×

NMB BANK
NIC ASIA

महन्थज्यू, तपाईंले मुढो ताक्दा, बञ्चरोले देशको घुँडो नताकोस् !

कात्तिक २०, २०७४

NTC
Premier Steels
यो खुलापत्र लेखिरहँदा मैले मेरो मनमा तपार्इं मधेसको मात्र नेता हो भनेर रत्तीभर सोचेको छैन । बीपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको तीनखम्बे नीतिको छातामुनि लामो समयसम्म राजनीति गर्नुभएको तपाईंलाई मैले एउटा पाको, अनुभवी र सफल राजनीतिकर्मी भनेर सम्मान गर्नुपर्ने कारणहरू धेरै छन् ।

त्यसो त नेपाली कांग्रेस छोडेर तमलोपा गठन गर्दासम्म पनि कुनै एउटा आम नेपालीले तपार्इंमाथि प्रश्नचिह्न उठाउने हिम्मत गरेको थिएन । कारण थियो – तपार्इं लामो समयसम्म सादगीपूर्ण ढंगले निष्ठाको राजनीति गर्ने पात्र हुनुहुन्थ्यो । बरू समग्र कांग्रेसको नीति र कार्यदिशा बेलाबेलामा आलोचित भइरह्यो, तर तपाईंलाई आलोचना गर्ने ठाउँहरू कम थिए ।

जतिबेला जयप्रकाश प्रसाद गुप्ता, गोविन्दराज जोशी र खुमबहादुरहरूले भ्रष्टाचारको मुद्दामा सुनुवाइ खेपिरहेका थिए, त्यतिबेला लाग्थ्यो – कृष्णप्रसाद भट्टराईको असली चेला तपाईं हो । हामीसँग तपाईंलाई सम्मान गर्नुपर्ने कारणहरू अरू पनि छन् ।

तर मधेसी मोर्चाको एउटा प्रमुख घटकको रूपमा रहेको राजनीतिक दलको प्रमुखको हैसियतमा तपार्इं र तपार्इंहरूको दल संविधान निर्माण प्रक्रियाबाट बाहिर रहनुभयो । सात वर्षसम्मको अथक प्रयासबाट जन्मेको संविधान हुन त कैयौं आयामबाट अपूरो छ, तपाईंले त्यसलाई पूरा गरेर अपनत्व लिन खोज्नुभएन, अपनाउन नसकिने भन्दै रद्दीको टोकरीमा फाल्ने दुस्साहस गर्नुभयो ।

त्यतिबेला सत्तासँग साझेदारी गर्न सकिने केही विषयहरूलाई पनि तपार्इंले पूरै बेवास्ता गर्नतिर लाग्नुभयो । तपार्इंहरूले आफैंलाई यति टाढा धकेल्नुभयो ताकि चाहेर पनि मिलन हुन नसकोस् । अहिले यता छोपे उता ह्वाङ्ग देखिने, उता छोपे यता ह्वाङ्ग देखिने स्थिति पैदा भयो ।

तपाईं किन एकाएक देशभक्तबाट रूपान्तरित भएर प्रायोजित नेताको रूपमा हिँडिरहनुभएको छ ? हुन त बाहिर हल्ला गरिएजस्तो तपार्इंहरूलाई शंका गरिहाल्नुपर्ने कुनै कारण छैन । तर त्यसको तार्किक पुष्ट्याइँ जनतालाई दिनुपर्दैन ? सिङ्गो देशको बागडोर सम्हाल्न भनेर नेता बन्नुभएको तपार्इंलाई सानो प्रदेश र स्थानीय निकायको लागि छुद्रताको गफ लडाउन लाज लाग्दैन ?

