कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
कात्तिक ३०, २०७७
भाइटीकाको अघिल्लो दिन पोखराको व्यापारिक केन्द्र चिप्लेढुंगामा फूलको कारोबार भइरहेको छ । तर अघिल्लो वर्षजसो मानिसको भीडभाड छैन ।
कोरोना प्रभावका कारण ग्राहक विगतमा जस्तो आएका छैनन् भने माग कम हुँदा कारोबारसमेत घटेको छ । त्यसैले होला जिल्ला बाहिरबाट आयात गर्नु नपर्ने गरी स्थानीय उत्पादनले थेप्ने व्यापारीहरु बताउँछन् । गोरखाका शंकर गुरुङले पुष्प व्यवसायी हुन् ।
उनले पोखरामा चार वर्षदेखि लगातार फूल उत्पादन र बिक्रीवितरण गर्दै आएका छन् । पोखराको भद्रकालीमा केबलकार मनकामना नर्सरी चलाएका छन् ।
गत वर्ष ६० हजारको कारोबार गरेका उनले यसपालि बढाएर कोरोना कहरकै बीच डेढ लाखको उत्पादन गरे ।
उनी भन्छन्, ‘कास्की उत्पादित फूलले यसपालि यहाँको माग थेग्ने देखिन्छ । किनकि कोरोनाको प्रभाव पनि छ, विगतमा जस्तो मानिसहरुको फूल खरिदका लागि घुइँचो छैन ।’
छिमेकी जिल्लाहरु धादिङ, चितवन लगायत तथा भारतबाट समेत विगतमा फूल आयात हुने गर्दथ्यो । तर यसपालि फूल आएन ।
त्यसकारण पनि गत वर्षभन्दा यसपालि फूलको मालाको मूल्य केही बढेको पाइन्छ । गत वर्ष एक डेढ सय रुपैयाँमै सयपत्रीको माला पाइने गरेकोमा अहिले बढेर ३ सय रुपैयाँसम्ममा व्यवसायीले माला बेचिरहेका छन् ।
तिहारमा दाजुभाइलाई पहि¥याइदिन माला खरिद गर्न आएकी पोखरा–१ बगरकी हीरा पुनले पहिलेभन्दा मूल्य बढेको अनुभव गरिन् । उनले भनिन्, ‘चार वटासम्म माला किन्न आएको, एक हजार रुपैयाँ प¥यो । अहिले तिहार महँगिने भो ।’
पोखरामै लामो समयदेखि तिहारको सिजनमा फूलको माला बेच्दै आएकी मीठु भण्डारीले अहिले खरिदमै महँगो परेको बताउँछिन् । हामीहरुले नै २ सय ५० रुपैयाँ हालेर ल्याउने हो, अलि अलि नाफा राख्नु प¥यो । अहिले बाहिरबाट नआउँदा महँगो हुन गएको हो । ४० हजार रुपैयाँको फूल खरिद गरेर ल्याएको दुई दिनमा सकियो ।’
यसैबीच, फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल कास्कीका अध्यक्ष सीतामाया रानाले यस पटक लोकल फूल सुकिसकेको र पहिलेजस्तो यस वर्ष भारतबाट नआएको बताइन् । उनले माला त्यसकारण पनि केही महँगो परेको दाबी गरिन् ।
त्यस्तै संस्थाका पूर्व अध्यक्ष दयाकुमार द्वाले अवसरवादी व्यापारीहरुले आफूखुसी फूलको मूल्य बढाएको आरोप लगाउँछन् ।
उनले भने, ‘मैले आफ्नो नर्सरीबाट उत्पादित फूल विगतकै मूल्यमा बेचें तर सडकमा सिजनेबल व्यापार गर्नेहरुले आफूखुसी मूल्य तोक्दा ग्राहकले महँगो मूल्य चुकाउनु परेको हो ।’
लामो समयदेखि यसै व्यवसायमा आबद्ध उनले पोखराको सिद्धार्थचोकमा गोल्डेन नर्सरी चलाउँदै आएछन् । ‘सयपत्रीको एउटा थुँगाको बढीमा ५ रुपैयाँ परेमा एउटा मालालाई आवश्यक २५/३० थुँगा प¥यो भने बढीमा डेढ सय भन्दा बढी मालाको मूल्य पर्दैन,’ उनले भने, ‘तैपनि अवसरवादी व्यवसायले कोरोनाको प्रभाव र बाहिरबाट फूल नआएको भन्दै बढी नाफा खान खोजिरहेका हुन सक्छन् ।’
फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल कास्कीमा हाल ३६ नर्सरी संचालक आबद्ध छन् ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...