिवेशन तालिकाको बारेमा छलफल गर्न भोलिका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो । 

जसपा पनि रहेन अछुतो !

कोरोना संक्रमणको जोखिमका कारण जनता समाजवादी पार्टीका राजनीतिक गतिविधिहरू पनि प्रभावित भएका छन् । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर ५ महिनाअघि एकीकृत भएको जसपाका साङ्गठानिक क्रियाकलापहरू कोरोनाका कारण हुन सकेका छैनन् ।

'हामी अहिलेको नयाँ टेक्नोलोजी प्रयोग गरेर भिडियो कन्फरेन्समार्फत कुराकानी गरिरहेका छौं,' अध्यक्ष उपेन्द्र यादवले लोकान्तरसँग भने, 'प्रत्यक्ष भेटघाट प्रभावित भएको छ । कतिपय अवस्थामा दूरी कायम राखेर सुरक्षितसाथ भेटघाट गर्नुपरेको पनि छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x