×

NMB BANK
NIC ASIA

पोखराका पर्यटनकर्मीहरूले कोरोना भाइरसविरुद्ध भ्याक्सिनको माग गरेका छन् । उनीहरुले एक सूत्रीय माग राखेका छन्–नो भ्याक्सिन, नो टुरिजम । 

Muktinath Bank

पोखरामा सोमबार उनीहरुले यसबारे विभिन्न नारा अंकित प्लेकार्ड सहित भद्र आन्दोलन गरेका छन् । लेकसाइड स्थित अम्बोटबाट सुरु भएको प्रदर्शन शहिद चोकस्थित जिल्ला प्रशासन कार्यालय गेट अघि आएर धर्नामा परिणत भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखराको पर्यटनसम्बद्ध संघसंस्थाका छाता संगठन पोखरा पर्यटन परिषद्को नेतृत्वमा भएको प्रदर्शनपछि उनीहरुले कोरोनाका कारण पर्यटन व्यवसायमा परेको प्रभाव, यसको असर, व्यवसाय पुनर्जागरण, जीवनरक्षा कोष, बैंक तथा वित्तीय संस्थाको भूमिकासहित सरकारको भूमिका सम्बन्धमा केन्द्रित रहेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाए । 


Advertisment
Nabil box
Kumari

पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरुले अहिले एक सूत्रीय माग खोप रहेको बताए । उनले पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी, कर्मचारी, मजदुर सबै गरेर करिब ३० हजार हाराहारीमा खोप आवश्यक रहेको बताए । 

Vianet communication

परिषद् उपाध्यक्ष पोमनारायण श्रेष्ठले अति नै संवेदनशील क्षेत्र पर्यटन रहेकोले यसलाई जीवन भर्न खोप अनिवार्य आवश्यकता रहेको बताए ।

उनले खोप नभएसम्म आफूहरु व्यवसाय संचालन गर्न नसक्ने पनि बताए ।  

कोरोना भाइरस महामारीका कारण डेढ वर्षदेखि पोखराको पर्यटन क्षेत्र आक्रान्त छ । जिल्लामा हाल निषेधाज्ञा कायमै रहँदा समेत उनीहरुले स्वास्थ्य मापदण्ड पालना गर्दै यसरी प्रदर्शनमा उत्रिएका हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x