×

NMB BANK
NIC ASIA

लोकहितमा महर्षि हिरण्यस्तूपको देन

कात्तिक २०, २०७४

NTC
Premier Steels
सम्पूर्ण ऋग्वेदमा गोत्रज, वंशज तथा शिष्य, प्रशिष्य आदि गरी महर्षि अङ्गिराले एक किसिमले वर्चस्व नै कायम गरेका छन् ।  kamal rijal

ऋग्वेदका विभिन्न मण्डलहरूमा महर्षि अङ्गिराको जति बढी सघन उपस्थिति देखिएको छ, उनका गोत्रज तथा वंशजको उपस्थिति पनि त्यसभन्दा कत्ति कम छैन । उनका पुत्र ऋग्वेद ८ । ७८ । ७९ र ८ । ८७ । ८८ का साथै ९ । २७ र २९ औं सूक्तका द्रष्टा ऋषि उनका वंशज नृमेध र पुरुमेध हुन्, जसले एकसेएक बौद्धिक चमत्कार देखाएका छन् भने सव्य, वितहव्य, विरूप र हिरण्यस्तूप आदि उनका पुत्रहरूको उपस्थिति पनि उत्तिकै सघन छ । तर प्रस्तुत प्रसङ्गमा भने उनका पुत्र हिरण्यस्तूपलाई नै लिइएको छ ।

खासगरी महर्षि हिरण्यस्तूप प्रथम मण्डलको ३१ देखि ३५ सम्म पाँच सूक्त र नवौं मण्डलको चौथो र ६९ औं सूक्तका द्रष्टा ऋषि मानिन्छन् । अग्नि, इन्द्र, अश्विनिकुमार र पवमान सोमको स्तुतिमा गाइएका यी सूक्तहरूमा कुल ९१ मन्त्र छन् । यी मन्त्रहरूमार्फत उनले सूर्य, चन्द्र तथा अग्निको विशेषता वर्णन गर्दै भौगर्भिक ज्ञान र अन्तरिक्ष विज्ञानको क्षेत्रमा जुन सन्देश दिएका छन् साँच्चै त्यो प्रशंसनीय छ ।

महर्षि हिरण्यस्तूपले सूक्त ३१ को पहिलो, दोस्रो र तेस्रो मन्त्रमा अग्निदेवको उत्पत्तिसम्बन्धी प्रसङ्ग प्रस्तुत गर्दै उनको कुल, गोत्र, स्थिति, कार्यप्रणाली, विशेषता र पराक्रमबारे व्यापक प्रकाश पार्ने प्रयास गरेका छन् भने चौथो मन्त्रमा चन्द्रवंशी राजा पुरुरवासितको सम्बन्धबारे व्यापक प्रकाश पार्ने प्रयास गरेका छन् ।

श्रीमद्भागवतमा उल्लेख भएअनुसार एकपटक वर्षदिनसम्म आफ्नो खोजमा भौतारिँदै हिँडेका चन्द्रवंशी राजा पुरुरवालाई उर्वशीले निकै चलाखीपूर्ण ढङ्गले एउटा कलात्मक अग्निस्थाली दिएर बिदा गरेकी थिइन् । शुरुमा त उर्वशीको वियोगले पागल बनेर हिँडेका पुरुरवाले त्यसैलाई ने उर्वशी ठानेर मख्ख परेका थिए तर चाँडै नै त्यो उर्वशीको विशुद्ध चलाखीबाहेक केही होइन भन्ने थाहा पाएकाले त्यसलाई त्यतै जङ्गलमा गाडेर राजधानी फर्केका थिए । केही समयपछि सो अग्निस्थाली शमी वृक्षको रूपमा प्रकट भएको थियो भने पछि पुरुरवाले ऋषिमुनिहरूमार्फत सोही शमी वृक्षलाई मन्थन गरी अग्नि प्रकट गरेर वैदिक यज्ञ सम्पन्न गराएका थिए ।