हो, मधेस आन्दोलनप्रति मेरो सदाशयता छ । हिंसाबाहेकका आन्दोलनका गतिविधिमा मेरो पनि समर्थन छ । अथवा नागरिकले राज्यसँग माग गर्ने हरेक मागहरूप्रति मैले या कुनै अर्को नागरिकले आपत्ति जनाउनुपर्ने कुनै कारण छैन किनभने राज्य सबै नागरिकको पालक–पोषक हो, अधिकारको संरक्षक हो, स्वतन्त्रताको जननी हो ।

कुनै समुदाय विशेष अधिकारको लागि लड्नु भनेको, उक्त समुदायले अर्को समुदाय बराबर अधिकारको हिस्सा खोजेको हो । तर तपार्इंहरूले आम नागरिकका मागलाई भ¥याङ बनाएर सत्तामा चढ्ने कामबाहेक पछिल्लो दश वर्षमा कुनै अर्को उपलब्धि पाएको भए देखाउनुस् त हामीले पनि हेरौं !

एक प्रदेशबाट शुरु भएको तपार्इंको माग, दुई प्रदेश हुँदै, सीमाङ्कनमा असन्तुष्टि अनि स्थानीय निकायलाई थपथाप गर्ने, अनि अन्तिममा चुनाव पछि सार्नेसम्म तल झरेर आयो । यसको मतलब मधेसीलाई तपार्इंले केही दिनसक्ने दम आफ्नो छातीमा बोक्नुभएको छैन । तपाईंहरू राजनीतिक बिचौलिया हो । मलाई त मधेस र कर्णाली एकै लाग्छ । नाकभरि सिँगान लिएको हुम्लाको कुपोषित बच्चाको फोटो न्युयोर्कमा बेचिन्छ । शहीदकी आमाको आँसुसहितको फोटो तपार्इंले काठमाडौं र दिल्लीका गल्लीहरू, अझ भनौं पटनामा लालु यादवको घरमा लगेर बेच्नुहुन्छ ।


यता सहमतिका लागि सरकार तपाईंहरूसँग रुन्छ, गिडगिडाउँछ । तर तपाईं त्यतिबेला लैनचौरभित्र एउटा सामान्य भारतीय कर्मचारीलाई ‘वेटिङ हल’मा कुरेर बस्नुहुन्छ । देश तपाईंको पनि हो नि महन्थज्यू ! प्रचण्ड, शेरबहादुर या ओलीले निकास दिन सकेनन् त्यो हामी मान्न तयार छौं, तर तपाईंले निकास या विकल्पको कुरामा अग्रसरता देखाएदेखि कसैको केही खेर जान्थेन । आकाश खस्थेन, पाताल भासिन्थेन ।

किन सार्ने चुनाव ? जनमतसँग डर लाग्न थालेको हो तपार्इंहरूलाई ? कि अन्तबाट त्यस्तै आदेश आएको छ ? वैशाख ३१ को चुनावमा किन सहभागी नहुनुभएको ? तपाईंहरूलाई देशको माया कि फगत एउटा प्रदेशको या दुईचारवटा जिल्लाको ? माफ गर्नुहोला, तपार्इं आलोचनाको हकदार यसकारण पनि बन्नुभएको छ कि तपाईंलाई आजको दिनसम्म पनि मैले राष्ट्रिय नेता मानेर बसिरहेको छु । कुनै जिल्ला या क्षेत्रमा राजनीति गर्ने हो भने, तपार्इंले जति हलो अड्काउनुभयो ? एक आम लेखक भएकै आधारमा मैले यति प्रश्न गर्न सक्छु ।

नेपालमा राष्ट्रवादी हुन सजिलो छ । गौर हत्याकाण्डबाट उदाएका उपेन्द्र यादव कमसेकम तीनचारपटक राष्ट्रवादी र त्यति नै संख्यामा राष्ट्रघाती घोषित भइसकेका छन् । ओली पछिल्लो समयमा मधेसी र जनजातिलाई गाली गरेकै भरमा महान् राष्ट्रवादी कहलिएका छन् । तपार्इं पनि यस्तो कुनै हर्कत गरेर आफ्नो साख फिर्ता गराउनुहोला तर मधेसी जनता, जसलाई तपार्इंले आन्दोलन आह्वान गरेर मार्ने÷मराउने काममा संलग्न हुनुभो, उनीहरू चाहिँ खाई न पाईको राष्ट्रघाती बनेर कतिन्जेल बस्ने ?
लेखक अर्याल

