पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
भारतीय गुप्तचर 'रअ' प्रमुख सामन्त गोयलले गरेको नेपाल भ्रमणको चर्चाले नेपाली राजनीतिक वृत्त तरंगित बनेको छ । सीमा विवादका कारण संगीन मोडमा रहेको नेपाल-भारत सम्बन्धको बीचमा गोयलको केही घण्टाको नेपाल बसाईले तरंग फैलाएको हो ।
रोचक पक्ष त के छ भने नेपालको परराष्ट्र मन्त्रालयलाई गोयलको नेपाल भ्रमणबारे कुनै जानकारी छैन । तर गोयलसहित ९ जनाको टीमलाई लिएर आएको विशेष विमान परराष्ट्र मन्त्रालयकै स्वीकृतिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको थियो ।
बुधवार अपराह्न पौने १ बजे आएको गोयलको टोली बिहीवार बिहान १० बजे भारत फर्केको थियो । यति छोटो भ्रमण किन र कसरी भयो भन्ने बारेमा जनतालाई परराष्ट्र मन्त्रालयले कुनै औपचारिक सूचना दिन सकेको छैन ।
मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले गोयलको नेपाल भ्रमणबारे मन्त्रालयलाई कुनै जानकारी नभएको बताइन् । गोयलको भ्रमणको प्रकृति हेर्दा औपचारिक जस्तो देखिन्छ, कुनै पनि विदेशी कूटनीतिज्ञको नेपाल भ्रमणबारे सूचना पाउने हक जनतालाई हुन्छ । यही प्रश्न हामीले लम्साललाई सोधेका थियौं । उनले यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताइन् ।
'प्रवक्ताको काम भनेको मन्त्रालयले गरेका निर्णयहरू सार्वजनिक गर्नु हो,' उनले भनिन्, 'तर गोयल या कसैको नेपाल भ्रमणका बारेमा मन्त्रालयलाई थाहा नै नभएपछि के बोल्नु ? हामी यसबारेमा सत्यतथ्य बुझ्न लागिरहेका छौं । केही थाहा भयो भने तपाईंलाई भन्छु ।'
स्रोतका अनुसार गोयलको नेपाल भ्रमण प्रधानमन्त्री स्तरबाटै संयोजन भएको थियो । 'परराष्ट्रलाई थाहा छैन भन्नुको मतलब तपाईंले बुझिहाल्नु भयो नि !' प्रधानमन्त्रीनिवास बालुवाटारका एक सुरक्षा अधिकारीले लोकान्तरसँग भने ।
कूटनीतिक आचारसंहिता - २०६८ मा भनिएको छ- 'नेपाल सरकारका मन्त्री वा संवैधानिक निकायका पदाधिकारी वा अन्य उच्च पदाधिकारीले विदेशी सरकारका मन्त्री, राजदूत वा उच्च सरकारी अधिकारीसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आमन्त्रण गर्नुपर्छ ।'
परराष्ट्र मन्त्रालयका प्रतिनिधिले भेटघाटका अवस्थामा भएको वार्ताको विवरण तयार पार्ने र विशेष कारणवश परराष्ट्र मन्त्रालय वा सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई आमन्त्रण गर्न नसकिएमा कुराकानीको संक्षिप्त टिपोट, महत्त्वपूर्ण अंश नछुटाई परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायमा पठाउनु पर्ने आचारसंहितामा भनिएको छ ।
गोयलको नेपाल भ्रमणमा भएका भेटघाटका बारेमा परराष्ट्र मन्त्रालयले कुनै जानकारी छैन भन्नु सरकारको निरीहता भएको कूटनीतिज्ञहरूले टिप्पणी गरेका छन् ।
भारतका लागि नेपालका पूर्व राजदूत दीपकुमार उपाध्यायले लोकान्तरसँग प्रतिप्रश्न गरे, 'को आएको छ भन्ने कुरा परराष्ट्र मन्त्रालयलाई थाहा नहुने कुरा हो ? यदि थाहा नै नहुने हो भने मन्त्रालय किन खारेज नगर्ने ? कि हामीलाई बाहिर केही भन्न रोक लगाइएको छ भनेर स्वीकार्नुपर्यो ।'
विभिन्न स्रोतहरूले गरेको दाबीका आधारमा सञ्चारमाध्यमहरूले गोयलले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विभिन्न शीर्ष नेताहरू र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूलाई पनि भेटेको समाचार सार्वजनिक गरेका छन् ।
तर अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयबाट भेटको खण्डन गरिएको छ । भेटको औपचारिक पुष्टि भएको छैन ।
भारतीय सञ्चारमाध्यम द प्रिन्टले गोयलले नेपालका प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्ने कार्यतालिका रहेको भन्दै हिजै समाचार सार्वजनिक गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले बुधवार शिष्टाचार भेट गरेको बालुवाटारले भने पुष्टि गरेको छ । बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘भेटका क्रममा उहाँले नेपाल(भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो,’थापाले बिहीवार प्रेस नोट जारी गर्दै भनेका छन् ।
किन लुकाइन्छ सूचना ?