वेदमा यस प्रसङ्गको समग्र पक्ष उल्लेख भएको त पाइन्न तर महर्षि हिरण्यस्तूपले सोही अग्निद्वारा वैदिक यज्ञअनुष्ठानको माध्यमबाट राजा पुरुरवालाई स्वर्गको महत्त्वबोध गराइएको कुरालाई भने सटीक ढङ्गले उल्लेख गरेका छन् ।

अग्निको विश्वव्यापी रूपलाई चित्रण गर्र्दै महर्षि हिरण्यस्तूपले कतै परम बलशालीको रूपमा, कतै पुष्टिदायक र कतै लोकोपकारकको रूपमा चित्रण गरेका छन् भने कतै सबैलाई समान ठानी पापीहरूको समेत उद्धारकर्ताको रूपमा देखाउन खोजेका छन् । त्यसैगरी कतै परमचेतन तत्त्वको समेत अधिष्ठानको रूपमा विश्लेषण गर्ने प्रयास गरेका छन् भने कतै आमा र बाबुले भन्दा बढी संसारको हेरविचार गर्ने शक्ति र सत्ताको रूपमा व्याख्या गर्ने प्रयास गरेका छन् ।
त्यस्तै कतै उनी तिनै अग्निसित सारा संसारको हित र समुन्नतिको कामना गरिरहेका अवस्थामा फेला पर्छन् भने कतै उनको सुरक्षाप्रणालीबारे व्यापक प्रकाश पार्ने प्रयास गरिरहेका देखापर्छन् । यसबाट उनी अग्नितत्त्वको विशिष्ट साधक वा शोधक रहेकामा त शङ्कै छैन । यसबाहेक उनलाई अग्नि तत्त्व खोजकर्ताको रूपमा समेत लिन सकिन्छ ।
महर्षि हिरण्यस्तूप इन्द्र तत्त्वको पनि राम्रै पारखी देखिएका छन् । उनले इन्द्रको शक्ति, पराक्रम, लोकहितमा उनले दिएका योगदान आदिलाई जुन किसिमले प्राथमिकतापूर्वक उल्लेख गरेका इन्द्रद्वारा भएको वृत्रासुर वधको प्रसङ्गलाई पनि त्यत्तिकै मार्मिक ढङ्गले उल्लेख गरेका छन् ।

यद्यपि इन्द्रद्वारा वृत्रवधको प्रसङ्ग पौराणिक ग्रन्थहरूमा पनि आएको छ । श्रीमद्भागवतमा उल्लेख भएअनुसार इन्द्रले वृत्रासुर वधका लागि समुद्रको फिँज प्रयोग गरेका छन् । यतिबेला उनी जति नै प्रयास गर्दा पनि वृत्रमाथि विजय पाउन नसकेपछि समुद्रको फिँज प्रयोग गर्न पुगेका थिए ।
तर महर्षि हिरण्यस्तूपका अनुसार भने यो प्रसङ्ग त्यत्तिमा मात्र सीमित देखिँदैन । उनले यस प्रसङ्गलाई जति रोचक ढङ्गले प्रस्तुत गरेका छन् त्यति नै त्यसभित्रको वैज्ञानिक पक्ष उद्घाटित हुन समेत पुगेका छन् ।

वस्तुतः ऋग्वेदमा महर्षि हिरण्यस्तूपले वृत्रासुरलाई जलप्रवाह रोक्ने तमोगुणी आसुरी शक्तिको रूपमा उल्लेख गरका छन् भने इन्द्रलाई जलवर्षा गराउने शक्तिको रूपमा चित्रण गर्न खोजेका छन् । यसको आधारमा भन्नुपर्दा वृत्र भनेको पानीलाई बर्सिनबाट रोक्ने वा वर्षा गराउन नसक्ने धुम्मिएको दिन वा अवस्थालाई लिन सकिन्छ भने इन्द्रलाई त्यस्तो दुर्दिन चिरेर पानीको वर्षा गराई सृष्टिप्रक्रिया अघि बढाउन सक्ने शक्तिको रूपमा मान्न सकिन्छ । इन्द्रले समुद्रको फिँज प्रयोग गरी वृत्रासुर मारे भन्ने जुन प्रसङ्ग छ, त्यो भनेको पनि दुर्दिनको घेरामा रहेको सुक्खा बादललाई आर्द्र वाष्पयुक्त बनाउन सहयोग पु–याउने शक्ति नै भन्न सकिने प्रशस्त आधार फेला पर्छ ।rishi-muni

