×

NMB BANK
NIC ASIA

भरतपुर मुद्दाको टुंगो: कानूनसम्मत कि न्यायसंगत ?

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, २२ जेठ — वैशाख ३१ मा सम्पन्न पहिलो चरण अन्तर्गत स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुन भरतपुर महानगरपालिकाका कारण अवरोध पुगेको छ ।

निर्वाचन घोषणा भएसँगै पहिलो चरणको निर्वाचनको ‘हट केक’ बनेको भरतपुरको अन्तिम फैसला आउनु केही घण्टापूर्व मतपत्र च्यातियो ।

प्रधानमन्त्री प्रचण्डकी पुत्री रेणु दाहाल र एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीबीचको टक्करका कारण माओवादी केन्द्रका मतगणनामा रहेका प्रतिनिधिले एमालेसँगको मतान्तर अपेक्षित रूपमा नघटेपछि मतपत्र च्यातेका थिए । उनीहरूलाई चितवन प्रहरीले मतपत्र च्यात्दै गर्दा पक्राउ गरेको थियो । उनीहरू धरौटीमा रिहा भइसकेका छन् ।

किन च्यातियो मतपत्र ?

भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सम्भावित मतपरिणामको बारेमा माओवादी प्रतिनिधिहरूले लख काटिसकेका थिए । उन्नाईस र २० नम्बर वडाको मत गन्न बाँकी हुँदा एमालेका मेयर उम्मेदवार ज्ञवाली झण्डै ८ सय मतले अघि थिए ।

दुईवटा वडामा रहेको झण्डै ५५ सय मतमा आफूहरूले राम्रो लीड गर्ने अपेक्षा माओवादी कांग्रेस गठबन्धनले गरेको थियो । मतलब, १९ र २० नम्बर कांग्रेसको गढ क्षेत्र भएकाले गठबन्धनबाट मेयरकी उम्मेदवार रेणु दाहालले राम्रै मत ल्याउँछिन् भन्ने अपेक्षा गरिएको थियो ।

तर, १९ नम्बर वडाको आधाभन्दा बढी मत गनिसक्दा रेणुले मुश्किलले एक सयको अन्तर कम गरिन् । त्यसपछि माओवादी प्रतिनिधिले आफूहरूको हारलाई आफैंले स्वीकार गरेको विपक्षीको आरोप छ ।

निकै उत्साहित भएका माओवादी सजिलै हार स्वीकार्ने मानसिकतामा भएनन् । मतगणनास्थलमा अप्रत्याशित विवाद झिकेर मतपत्र च्यात्ने काम गरे । स्थानीय निर्वाचन ऐनमा रहेको कानूनी छिद्रलाई समातेर उनीहरूले मतपत्र च्यातेकोमा अब कुनै द्विविधा रहेन ।


कानूनमा टेकेर आयोगको निर्णय

मतपत्र नोक्सानी भएमा त्यसको अन्तिम निर्णय गर्ने अधिकार निर्वाचन आयोगलाई छ । स्थानीय निर्वाचन ऐनले सो अधिकार आयोगलाई दिएको हो ।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सहमहान्यायाधिवक्ता गीता तिमल्सिनाको अध्यक्षतामा तीन सदस्यीय छानबिन समति गठन ग–यो । समितिले चितवन पुगेर कर्मकाण्ड पूरा गरेर फर्कियो ।
उसले माओवादी प्रतिनिधिले मतपत्र च्यातेको कारणले मतगणना स्थगित गरिएको प्रतिवेदन आयोगलाई दियो । तर समस्या सुल्झाउने बाटो देखाएन ।

आयोगको निर्देशनमा चितवनका मुख्य निर्वाचन अधिकृत, दलका प्रतिनिधि र सुरक्षाकर्मीको टोलीले च्यातिएका मतपत्रको एकिन ग–यो । त्यसमा १९ नम्बर वडाको ९० मत च्यातिएको फेला परेको थियो ।
१४ गते रोकिएको मत गणनामा निर्णय दिँदै आयोगले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय ग¥यो ।

कानूनी दफामा टेकेर निर्वाचन आयोगले गरेको निर्णय कानूनसम्मत छ किनकि निर्वाचन ऐनको दफा ४९ (१,२) मा मतपत्र नोक्सान भएको अवस्थामा के गर्ने भन्ने विषय उल्लेख गरिएको छ । मतगणना नसकिँदै कुनै पनि कारणले मतपत्र नोक्सान भएमा मतगणना स्थगित गरेर त्यसको प्रतिवेदन निर्वाचन आयोगलाई बुझाउनुपर्ने व्यवस्था छ ।


एेन बमोजिम मतगणना स्थगित भएको अवस्थामा निर्वाचन आयोगले उक्त मतगणनालाई अवैध घोषणा गर्नुपर्ने कानुुनी अड्चन छ । त्यसपछि उक्त स्थानमा फेरि मतदान गराउनुपर्ने उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले गरेको निर्णय कानूनसम्मत भएको कुरामा शंका छैन । तर निर्वाचन आयोगको उक्त निर्णयले आपराधिक काम गर्ने माओवादी प्रतिनिधिले प्रश्रय पाएका छन् । मनसायवश मतपत्र च्यातेमा के गर्ने भन्ने विषयमा ऐनमै व्यवस्था भएको भए अहिले यति ठूलो रडाको मच्चिँदैनथियो ।

निर्वाचन आयोग कानूनको व्याख्या गर्ने निकाय होइन । उसले कानूनमा लेखिएको बुँदामै टेकेर निर्णय गर्नुपर्थ्यो । आयोगले सत्ता गठबन्धनको प्रभावले फेरि मतदान गराउने निर्णय ग–यो भनेर व्याख्या गरिएको भएपनि आयोगले त्यसबाहेक अरू निर्णय गर्न सक्ने अवस्था थिएन ।

मुद्दाको टुंगो कानूनसम्मत कि न्यायसंगत ?

