×

NMB BANK
NIC ASIA

सरकार गठनको प्रयास

गण्डकीमा सरकार बनाउन कांग्रेसले पेश गर्‍यो दाबी, कृष्णचन्द्रले बुझाए ३१ सांसदको हस्ताक्षर

जेठ २८, २०७८

NTC
Premier Steels

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली (पोखरेल)ले सरकार गठनका लागि दाबी पेश गरेका छन् ।

Muktinath Bank

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएको २ घण्टा नबित्दै कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर बुझाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

हस्ताक्षर बुझाउन निवर्तमान मन्त्री समेत रहेका स्वतन्त्र सांसद दीपक मनाङ्गे पनि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

Vianet communication

प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा ५ बमोजिम सरकार गठनका लागि शनिवार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकी थिइन् ।

कुल ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन बहुमत अर्थात् ३१ मत आवश्यकता पर्छ । नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

बिहीवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एमाले सांसदको मात्रै २७ मत पाएका थिए ।

तर कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ तथा जनता समाजवादी पार्टीका २ गरी ३० सांसदले विपक्षमा मत हालेका थिए । 

जनमोर्चाका कृष्ण थापा तटस्थ बस्दा स्वतन्त्र सांसद दीपक मनाङे बैठकमै आएनन् ।

ह्वीप उल्लंघन भएको भन्दै राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई फेरि पदमुक्त गरेको छ ।

स्वतन्त्र सांसद दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएर विपक्षी गठबन्धनलाई साथ दिने घोषणा बिहीवार नै गरेका थिए । ​

दाबी पेश गर्ने क्रममा ३१ जना सांसद नै प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

सबै दलका संसदीय दलका नेता र स्वतन्त्र सांसद दीपक मनाङ्गे प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका थिए ।

अन्य सांसद भने प्रदेश प्रमुखको कार्यालय परिसरमा बसेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x