×

NMB BANK
NIC ASIA

कोरोना कहर

गाडी थन्किएर रन्थनिएका गौतमको बेचैनी

जेठ २९, २०७८

NTC
Premier Steels

घर नजिकैको खुला चौरमा लहरै पार्किङ गाडी हेर्न तोयनाथ गौतम घरिघरि गइरहन्छन् । गाडीको अवस्था के छ, टायर बिग्रिसकेकी ? इन्जिनको मोबिल जम्यो कि, ब्याट्री नचल्ने भयो ? वा अरु केटाकेटीले बिठ्याइँ पो गरे कि ?

Muktinath Bank

झन्डै २ महिनादेखि चल्न नपाएका उनका लाखौं लगानीका गाडीको हालतले बेचैन बनाउँदो रहेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दिनरात निद्रा पर्दैन । बैंकको ब्याज कहिले तिर्ने हो ? चल्न नपाएको गाडी झन् बिग्रिँदै जाने भो,’ गौतम निराश मुद्रामा भन्छन् । 


Advertisment
Nabil box
Kumari

पोखरा महानगरपालिका–७ अन्नपूर्ण टोलका ४० वर्षीय तोयनाथ यातायात व्यवसायी हुन् । १८ वर्षदेखि व्यवसायमा आवद्ध उनको सम्पत्तिका नाममा ४ गाडी छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिअन्तर्गत चल्ने ती गाडी पोखराबाट काँकडभिट्टा, जोमसोम, दरबाङ र बागलुङ आउजाउ गर्छन् । 

Vianet communication

तर कोरोना महामारीले गत वर्षझैं यसपालि पनि खुला आकाशमा घामपानी खाँदै थन्किएका हुन् । वरिपरि घाँसमा डुबेका छन् । लामो समय एकै ठाउँमा राखिरहँदा घामपानीले टायर, ब्याट्री, मोबिल लगायतमा खराबी उत्पन्न हुनेमा चिन्तित छन् । पछि मर्मत गरेर चलाउनुपर्दा पनि २–३ लाख रुपैयाँ जति खर्च पर्ने उनले बताए । किनकि गाडीको एउटा चक्का फेर्नुपरे कम्तीमा १५ हजार रुपैयाँ पर्छ ।

यी पीडा र चिन्ता सबै कोरोना महामारीका कारण उत्पन्न भएका हुन् । महामारी नियन्त्रणका लागि देशभर डेढ महिनादेखि लकडाउन (निषेधाज्ञा) जारी छ । कास्कीमा पनि जिल्ला प्रशासन कार्यालयले गत वैशाख १५ गतेदेखि निषेधाज्ञा गरेको छ ।

जेठ मसान्तसम्म बढाइएको पछिल्लो निषेधाज्ञाको आदेशअनुसार अन्य सेवाझैं अत्यावश्यकबाहेक निजी तथा सार्वजनिक यातायातका कुनै पनि सवारीसाधन चलाउन दिइएको छैन । 

‘कोरोनाको दोस्रो लहर शुरू भएसँगै हामीहरूलाई वैशाख लागेदेखि नै प्रभाव परेको थियो । लामो दूरीका यात्रामा मानिसहरू निस्कन कम भइसकेको थियो । हत्तपत्त बस चढ्दैन्थे,’ उनले भने, ‘पोहोरको लकडाउनले ढाड सेकेकोमा पछि केही भइहाल्छ कि भन्दाभन्दै अहिले झन् ठूलो महामारी बनेर आयो । कोरोनाका कारण यतिखेर विषम परिस्थितिमा छौं । यसको वर्णन गरिसाध्य छैन । हातमुख जोड्न पनि समस्या पारिसकेको छ ।’ 

गाडी चल्न नपाउँदा आम्दानी सुको छैन । गाडी खरिदमा बैंकबाट लिएको ऋणको साँवा–व्याज तिर्नुपर्छ । ४ गाडीको गरी मासिक झण्डै २ लाख रुपैयाँ किस्ता तिर्नुपर्नेमा अहिले नसकेको गुनासो उनले गरे । 

‘हामीलाई त यो समस्या कोरोना महामारी शुरू भएको १५ महिनादेखिकै हो,’ लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘अघिल्लो वर्षको चैत ११ गतेदेखि झण्डै ८ महिनासम्म गाडी चलाउन पाइएन । बीचमा कोरोना हटेजस्तो भयो । कात्तिकदेखि अलिअलि शुरू भयो । यातायात व्यवसाय सुध्रिँदै गएकोमा फेरि वैशाख १५ गतेदेखि बन्द गर्नुको विकल्प भएन ।’ कोरोना कहिले हट्ने हो र व्यवसायमा कहिले फर्किन पाइने हो निश्चित नभएको उनले बताए । 

गाडीको मोडल अनुसार मासिक किस्ता कुनैको ५० हजार, कुनैको ५२ हजार, कुनैको ५८ हजारसम्म पर्दो रहेछ । गत वर्ष बैंकले ६ महिना किस्ता अवधि पछाडि सारेर सुहलियत दिए पनि पुनः अवस्था उस्तै दोहोरिएको गौतमले सुनाए । तर ब्याज त तिर्नु नै थियो । साँवा मात्र पर सार्दा पनि के–के शुल्क तिर्नुपर्ने रैछ, तिरेर ६ महिना पछि त धकेलियो । ‘तर अहिले त्यस्तो अवस्था छैन । कति पर सार्ने ? समय घर्किंदै जाँदा गाडी पनि पुरानो हुने भएकाले बैंकलाई पनि गाह्रो छ,’ उनले भने, ‘क्लोजिङ बेला भयो भन्दै फोन आउन थालिसक्यो । हामीलाई पनि सधैं सारेर भएन । कहिले कसरी तिर्न सकिने हो निश्चित नै भएन । तिर्न जसै पर्‍यो ।’ 

यसका लागि उनले एउटा उपाय सुझाएका छन् । उनी राज्य तहबाटै केही पोलिसी ल्याई ब्याजदरमा अलि न्यूनतम दर तोकिए सहज हुने बताउँछन् । ‘पर धकेलेर र सारेर मात्रै समस्याको समाधान हुँदैन,’ उनले भने ।

पोखरामा प्रधान कार्यालय रहेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीसँग हाल करीब १ हजार ४०० गाडी आबद्ध छन् । कास्की कोरोनाको उच्च जोखिम क्षेत्र भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहर शुरू हुँदा तोकेको थियो ।

कास्कीमा अझै पनि करीब १ हजार जना कोरोनाका सक्रिय संक्रमित छन् । गण्डकी प्रदेशमा यसको संख्या झण्डै ५ हजार छ । प्रदेशमा एकैदिन सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको रेकर्ड छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x