भरतपुर विवाद निर्वाचन अयोग हुँदै सर्वोच्च अदालतमा प्रवेश गरिसकेको छ । कानूनलाई टेकेर निर्वाचन आयोगले निर्णय गरेको भएपनि त्यसको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई छ ।

यो टिप्पणी तयार हुँदै गर्दा भरतपुरको विवादको रिटले सर्वोच्चमा बेञ्च पाइसकेको छ । एमाले कार्यकर्ताले पुनः मतदान गराउने आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् । न्यायाधीश चालेन्द्रशमशेर जबराको बेञ्चमा यो रिटमाथि बहस हुँदैछ ।

तर कानूनी वृत्तमा दुईवटा शब्दहरू चर्चित छन् । न्यायसंगत र कानूनसम्मत । कागजमा लेखेको कुरामा टेक्ने विषय कानूनसँग जोडिएको छ । तर परिस्थिति र अवस्था हेरेर न्यायाधीशले विवेक समेत प्रयोग गर्ने कुरा न्यायसंगत विषयसँग जोडिएको छ ।


कानूनी छिद्रलाई पहिल्याएर कानूनसम्मत नै निर्णय गरिएपनि त्यो न्यायसंगत नहुन सक्छ । न्यायिक निकायबाट आउने निर्णयहरू कानुनसम्मत भएर मात्रै पुग्दैन, न्यायसंगत पनि हुनुपर्छ । ऐनको स्पिरिटमा टेकेर न्यायाधीशले विवेक प्रयोग गर्न सक्छन् । कानूनमै टेकेर गरिएको निर्णयमा पनि पीडितले न्याय पाउनुपर्छ ।

नेपालको संविधानले कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई दिएको छ । सर्वोच्च अदालतले पनि कानून तथा नजिरहरूमै टेकेर अन्तिम निर्णय गर्ने हो । तर कानूनको मर्म समातेर सर्वोच्चले भरतपुर काण्ड व्याख्या गरेमा भरतपुरमा पुनः मतदान गराउने निर्णय बदर हुनसक्छ ।

एमालेले पनि न्यायसंगत निर्णय भएमा आफूहरूले मुद्दा जित्ने दाबी गरिरहेको छ । त्यसो त सर्वोच्च अदालतले मतदान गराउने निर्णयलाई सदर गर्न पनि सक्छ किनकि कानूनमा भएकै कुरालाई व्याख्या गर्दा उक्त निर्णय सदर हुनसक्छ ।

कानूनसम्मत वा न्यायसंगतका विषयमा के निष्कर्ष निकाल्न सकिन्छ भने सर्वोच्च अदालतले न्यायसंगत निर्णय गरेमा भरतपुरमा पुनः मतदान गराउने निर्णय खारेज हुनसक्छ ।

अबको बाटो के ?

निर्वाचनका विषयमा निर्वाचन आयोगले गर्ने निर्णयलाई मान्नुको कुनै विकल्प छैन किनकि आयोग संवैधानिक निकाय हो । बरू न्याय र संवैधानिक निकाय कस्ता मान्छेको जिम्मा लगाउने भन्ने विषयमा छलफल गर्नु जरूरी हुन्छ ।

आयोगले गरेको निर्णयमाथि सर्वोच्चले पक्षमा वा विपक्षमा निर्णय गर्नसक्छ । त्यसलाई पनि मान्नुको विकल्प रहँदैन । आयोगको निर्णयमा चित्त नबुझेमा वा उक्त निर्णय त्रुटिपूर्ण भएमा अदालती ढोका ढकढकाउने विकल्प रहन्छ ।

भरतपुरको विषयमा सर्वोच्चको निर्णयलाई नै स्वीकार्नुपर्छ । तर सर्वोच्चले न्यायसंगत वा कानूनसम्मत निर्णय गर्छ, त्यो चाहिँ विश्लेषण हुन बाँकी छ ।

हाललाई सर्वोच्चको निर्णयलाई मान्दै अघि बढ्नुपर्छ । तर भोलिका दिनमा पनि यस्ता गतिविधिहरू दोहोरिनसक्ने सम्भावना भएकोले निर्वाचन ऐनलाई संशोधन गर्नुपर्ने आवश्यकता छ किनकि चित्त नबुझ्ने पक्षले मतपत्र च्यात्न शुरु गरे भने पटकपटक मतदान गराउनुपर्ने अवस्था आउनसक्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x