×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री पोखरेलले छिट्टै विश्वासको मत लिने, संसद सचिवालयमा पत्र दर्ता

असार २, २०७८

NTC
Premier Steels

गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् ।

Muktinath Bank

विश्वासको मत लिनका लागि संसद सचिवालयमा सूचना दर्ता भइसकेको सरकार प्रवक्ता कुमार खड्काले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वासको मत लिनभन्दा कम्तीमा २ दिनअघि संसदमा जानकारी गराउनुपर्ने संवैधानिक प्रावधान छ । 


Advertisment
Nabil box
Kumari

संविधानको धारा १६८(५) बमोजिम गत शनिवार मात्र कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । नियुक्तिको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ । 

Vianet communication

बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत छिट्टै लिन लागिएको बताइएको छ । स्रोतका अनुसार उनले असार ४ गतेमै विश्वासको मत लिने छन् ।

सरकारले मंगलवार मात्रै आगामी आवको बजेट सार्वजनिक गरेको छ । अघिल्लो दिन हतारहतारमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । 

पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि मुख्यमन्त्रीबाट स्वतः पदमुक्त भएका थिए । नयाँ मुख्यमन्त्रीको रूपमा नियुक्त पोखरेलले नियुक्तिकै दिन ५ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । जसमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहित स्वतन्त्रबाट १–१ जनालाई विना विभागीय मन्त्री नियुक्त गरिएको छ ।

भागबण्डा नमिल्दा गण्डकीमा मन्त्रिमण्डल विस्तार अड्किएको छ भने नियुक्त मन्त्रीहरूले पनि पदभार ग्रहण गरेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x