×

NMB BANK
NIC ASIA

महर्षि धर्मराज र उनका कार्य

कात्तिक २०, २०७४

NTC
Premier Steels
वैदिक संस्कृतिमा ऋषिमुनिहरूको विशेष स्थान छ । ढुङ्गे औजारसित खेलिरहेको मानव समाजलाई गुफा, गिरि, गह्वरबाट उठाएर यहाँसम्म ल्याउने पनि उनीहरू नै हुन् । हत्या र हिंसालाई नै सर्वोपरि उपलब्धि ठानिरहेको मानव मनमा मानवीय समवेदनाको भाव जगाउने पनि उनीहरू नै हुन् । यस्ता सर्वहितकारी ऋषिमुनिहरूमा महर्षि यम पनि बिर्सनै नसकिने नाम हो ।kamal rijal

पौराणिक ग्रन्थहरूले उनलाई दक्षिण दिशाका अधिपति मानेका छन् तर वेदका मन्त्रहरूमा समेत उनको जब्बर उपस्थिति देखिन्छ । यस अनुसार भन्नुपर्दा उनलाई वेद र पुराण सर्वत्र वर्चस्व कायम गर्न सफल व्यक्तित्वको रूपमा लिनुपर्ने देखिन्छ ।

महर्षि यमका पिता सूर्य हुन् भने आमाको नाम संज्ञा हो । उनलाई कतै कतै वैवस्वत पनि भन्ने गरिएको पाइन्छ । सूर्यको एक नाम विवस्वान हो । विवस्वानको पुत्र भएकाले उनलाई वैवस्वत भनिएको हो । यसबाहेक उनका यम, (यमराज) शमन, कृतान्त, अन्तक, दण्डधर, दण्डपाणि, पितृपति आदि अन्य नाम पनि रहेका छन् । यी सबै नाम उनका काम अनुसार कायम हुन पुगेका हुन् । खासगरी उनी पाप र पुण्यको निर्णायक मानिन्छन् ।

धर्मराज अर्थात् यम ऋग्वेद मण्डल १० सूक्त १४ का द्रष्टा ऋषि मानिन्छन् । यसमा कुल १६ वटा मन्त्र छन् । यस सूक्तलाई यमसूक्त पनि भनिन्छ । यससूक्तमा यमलोक, यम र उनका कार्य तथा पितृ, पितृलोक र तिनका कार्य, मृत्युदेव, मृतात्मा र उनीहरूबीचको सम्बन्ध एवं यमराजलाई प्रसन्न पार्न सकिने तरिका र त्यसबापत प्राप्त हुने प्रतिफल आदि विविध पक्षमा प्रकाश पार्ने प्रयास भएको छ ।

महर्षि यमका आत्मज तथा गोत्रजहरू समेत मन्त्रद्रष्टा ऋषिका पंक्तिमा देखिएका छन् । उनका आत्मजमा शङ्ख, दमन, देवश्रवा, सङ्कुसुक आदि पर्छन् । उनीहरू यसै मण्डलका १५ देखि १८ औंंसम्मका सूक्तहरूका द्रष्टा ऋषि मानिएका छन् । यसमध्ये १५ औं सूक्तलाई पितृसूक्त पनि भनिन्छ । कुल ५६ वटा मन्त्र रहेका यी सूक्तका आशय पनि यमलोक, यमलोकको बाटो तथा त्यहाँका यात्रीहरूसितै सम्बन्धित देखिएका छन् ।

यसै मण्डलको १३५ औं सूक्तका द्रष्टा ऋषि पनि महर्षि यमकै गोत्रज ऋषि ‘कुमार’ मानिएका छन् । कुल सातवटा मन्त्र रहेको यस सूक्तले उपनिषद् ऋषिकुमार नचिकेता कुन संयन्त्र प्रयोग गरी जिउँदै यमलोक पुगेका थिए र कसरी यमलोकबाट सकुशल पृथ्वीलोकमा फर्केका थिए भन्ने कुरामा विशद प्रकाश पार्ने काम गरेको छ । यस सूक्तलाई परामनोविज्ञानको दृष्टिले पनि हेर्न सकिन्छ ।

सामान्यतः संसारमा कोही पनि प्राणी सजीव यमलोक पुग्न पनि सक्दैन र यमलोक पुगेर सोही रूपमा पुनः पृथ्वीमा फर्कन पनि सक्दैन । वास्तवमा यो कार्य अद्भुत मात्र होइन, पूर्णतः असम्भव पनि हो । तथापि यस सूक्तका ऋषिले त्यसलाई समेत सहज रूपमा सम्भव देखाएका छन् ।
यी मन्त्रमा बालक नचिकेताले मृत्युलोक जाँदा प्रयोग गरेका पाङ्ग्रा र धुराविनाको रथको जुन किसिमले उल्लेख भएका छन्, कदाचित् त्यो भौतिक विज्ञानको प्रयोगशालामा सम्भव देखिन्न ।yamaraj

