×

NMB BANK
NIC ASIA

दोस्रो चरणको निर्वाचन नगराउने षड्यन्त्र कसले गरिरहेको छ ?

कात्तिक २०, २०७४

NTC
Premier Steels

दोस्रो चरणमा गर्ने भनिएको स्थानीय तहको चुनाव दोस्रोपल्ट सर्यो । जेठ ३१ गते गर्ने भनिएको चुनावलाई पहिलो पटक असार ९ गते र दोस्रोपटक असार १४ गतेको भाखा दिइएको छ । नेपालको इतिहासमा सायद पहिलोपल्ट असारमा चुनाव हुन गइरहेको छ ।

चुनाव सार्नुपर्ने दुईवटा कारणहरु प्रष्ट छन । पहिलो कारण निर्वाचनको नामै सुन्न नचाहने मधेस केन्द्रित दलहरुको कचकच हो भने दोस्रो कारणसरकार परिवर्तनको कसरत ।

दस महिनासम्म प्रतिपक्षी बनेर सरकारसँग कचकच मात्र गरिरहेको एमालेले मधेसी दलहरुको हरेक क्रियाकलापलाई भारतपरस्त भनेर आरोप लगाउन चुकेन । सरकारको हरेक क्रियाकलापलाई लम्पसारवादी भनेर नामाकरण गर्ने भन्दा अरु फुर्सद पाएन । नेपालको इतिहासमा यति धेरै प्रहार सहेर भएपनि शालिनतापूर्वक अगाडि बढेर परिणाममुखी काम गरेर देखाउन प्रचण्ड नेतृत्व को सरकार सफल भयो । यसको बारेमा धेरै बुद्धिजीवीले मुख खोलेका छन्, मिडियाले सम्पादकीय छापेरै वर्णन गरेका छन् । प्रचण्डको बहिर्गमनले चुनावलाई असर गर्ला भनेर धेरै जनताले चासो राखेका थिए र छन् पनि । पंक्तिकारले यो आलेखमा प्रचण्डका सकारात्मक कामहरुको बारेमा मुख फोर्नु पर्दैन ।

प्रचण्डको सरकार बन्नुका तीनवटा उद्देश्यहरु थिए, पहिलो संविधान संशोधनमार्फत संविधानको दायरा फराकिलो बनाउने, दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने र तेस्रो अन्तराष्ट्रिय सम्बन्ध र विशेष गरी बिग्रेको छिमेकी शक्तिसन्तुलनलाई नेपालको भू–राजनीतिक अवस्थिती अनुसार ‘रिसाइज’ गर्ने ।

जाँदाजाँदै सरकारले संविधान संशोधन गर्न नसकेको अपजस बोकेर गएको छ भने स्थानीय चुनावलाई दोस्रो चरणमा बाँडेर चुनाव हुन नसक्ने आशंकाहरुलाई जनमानसमा छरेर गएको छ । छिमेकी शक्तिसन्तुलनलाई ‘रिसाइज’ गर्ने प्रयास भने सरकारको सह्रानीय काम हो । त्यो बाहेक लोडसेडिङको अन्त्य, आर्थिक वृद्धिदर लगायतका महत्वपूर्ण कामहरुको लागि सरकारले पर्याप्त धन्यवाद पाइसकेको छ ।

चुनाव हुँदैन भन्ने आशंका पहिलो चरणको निर्वाचनपूर्व नै ब्याप्त थियो । आशंकाका बीच नै पर्याप्त तयारी विना पहिलो चरणको निर्वाचन सफल भयो । अहिले आएर मधेसमा पनि अनुदार धार मानिएका संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवले पछिल्लो समयमा विभिन्न पार्टीहरु एकीकरण भएर बनेको राजपालाई बिदेशी शक्तिद्वारा निर्देशित भन्न पछि परेका छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठन गर्नको लागि भनेर बोलाएको सर्बदलीय बैठक अस्वीकार गरेर राजपाका नेताहरु लैनचौर पुगेका थिए । यसबाट दुईवटा कुरा क्लियर हुन्छ, मधेसवादी शक्तिहरुले अझै पनि भारतको हस्तक्षेपसहित आफ्नो मागहरु पूरा गराउनमा ध्यान दिइरहेका छन् । संसदीय अंकगणितमा कम भए पनि भौगोलिक राजनीतिमा मधेसवादी दलहरुलाई नजरअन्दाज गर्न सकिँदैन । अर्को कुरा भने उनीहरु भयंकर द्विविधामा देखिन्छन् । चुनावमा जाने हो भने तयारी छैन, चुनावमा नजाने हो भने पनि राजनीतिक भविश्य सुनिश्चित छैन ।

भारतले नेपालको समग्र राजनीतिमा जति चासो राख्छ, त्यो भन्दा कम चासो क्षेत्रीय राजनीतिमा राखेको कुरा स्पष्ट छ । मधेसलाई प्रयोग गरेर संविधान बनाउन नदिन षड्यन्त्र गरेको भएता पनि त्यो असफल सिद्ध भैसकेपछि मधेसका मुद्दाहरु स्वयं भारतलाई गलपासो बनिरहेको तथ्य लुकेको छैन ।