तपाईंहरूले आजसम्म जेजे गर्नुभयो, त्यसको स्पष्ट उद्देश्य देखिएको छैन । जनताको अधिकार छिनिएको नाउँमा उता जनता उक्साउने र यता सत्तासँग पदको लागि सौदाबाजी गर्नेबाहेक तपाईंहरूको अर्को कुनै स्वार्थ पनि छैन । हो, मधेसलाई राज्यसत्ताले वर्षौंसम्म विभेदमा राख्यो तर तपार्इंहरूले त्यही विभेदलाई बेच्न लाग्नुभो । विभेदको नाउँमा व्यक्तिगत स्वार्थ पूरा गर्न लाग्नुभो ? तपार्इं विभेदलाई साँच्चै निर्मूल गर्न लाग्नुभएको हो भने आजसम्मको तपार्इंहरूको कामको उपलब्धि के हो ?

केही वर्षदेखि मधेसी र उत्पीडित जनताकै पक्षमा कलम चलाउँदै आएको म तपार्इंको पक्षमा बोल्दिनुपर्ने कारण हराएर आजकल चुपचाप बसिरहेको छु । हुन त यो खुलापत्रलाई तपाईं र तपाईंका केही एजेन्टहरूले मधेसविरोधी चिन्तनका रूपमा लिएर हिँड्लान् । तर मलाई लाग्छ, एउटा आम पहाडी या हिमाली नागरिकलाई मधेसविरोधी बनाएर प्रस्तुत गर्दैमा तपाईंहरूलाई कुनै फाइदा हुन्छ जस्तो लाग्दैन ।

जनताको तहमा विभेद कैयौं गुणा हटिसकेको छ, जति हटेको छैन हामीले हाम्रो कम समयमा कलमको माध्यमबाटै हटाइदिन्छौं । तर तपार्इंहरूको दिमागमा रहेको विभेदचाहिँ लामो समयसम्म रहिरहने भयो । सक्नुहुन्छ भने राष्ट्रिय राजनीतिको मूलधारमा आएर नेतृत्व गर्नुस् र राज्यसत्ताको माध्यमबाट सबै कुरा परिवर्तन गर्नुस् र देशलाई मधेसबाट चलाउनुस् । होइन भने विदेशको मुख ताक्दै जिल्ला या स्थानीय तहमा भाँडभैलो मच्चाएर देशलाई अस्थिर राख्छु भन्ने कुरा नसोच्नुहोस् ।

चुनावमा आउनुस् र हार्नै परे सम्मानपूर्वक हार्नुस् । एक्काईसौं शताब्दीको लोकतन्त्र जनताको मतको आधारमा चल्छ, दुई/चारजना सामन्तीहरूको निर्देशनमा हैन । हो, संविधानमा धेरै समस्याहरू छन् । जनताको आधारभूत हक अधिकारका प्रश्नहरू पनि सबै उल्लेख नगरिएका होलान् । तर संविधान भनेको तत्कालीन राजनीतिक शक्ति सन्तुलनका आधारमा लेखिएको सर्वस्वीकार्य उन्मुख गतिशील दस्तावेज हो । जनताकै बलमा राजनीति गर्नुहुन्छ भने यस्ता संविधान त कति आए कति गए भनेर किन सोच्नुहुन्न ? अर्को बनिहाल्छ नि तर जनताले दुईतिहाइ मत दिएको हुनुप–यो ।

राजनीतिक शक्ति सन्तुलनविनाको एकोहोरो लिँडेढिपीले देश बर्बाद नगराओस् । स्मरण रहोस्, देश रहेमात्र एक मधेस प्रदेश रहन्छ । सार्वभौमसत्ता अन्तै बुझाएर ल्याएको प्रदेश कुनै जनताको लागि पनि मान्य हुनेछैन । मधेसी जनताको लागि पनि । तपार्इंले मुढो ताक्ने, तर बन्चरोले देशको घुँडो ताक्ने खेलको अन्त्य होस् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x