महर्षि यम योग, ज्ञान, विज्ञान, वेदान्त, भक्ति र धर्मको विशिष्ट सङ्गम नै मानिएका छन् । उनका वैदिक मन्त्रहरूबाहेक केही स्मृति ग्रन्थहरू पनि भेटिएका छन् । तिनमा खासगरी यमस्मृति, लघु यमस्मृति, बृहद् यमस्मृति आदि पर्छन् । यीमध्ये यमस्मृति कुल ७८ श्लोकको छ भने लघु यमस्मृति ९९ श्लोकको र बृहद् यमस्मृति पाँच अध्याय तथा १८२ श्लोकमा विभाजित छ । यी स्मृतिहरूमार्फत उनले जति बढी प्रायश्चित्त तथा शुद्धि तत्त्वमा जोड दिएका छन् त्यति नै शान्ति, सदाचार तथा सद्भाव र सहिष्णुताको पक्ष उधिन्न पुगेका देखिएका छन् ।

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार जीवको कर्म अनुसार राम्रो र नराम्रो फल प्रदान गर्नु नै उनको मुख्य कार्य हो । विधाताले नै उनलाई यसै कार्यमा नियुक्त गरेका हुन् । त्यसैले यदाकदा उनी रौद्ररूपमा प्रस्तुत हुने गरेका पनि पाएका छन् तर यतिबेला पनि उनको अन्तर्यमा भने सर्वहित र समुन्नतिकै भाव सञ्चार भइरहेको हुन्छ ।

महर्षि यमको अर्को विशेषता भनेको सबैलाई समान देख्नु पनि हो । उनको प्रशासनमा आफ्नो, अर्को, उच्च, नीच र पक्षपात भन्ने केही पनि छैन । उनी सानादेखि ठूलासम्म अनि धनीदेखि गरीबसम्म सबैमा समान रूपले प्रस्तुत हुन्छन् र समान नीति लागू गर्छन् । अनि त्यसको अनुपालन गर्ने जतिलाई सोही अनुसारको र नगर्ने जतिलाई सोही अनुसारको सजाय भोग्न बाध्य पारिरहेका हुन्छन् । उनको थप विशेषता के पनि हो भने उनी अरूलाई मात्र अनुशासनमा राख्ने गर्दैनन्, आफू पनि उत्तिकै त्यसको पालन गरिरहेका देखिन्छन् ।

लोकहितका लागि यमले दिएका धर्मोपदेशहरू विष्णुपुराण, नृसिंहपुराण, अग्निपुराण आदिमा प्रशस्तै भेटिन्छन् । यमगीताको नामले परिचित यी सन्देश पारमार्थिक दृष्टिले जति महत्त्वपूर्ण देखिएका छन्, व्यावहारिक रूपले त्यसभन्दा बढी महत्त्वपूर्ण पाइएका छन् । उनका उपदेशमा भेटिने इष्ट र पूर्त कर्मको विधानलाई यसैभित्र लिन सकिन्छ । उनका अनुसार इष्ट कर्म भनेको वैदिक यज्ञअनुष्ठान हुन्, जसले स्वर्गीय सुख प्रदान गर्नेसम्मको काम गर्छ भने पूर्त कर्ममा बाटोघाटो, पुलपुलेसा निर्माण, शिक्षा तथा स्वास्थ्यक्षेत्रको व्यवस्था, वृक्षारोपण, पानी, पँधेरो, गौचर आदि विषय पर्छन्, जसले मुक्तिसम्मको अधिकारी बनाउँछ ।

यमराजलाई काल पनि भन्ने गरिएको पाइन्छ । काल भनेको समय हो । संसारका यावत् पक्षलाई बढाउने पनि काल नै हो । खियाउने पनि काल नै हो । यसैका कारण कैयौं ठूलठूला पर्वत ढलेका छन्, सागरहरू सुकेका छन् । जलभाग स्थलमा परिणत भएका छन् । स्थलभाग जलमा परिणत हुन पुगेका छन् । उनले यस्ता खाले कार्यप्रकृतिद्वारा दुनियाँलाई कसैको पनि स्थायी सत्ता छैन भन्ने सन्देश प्रवाह गर्दै आएका मात्र छैनन्, दम्भ र अहङ्कार निरर्थक हुन् भन्ने सन्देश समेत दिँदै आएका छन् ।

उनको भौतिक स्वरूप कस्तो छ हामीले देखेका त छैनौं तर धर्मराज, यमराज, काल, अन्तक आदि रूपले भने अहिले पनि उत्तिकै काम गरिरहेकाले हामी सबै त्यसैको सेरोफेरोमा घुमिरहेका छौं ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

x