×

NMB BANK
NIC ASIA

गोपाल पराजुली कामु प्रधानन्यायाधीश, कति हुनेछ उनको कार्यकाल ?

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, २४ जेठ — बुधवारदेखि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपालप्रसाद पराजुली कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । केही दिनमै न्याय परिषद्को सिफारिशमा उनलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिश गर्नेछ ।

तर उनको जन्ममितिसम्बन्धी विवाद जबर्जस्त चर्चामा ल्याइएको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उनको उमेर बढाएर कायम गरिदिएकी छन् । पराजुलीका सबै शैक्षिक प्रमाणपत्रमा भएको जन्ममितिभन्दा फरक जन्ममिति कार्कीले कायम गरिदिएकी थिइन् ।

कार्कीले आफ्नो जन्ममिति कायम गर्दा अन्याय गरेको भन्दै पराजुलीले न्याय परिषद्मा निवेदन समेत दिएका थिए । तर उक्त निवेदनमाथि सुनुवाइ भएन ।

कति हुनेछ पराजुलीको कार्यकाल ?

कार्कीले पराजुलीको जन्ममिति २००९ साल साउन २१ गते कायम गरेकी छन् । तर पराजुलीले आफ्नो जन्ममिति २०१० साल वैशाख १६ गते भएको उल्लेख गर्दै न्यायपरिषद्मा निवेदन दर्ता गराएका थिए ।

न्याय परिषद् स्रोतका अनुसार पराजुलीका सबै कागजपत्रमा २०१० साल वैशाख १६ गते जन्ममिति उल्लेख छ । नागरिकतामा उसबेलाको प्रचलन अनुसार उमेर मात्रै उल्लेख गरिएको छ ।

२०३० साल साउन २१ गते पराजुलीले नागरिकता लिएका थिए । २०४० भन्दा अघि वितरण गरिने नागरिकतामा जन्ममिति नलेखेर उमेर मात्रै लेख्ने प्रचलन थियो ।

न्याय परिषद् स्रोतका अनुसार त्यहाँ रहेका कागजपत्रका आधारमा पराजुली २०७५ साल वैशाख १६ गतेसम्म प्रधानन्यायाधीश हुनेछन् ।

निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले पराजुलीको हकमा कायम गरेको मिति स्पष्ट रूपमा गैरकानूनी भएको कानुनविद्हरू बताउँछन् । उनले व्यक्तिगत दुश्मनीका कारण पराजुलीको कार्यकाल कम गर्न खोजेको ती कानुनविद्को भनाइ छ ।

अब यसको अन्तिम टुंगो न्याय परिषद्को बैठकले नै लगाउनेछ । जन्ममितिमा विवाद भएको कारणले सो विषयमा पक्कै पनि न्याय परिषद्मा छलफल हुने कानून व्यवसायिकहरू बताउँछन् ।

पाँच सदस्य रहने न्यायपरिषद्मा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्चका वरिष्ठतम न्यायाधीश, प्रधानमन्त्रीको सिफारिशमा नियुक्त एकजना कानुनविद् र नेपाल बार एसोसिएसनको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने एकजना अधिवक्ता सदस्य रहने व्यवस्था छ ।

न्याय परिषद्ले कागजपत्रकै आधारमा जन्ममिति कायम गर्ने हुँदा आउँदो ११ महिना पराजुली प्रधानन्यायाधीश रहने सम्भावना छ ।

के हो विवाद ?

पराजुलीले २०३० साल साउन २१ गते नागरिकता लिएका थिए । उनले नागरिकतामा जन्ममिति समेत उल्लेख हुन थालेपछि २०१० साल वैशाख १६ गते जन्ममिति कायम भएको नागरिकताको प्रतिलिपि लिएका छन् ।
सोही आधारमा पराजुलीमाथि कार्कीको निर्णय आएको हो । तर कार्कीको त्यो निर्णय कानूनसम्मत नभएको कानुनविद्हरूले बताएका छन् ।

पराजुलीका सम्पूर्ण शैक्षिक प्रमाणपत्रमा २०१० सालकै जन्ममिति उल्लेख छ । एमएसम्मका सबै कागजपत्रमा उक्त जन्ममिति उल्लेख गरिएको हो । तर कार्कीले जन्ममिति सच्याएको एकपक्षीय आरोप लगाउँदै २००९ सालको जन्ममिति कायम गरिदिएकी थिइन् ।

६५ वर्ष उमेर पुगेपछि सर्वोच्च अदालतको न्यायाधीशको पदमा काम गर्न पाइँदैन । सोही कारणले गर्दा यो विवाद झिकिएको जानकारहरू बताउँछन् ।

पराजुलीले न्यायपरिषद्मा पनि निवेदन दिएका थिए । तर न्याय परिषद् अध्यक्ष रहेकी कार्कीले उनको निवेदनको विषयमा कुनै पनि निर्णय नगरी बाहिरिइन् ।

पराजुलीले न्यायपरिषदमा दर्ता गरेको निवेदनमा उल्लेख गरेका छन्, - २०३० सालमा नागरिकता लिँदा नागरिकताको प्रमाणपत्रमा जन्ममिति लेख्ने प्रचलन थिएन ।