फ्रीडम फोरम नेपालका कार्यकारी तारानाथ दाहाल विदेशी कूटनीतिज्ञ या उच्च अधिकारीहरूको नेपाल भ्रमणका बारेमा सरकारले जनतालाई सूचना दिनुपर्ने बताउँछन् । 'को आयो, कहिले आयो, किन आयो, के विषयमा छलफल भयो जस्ता जानकारी जनतालाई दिनुपर्छ,' दाहालले लोकान्तरसँग भने ।
नेपालको संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी प्रावधान छ । 'प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ,' संविधानको धारा २७ मा उल्लेख छ ।
गोयलको भ्रमण कुनै व्यक्तिगत वा पारिवारिक भ्रमण थिएन । उनले नेपालको कार्यकारी प्रमुखलाई भेटेका छन् । उनको भ्रमण औपचारिक भ्रमण भएको बालुवाटारले नै पुष्टि गरेको छ ।
हंगामा गर्न जरुरी छैन
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ भन्छन्, 'विभिन्न तहमा द्विपक्षीय भ्रमणहरू आदान प्रदान भइरहेका हुन्छन्, यसलाई ठूलो रूपमा प्रस्तुत गर्नुपर्छ जस्तो मलाई लाग्दैन । उनीहरू आफ्नो कुरा बुझाउन आउन सक्छन्, बुझ्न आउन सक्छन् । आफ्नो प्रभाव प्रस्तुत गर्ने नियतका साथ पनि आउन सक्छन् । हामीले हाम्रो स्ट्याण्ड राख्न सक्नुपर्यो ।'
श्रेष्ठले सूचना लुकाउन पनि कुनै जरुरी नभएको बताए ।
'भेटघाटमा भएका कुराकानीहरू जनतालाई दिए भैगो नि । भेटेपछि भेट्यौं भन्न नेताहरू किन डराएका होलान् ? हाम्रो लघुताभाष झल्किएको छ । भेटघाटका लागि कोही कुनै कूटनीतिज्ञ नेपाल आउँदैमा नेपाल नै लिएर जाला जस्तो गर्नुहुँदैन ।'
भारतका लागि नेपालका पूर्व राजदूत उपाध्यायले विदेशी कूटनीतिज्ञहरू नेपाल आउनु सामान्य रहेको बताए । 'अमेरिका, युरोपलगायतका देशबाट पनि नेपाल भ्रमण भइरहेको हुन्छ,' उपाध्यायले भने, 'भारतकै कोही आउँदा चाहिँ यहाँ हो-हल्ला बढी हुन्छ । सरकार सूचना लुकाउनतिर लाग्छ, जनताले बढी चासो प्रकट गर्छन् । यो सही होइन । आएको छ भने आयो भन्दिनु, भेटेको छ भने भेट्यो भन्दिनु । के अप्ठ्यारो छ र ?'
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...