दोस्रो चरणको चुनाव नहुनेमा शंका गरिहाल्नु पर्ने अवस्था नभए पनि, चुनाव पछिको परिस्थिति अझै असहज बन्छ कि भनेर राज्यपक्ष र सम्बन्धित सबै पक्षको आँखा खुल्नु जरुरी छ ।

मशेसवादी दलहरुले के कुरा बुझ्न आवश्यक छ भने जबसम्म उनीहरुले आफ्नो आन्दोलनमा भारतको साथ खोजीरहन्छन् तबसम्म भारतलाई मधेस गलपासो बनिरहेको हुनेछ । एक हिसाबले हेर्दा भारतलाई क्षेत्रीय मुद्दामा अल्झाएर केन्द्रबाट पर सार्नु त्यति नराम्रो नदेखिए पनि, बिखण्डनका केहि संवेदनशील आवाजहरु उठेको मधेसका मुद्दाहरुमा भारतको उपस्थिती र सहयोगले कालान्तरमा नेपालमाथी घात गर्नेछ ।

मधेसको समस्या समाधान गर्ने क्रममा न सत्तापक्षले प्रभावकारी वार्ता गरेर निष्कर्षमा पुर्याउने हिम्मत निकाल्यो, न प्रतिपक्षीबाट रचनात्मक आलोचना या सुझाव नै आयो । केपी ओलीको किचकिचले अहिलेसम्म अनिष्ट त केही भएको छैन, तर कालान्तरमा कलह झन नबढला भन्न सकिदैन ।

बाहिरबाट हेर्दा मोटामोटी भएको सहमतीअनुसार चुनावलाई केही पर धकेल्ने र २२ वटा स्थानीय निकायहरु थप गर्ने कुराले दोस्रो चरणको चुनावप्रति जनतालाई तुलनात्मक रुपमा बढी विश्वसनीयता दिलाएको थियो । तर स्थानीय निकाय बढाउने सरकारको निर्णयमा सर्बोच्चले अनावश्यक हस्तक्षेप गरेर देशलाई पछि हट्न बाध्य बनाएको छ ।

प्रश्न रहन्छ, राजपाले चुनावमा भाग लिएन भने के हुन्छ ? यसको जवाफ सहज छैन । सरकारको अठोट, निर्वाचन आयोगको तयारी र सुरक्षा संयन्त्रहरुको निगरानीमा स्थानीय तहयको चुनाव गराउनु ठूलो बिषय नै होइन । ठूलो कुरा भनेको मतपत्रहरुले भावनात्मक रुपमा साम्प्रदायिक एकता गराउन सक्नु पर्यो । फाटिँदै गएको दुरी कम गराउन सक्नु पर्यो । निर्वाचन मात्र सफल हुने, देश चाहिँ असफल हुने परिस्थितिको सृजना गर्नु भएन ।

प्रादेशिक र केन्द्रीय चुनाव हुन बांकी नै छ । स्थानीय स्तरमा देखिएको यति ठूलो मतभेदले आगामी माघसम्म फत्ते गर्नुपर्ने सबै तहका चुनावहरुको आकाशमा बादल मडारिएको संकेत गरेको छ । प्रचण्डले पछिल्लो समयमा दुरदर्शिता देखाएर मधेसप्रती नरम हुने नीति अख्तियार गरे पनि प्रधानमन्त्री पदबाट राजिनामा गरेसँगै उनको त्यो सदासयता पनि खस्किने अनुमान गर्न सकिन्छ ।

राजपाले चुनावमा भाग नलिने भनेर नरम खालका आन्दोलनका कार्यक्रमहरु घोषणा गरे पनि उक्त पार्टीका नेताहरुलाई जनमतबाट भाग्ने छुट चाहिँ हुने छैन । के उनिहरुले भारतकै निर्देशनमा चुनावमा भाग नलिने निर्णय गरेका हुन ? पंक्तिकारको सोझो बुझाईमा आजकल भारतको मधेस नीतिप्रती स्वयं त्यहाँका नेताहरु स्पष्ट छैनन् । ती नेताहरुले आफ्नो अनुकुलतामा हरेक कुराहरु व्याख्या गरेबाट पुष्टि हुन्छ, पछिल्लो समयमा भारतले नेपालको राजनीतिक केन्द्रमा देखाएको लगाव र मधेसमा देखाएको चासो द्वैध मान्यतामा अडिग रहेको छ । यसको अर्थ नेपालले अस्थीरता खेपिरहने शर्तमा भारत नेपालको भूमिकालाई अस्पष्ट बनाइरहने छ ।

समाधान अझै पनि सहज छ, असार १४ गतेलाई सारिएको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न प्रतिपक्षी एमाले र राजपालाई दवाव सृजना गरेर भए पनि केही बुँदाहरुमा ल्याप्चे हान्न लगाउन सक्नुपर्छ । राजनीतिक बिषयहरुमा न्यायालय बोलिहाल्नु खासै उपयुक्त देखिँदैन । तर पनि पटक पटक असक्षम घोषणा भएर पनि कुर्चीबिमुख हुनुपरेको पीडा लिएर र सरकारको नेतृत्व गर्ने महत्वाकांक्षा पालेर बसेका काङ्ग्रेस सभापति देउवाको कठीन परीक्षा शुरु भएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x