त्यो बेला उमेर मात्र लेखेर नागरिकता प्रदान गर्ने प्रचलन थियो । सोही अनुसार २०१० वैशाख १६ गते जन्ममिति उल्लेख गरी आवेदन गरेको भएपनि तत्कालीन प्रचलन अनुसार नागरिकताको प्रमाणपत्रमा पूरा जन्ममिति उल्लेख नगरी उमेर २१ वर्ष मात्र उल्लेख गरी मेरो नाममा ४४१ प्रमाणपत्र नम्बरको नागरिकता जारी गरिएको हो ।
मलाई २०३० साउन २१ गते नागरिकता प्रदान गरेको आधारमा सोही मितिलाई जन्ममिति कायम गर्नु प्रचलित कानून विपरीत छ ।

त्यसबेला आफू २१ वर्ष भर्खरै लागेको तर पूरा नभएको उनले बताएका छन् । उनले आफू त्यसबेला २० वर्ष तीन महिना पाँच दिनको मात्रै भएको उल्लेख गरेका छन् ।

आफ्ना सम्पूर्ण कागजपत्रहरूमा २०१० साल वैशाख १६ गते नै जन्मदिन रहेको पराजुलीले दाबी गरेका छन् । आफूले २०४८ सालमा पुनरावेदन अदालतमा जागिर खाँदा त्यही जन्ममिति नखुलेको नागरिकताको प्रमाणपत्रको आधारमा जागिर खाएको बताएका छन् ।

के भन्छ कानून ?

कार्कीले पराजुलीको जन्ममितिसम्बन्धी निर्णय २०७३ पुस १ गते गरेकी हुन् । तर यस्ता समस्या आएमा कसरी समाधान गर्ने भनेर २०७३ असोज ३ गते नै न्याय परिषद् ऐनमा संशोधन भएको छ । कार्कीले सोही ऐनमा टेकेर निर्णय गर्नुपर्ने भएपनि त्यसो नगरेको जानकारहरू बताउँछन् ।

न्यायपरिषद् ऐनमा उमेर गणना सम्बन्धमा अस्पष्टता भएमा दफा ३१ ले न्यायाधीशले पेश गरेको कुनै प्रमाणपत्रमा वर्ष उल्लेखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा जन्ममिति खुलेकोलाई आधारमा लिइने भनिएको छ ।

सोही ऐनमा टेकेर आफ्नो जन्ममिति २०१० वैशाख १६ कायम हुनुपर्ने पराजुलीको माग छ । उनले नागरिकता लिँदाको मिति र जन्ममिति खुलेका शैक्षिक प्रमाणपत्रमा भएको जन्ममितिमा एक वर्षभन्दा कमको अन्तर छ ।

पराजुलीले जन्ममिति उल्लेख नभएको नागरिकतामा आफू सन्तुष्ट हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयबाट शैक्षिक प्रमाणपत्रहरू तथा आफूले पहिला नागरिकता लिँदा भरेको दरखास्तमा उल्लिखित जन्ममितिको आधारमा जन्ममिति खुलेको नागरिकताको प्रतिलिपिसमेत निकालेको बताएका छन् ।

संविधानविद् भीमार्जुन आचार्यले न्याय परिषद् ऐन र नेपालको संविधानले न्यायाधीश र प्रधानन्यायाधीशको विषयमा एउटा मात्रै व्यक्तिले कुनै पनि निर्णय गर्न नसक्ने उल्लेख गरेको बताए । त्यसैले पराजुलीमाथि कार्कीले गरेको निर्णय प्रतिशोधका आधारमा गरिएको उनले बताए ।

‘पराजुलीले कस्तो काम गर्नुहुन्छ त्यो त हेर्न बाँकी नै छ, तर उहाँमाथि भएको आक्रमण चाहिँ गलत हो,’ आचार्यले लोकान्तरसँग भने, ‘कार्की श्रीमान् कुनै एउटा गुटबाट परिचालित हुनुभयो । त्यसको असर न्यायालयमा पनि देखियो ।’

कार्कीले प्रधानन्यायाधीशका हैसियतमा पराजुलीको जन्ममिति कायम गरेको विषय र मंगलवार जाँदा जाँदै प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको विषय गैरकानूनी भएको उनले बताए ।

यी दुवै विषय कार्कीका कमजोरी भएको उनले बताए । सामूहिक रूपमा न्याय परिषद् र संबैधानिक परिषद्बाट निर्णय गर्नुपर्ने भएपनि कार्की एक्लैले निर्णय गरेर गैरकानूनी काम गरेको आचार्यको भनाइ छ ।

त्यसैले न्याय परिषद्को बैठक बसेर यो विषयमा निर्णय लिनुपर्ने उनले बताए । प्रधानन्यायाधीशको सिफारिशसमेत कार्की एक्लैले गर्न नसक्ने आचार्यले बताए ।

बरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले न्यायाधीशको उमेरको विषयमा न्याय परिषद् ऐन २०७३ मा स्पष्ट व्यवस्था भएकोले सोही अनुसार गर्नुपर्ने बताए । न्यायाधीशको उमेरमा विवाद गर्नुपर्ने कारण नभएको उनले बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x