×

NMB BANK
NIC ASIA

उम्मेदवारहरूद्वारा ४ सय टाटासुमो कब्जा, यात्रु ट्याक्सीमा !

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, २८ वैशाख– चुनाव प्रचारप्रसारका लागि उम्मेदवारहरूले काठमाडौंबाट हेटौंडा हुँदै तराईका विभिन्न जिल्लाहरूमा चल्ने टाटा सुमो गाडी रिजर्भ गरिलगेपछि यात्रुहरू समस्यामा परेका छन् ।

काठमाडौंबाट हेटौंडा हुँदै वीरगञ्ज, रौतहट लगायतका जिल्लाहरूमा जाने यात्रुहरू गाडी नपाएर समस्यामा परेका हुन् ।

काठमाडौंबाट हेटौंडा, वीरगञ्ज, बारा, रौतहट, सर्लाहीसम्म सार्वजनिक यातायातको रूपमा काठमाडौंको बल्खुबाट कुलेखानी हुँदै टाटा सुमो गुड्छन् । जीपजस्ता यी गाडीहरू उम्मेदवारले रिजर्भ गर्न थालेपछि यात्रुहरूका लागि गाडी कम भएको यातायात व्यवसायीहरूले बताए । उम्मेदवारहरूले सजिलोका लागि यी गाडीहरू रिजर्भमा लिने गरेका छन् ।

पैंतीसवटा सुमो व्यवसायी संघले उक्त रुटमा ६ सयभन्दा धेरै सुमो चलाउँछन् । तर ४ सयभन्दा बढी सुमो चुनावमा प्रचारप्रसारका लागि उम्मेदवारहरूले भाडामा लिएपछि बल्खु चोक पुगेका यात्रुहरू सुमोको खोजीमा भौंतारिन बाध्य भएका हुन् ।

दैनिक ६ सयभन्दा बढी टाटा सुमो चल्ने उक्त रुटमा अहिले मुश्किलले २ सय मात्र चलेका छन् । अरू सबै दलका झण्डा फहराएर रिजर्भमा कुदेका छन् ।


धेरै गाडीहरू उम्मेदवारले भाडामा लिएपछि यात्रुहरूलाई गाडी अपुग भएको व्यवसायीहरू बताउँछन् ।
सोही रुटमा सुमो गुडाउने युनिक सुमो व्यवसायी संघका निर्मल बुढाथोकीले अहिले यात्रुहरूलाई दशैं तिहारको समयमा जस्तै गाडीको समस्या भइरहेको बताए । ‘अहिलेसम्म गाडी नै नपाएकाहरू त छैनन्, जसोतसो गइरहेका छन्,’ बुढाथोकीले लोकान्तरसँग भने, ‘तर गाडी पाउन दशैं तिहारमा जस्तै लाइन बस्नुपर्ने अवस्था छ ।’ उनले भीडभाड बढेको भएपनि सुमोको भाडा चाहिँ नबढेको बताए ।

सुमोको अभाव भएपनि विभिन्न व्यवसायीहरूले बस र ट्याक्सीसमेत सञ्चालन गरिरहेका छन् । ‘अन्य गाडीहरू थपिएको हुँदा समस्या केही कम भएको छ तर सामान्य अवस्थाको जस्तो सहजै गाडी पाउने अवस्था भने छैन,’ उनले भने, ‘उम्मेदवारहरूले महंगो तिरेर गाडी रिजर्भमा लिएका छन्, सोही कारण जनतालाई समस्या भयो ।’
बल्खुस्थित सुमो काउन्टरमा गाडी नपाएर अन्योलमा रहेका यात्रुहरू थुप्रै भेटिन्छन् ।


बुधवार राति विदेशबाट आएका रौतहटका सद्दाम हुसेन देवानले बिहीवार अबेरसम्म पनि गाडी नपाएको बताए । उनी बिहीवार दिउँसोसम्मै बल्खुस्थित सुमो काउन्टर आसपास अल्मलिइरहेका थिए । ‘खै, गाडी पाइरहेको छैन, पक्कै केही न केही त पाइएला,’ उनले भने, ‘पहिले पहिले त सजिलै गाडी पाइन्थ्यो अहिले किन कम भयो पत्तै भएन ।’

उनले चुनावको कारण गाडी नपाइएको विषयमा चाहिँ अनभिज्ञता प्रकट गरे ।

सुमोको अभावमा बस वा ट्याक्सी चढेर घर जाने योजना बनाइरहेको उनले बताए । काउन्टरमा रहेका विभिन्न व्यवसायी संघका कर्मचारीले पनि यात्रुहरूलाई सुमो भेटाउन गाह्रो परिरहेको बताए । तर त्यसको विकल्पमा बस र ट्याक्सीहरू उपलब्ध भएको चाहिँ उनीहरूले दाबी गरे ।


सुमो अभावको मौका छोपेर व्यवसायीहरूले छोटो दूरीका यात्रुलाई यात्रा नगराइरहेको समेत यात्रुहरूले आरोप लगाए । काउन्टरकै परिसरमा भेटिएका युवा दिनेश राईले आफूले वीरगञ्जसम्मको भाडा तिर्न खोज्दा पनि गाडी नपाएको बताए ।

‘म वीरगञ्ज नपुग्दै ओर्लने भएपनि वीरगञ्जसम्मको भाडा तिर्न तयार थिएँ,’ उनले भने, ‘तर सुमोवालाहरूले छोटो दुरीका यात्रुलाई चढाउन मनै गर्दैनन् ।’

उनले चुनावको समयमा यात्रुहरूले गाडी नपाएको विषय दुःखद भएको समेत प्रतिक्रिया दिए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x