×

NMB BANK
NIC ASIA

सम्पादकीय

काठमाडौंलाई ‘ग्यास च्याम्बर’ बन्न नदेऊ

पुस २२, २०७७

NTC
Premier Steels

अघिल्लो महिना अन्तर्राष्ट्रिय मिडियामा नेपालको नाम छायो, सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको समाचारले ।

Muktinath Bank

यसअघि ८ हजार ८ सय ४८ मिटर रहेको सगरमाथाको उचाइ बढेर ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर पुगेको खबर संसारभर फैलियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सगरमाथा र गौतमबुद्ध नेपालका अन्तर्राष्ट्रिय पहिचान हुन्, जसलाई देखाएर नेपालले विश्वभर प्रचार गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

तर बेलाबखत नेपालको नाम केही नकारात्मक घटनाले पनि अन्तर्राष्ट्रिय मिडियामा छाउने गरेका छन्- कहिले भ्रष्टाचार त कहिले प्रदूषणको इन्डिकेटरमा अगाडि लागेका समाचारले । 

Vianet communication

अहिले विश्वका प्रदूषित शहरको अग्रस्थानमा काठमाडौं परेको भनेर चर्चा भइरहेको छ ।

सोमवार र मंगलवार काठमाडौं उपत्यकालाई आँखा पिरो हुने र श्वास फेर्न कठिन हुने प्रदूषित र विषाक्त हावाले ढाकेर राख्यो । 

काठमाडौंलाई विश्वका प्रदूषित शहरको सूचीमा राख्ने संस्था र उसले गरेको अध्ययनमा प्रश्न गर्न सकिन्छ, तर मर्निङवाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयले अपिल नै गर्नुपर्ने अवस्था सिर्जना भएपछि काठमाडौंको वायु प्रदूषणले यहाँ बस्नेलाई चिन्तित बनाएको छ ।

बढ्दो प्रदूषणका कारण काठमाडौंलाई आजकाल कतिपयले ‘डस्टमान्डू’ भनेर समेत मजाक उडाउने गरेका छन् । 

देशको राजधानी भएका कारण प्रत्येक दिन काठमाडौंको जनघनत्व बढिरहेको छ । तर अव्यस्थित बसोबास, जताततैको धूलो, इँटा भट्टा, कलकारखाना, थोत्रा गाडी, अव्यवस्थित वधशाला, तरकारी र खाद्यान्नमा विषादी, यत्रतत्र प्लास्टिकको प्रयोग लगायत काठमाडौंको प्रदूषणका मुख्य कारक हुन् ।

प्रदूषणका कारण काठमाडौं ग्यास च्याम्बर जस्तै बनेको छ । अहिलेको प्रदूषणको असर आगामी दशकमा देखिने यस क्षेत्रका जानकारहरू बताउँछन् । 

काठमाडौं उपत्यकालाई स्वच्छ, सफा र हराभरा बनाउने सबै राजनीतिक दलको नारा छ । 

दशकौंदेखि राजनीतिक दलले यही नारालाई आधार बनाएर चुनाव जितेका छन् । तर काठमाडौं झन्पछि झन् प्रदूषित बन्दै गइरहेको छ । 

प्रदूषण नियन्त्रण गरेर शहर सफा गर्नका लागि कोरोनाको भ्याक्सिन पत्ता लगाएजस्तो कुनै आविष्कार गर्नुपर्ने विषय होइन । गरीब देशले पनि आफ्नै बलबुतामा गर्न सक्ने कुरा हो ।

केही वर्षयता बाग्मती सरसफाइको महाअभियान नै चल्यो । यसले केही हदसम्म बाग्मतीलाई सफा बनायो ।

सफा पानी नबगेपनि बाग्मतीमा ढल बग्न कम भएको छ । आसपासमा हरियाली बनेको छ । 

काठमाडौंको प्रदूषण घटाउन सरकारी संयन्त्रको पहल त आश मात्र भैसक्यो । अब नागरिकस्तरको महाअभियान जरुरी भइसकेको छ ।

कला र संस्कृतिको धनी काठमाडौंको पहिचान फेरिएर विश्वका प्रदूषित शहरको अग्रस्थानमा पर्‍यो भने वर्षमा २० लाख पर्यटक भित्र्याएर अर्थतन्त्र सुधार गर्ने हाम्रो लक्ष्य कहिले पूरा होला ? 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x