महर्षि हिरण्यस्तूप स्वर्वैद्य अश्विनिकुमारको शक्तिसित पनि उत्तिकै परिचित देखिन्छन् । उनले ऋग्वेद प्रथम मण्डलको सूक्त ३४ मा जसरी अश्विनिकुमारको योग्यता र योगदानको चर्चा गरेका छन्, साँच्चै त्यो पनि वर्णनातीत छ । यस सूक्तको १२ औं मन्त्रमा जुन तीनकुने रथको कुरा गरेका छन्, त्यो त झन् अहिलेसम्मकै वैज्ञानिक चिन्तनभन्दा परको विषय रहेको प्रस्टै अनुमान लगाउन सकिन्छ । त्यस्तै यसै मण्डलको ३५औं सूक्तका ११ वटा मन्त्रमा उनीद्वारा जसरी सौरमण्डलको विशेषता वर्णन भएको देखिन्छ, त्यसलाई पनि आधुनिक वैज्ञानिक चेत र चिन्तनभन्दा परको विषय मान्न सकिने प्रशस्तै आधार भेटिन्छ ।

महर्षि हिरण्यस्तूप मात्र होइन, उनका छोरा अर्चत् पनि उत्तिकै विशिष्ट मन्त्रद्रष्टा ऋषिमा पर्छन् । ऋग्वेद मण्डल १० सूक्त १४९ का द्रष्टा ऋषि उनै मानिएका छन् । प्राकृतिक देवता सबिताको प्रशंसामा गाइएको यस सूक्तमा कुल पाँचवटा मन्त्र छन् । यी मन्त्रहरूमार्फत उनले सूर्यभित्र जलको कुरा गरेका मात्र छैनन्, उनलाई जलराशिभित्रै अडिन सक्ने शक्तिको रूपमा चित्रण समेत गरेका छन् ।

प्रस्तुत सूक्तको पहिलो मन्त्रमै सृष्टिको मूल आधार भनेकै सूर्य हुन् भन्ने मान्यता उनले अघि सारेका छन् भने दोस्रो मन्त्रमा उनीबाटै पृथ्वी, अन्तरिक्ष र द्युलोक सृष्टि भएको आशय प्रकट गरेका छन् । यसबाहेक उनले अन्तरिक्षमा विद्यमान मेघले कसरी पृथ्वी र पृथ्वीवासीलाई सिञ्चित गरी सक्रिय पार्छन् भन्ने कुरालाई जसरी चित्रण गरेका छन् त्यो पनि उत्तिकै जीवन्त छ । त्यस्तै तेस्रो मन्त्रले सूर्यको उत्पत्ति प्रसङ्गको गहन रहस्य खोतल्ने प्रयास गरेको छ भने चौथो मन्त्रमा सूर्यले कसरी जगत् रक्षाको काम गर्छन् भन्ने कुरामा प्रस्ट पार्ने प्रयास गरेका छन् ।

यसरी ऋग्वेदमा महर्षि अङ्गिराको पुस्तौनी योगदान देखिन्छ । अग्नि खोज अभियानका हर्ताकर्ता मानिएका महर्षि अङ्गिराको त यसै पनि गहन उपस्थिति छँदैछ, यसबाहेक उनको छोरा नातिको उपस्थिति पनि त्यसभन्दा कत्ति कम नरहेको प्रस्टै अनुभूत गर्न सकिन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

x