मंसिर २९, २०८०
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
बाहुनले मात्रै पढ्ने र कामै नलाग्ने भाषाको रूपमा लिइने संस्कृत भाषामा अब जनजातिका छोराछोरी पनि रमाउन थालेका छन् ।
कुनै बेला नेपाली पाठ्यक्रममा अनिवार्य विषयको रूपमा समावेश गरिएको संस्कृत भाषाको पढाइमा १० वर्षे सशस्त्र द्वन्द्वताका तत्कालीन नेकपा माओवादीले अवरोध गरेको थियो । बुर्जुवा शिक्षाको संज्ञा दिँदै माओवादीले पठनपाठनमा रोक लगाएको थियो ।
आज त्यही विषय बाहुनका छोराछोरीले मात्रै होइन, आदिवासी जनजाति र थारु समुदायका बालबालिका पढिरहेका छन् ।
त्यसैमध्येका एक हुन् कैलालीको कैलारी गाउँपालिका–६ बनकट्टाकी १७ वर्षीया आरजु चौधरी । आरजु काठमाडौंस्थित दरबार हाई स्कूलमा १२ कक्षामा अध्ययनरत छिन् ।
प्राचीन भाषाको रूपमा रहेको संस्कृत भाषामै मास्टर्स गरेर भाषाको विस्तार गर्ने सपना आरजुले बुनेकी छन् ।
माघी मनाउन घर आएकी उनले भनिन्, ‘संस्कृत सबै भाषाको जननी हो । मेरो शिक्षाको आधार नै संस्कृत हो । १२ कक्षापछि शास्त्री (स्नातक) गर्ने लक्ष्य हो । त्यसपछि आचार्य (स्नाकोत्तर) सम्मको उपाधि हासिल गरी संस्कृत भाषालाई जोगाउने र विस्तार गर्ने मेरो उद्देश्य छ ।’
काठमाडौंकै गार्गी कन्या गुरुकूलबाट प्रारम्भिक शिक्षा लिएकी आरजुले ८ देखि १० कक्षासम्मको अध्ययन चितवनस्थित रामजानकी बालिका आश्रमबाट गरेकी हुन् । एसईईमा ‘ए’ प्लस ल्याएकी उनी हाल दरबार हाई स्कूलमा अध्ययनरत छिन् ।
प्राविधिकसहित हालका चलनचल्तीका विषय अध्ययन गर्नतर्फ ध्यान नजानुको कारणबारे उनले भनिन्, ‘शिक्षालाई सीमित जाति समुदायमा मात्रै सीमित गरिएको छ । कर्मकाण्डी, पूजापाठ, ज्योतिषीको कार्य सीमित जातिकाले मात्रै गर्नुपर्छ भन्ने मानसिकता छ तर अरुले गर्न सक्छन् भन्ने मेरो भनाइ हो । प्राविधिक विषय तथा अन्य विषय जत्तिकै यसमा पनि सम्भावना छ ।’
आरजुका बुवा विनोद चौधरी पनि संस्कृत भाषा शिक्षातर्फ छोरीलाई सानैदेखि हौंस्याउँदै आएका छन् । छोरीको कुरामा थप्दै विनोद भन्छन्, ‘संस्कृत आफैंमा ज्ञानको जननी हो तर यसलाई खुम्च्याउँदै लगियो । जुनकारण अहिलेको अवस्थामा पुगेको हो । छोरीले पढ्ने इच्छा गर्छ भने यही पढोस् ।’
संस्कृतमा उच्च शिक्षा आर्जन गर्ने थारु समुदायका व्यक्ति एकदमै न्यून संख्यामा अध्ययन गर्नेहरू रहेका विनोदको भनाइ छ ।
आफ्नै पहलमा थप १ बालिका पनि संस्कृत विषय अध्ययन गरिरहेकी विनोद चौधरीले बताए ।
उनका अनुसार चितवनको देवघाटमा धनगढी उपमहानगरपालिका घुइयाघाटकी वीणा र कैलारी गाउँपालिका–६ खरेट्टीकी प्रतिभा चौधरी ९ कक्षामा अध्ययनरत छन् ।
कैलारी गाउँपालिका–६ बनकट्टाकै दीक्षा चौधरी पनि देवघाटमा ८ कक्षामा अध्ययनरत छिन् ।
संस्कृत भाषा शिक्षाको क्रेज घटिसकेको अहिलेको अवस्थामा जनजाति, थारु, दलित समुदायबाट न्यून संख्यामा संस्कृत विषय लिएर उच्च शिक्षा हासिल गरेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीकी बेला चौधरी संस्कृत लिएर शास्त्री अध्ययनरत छिन् । उनी संस्कृत विषय निकै नै सभ्भावनाको विषय भएको सुनाउँछिन् ।
संस्कृत भाषामा स्नाकोत्तर गरी हाल प्रध्यापन गरिरहेका कञ्चनपुरको बेलौरी नगरपालिका–१३ शिवनगरका मोहन चौधरीले संस्कृत भाषाको क्षेत्र व्यापक रहेको बताए ।
शास्त्री उत्तीर्ण गरेका उनी २०६४ सालमा दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य (स्नाकोत्तर) उत्तीर्ण भएका हुन् । संस्कृतमा आचार्य गर्ने उनी एक्ला थारु हुन् ।
आचार्य गरेलगत्तै उनी आफू पढेकै कञ्चनपुरस्थित शारदा संस्कृत विद्यापीठ महेन्द्रनगरमा अध्यापन गराउँदै आएका छन् । विद्यापीठका उनी स्थायी उपप्राध्यापक हुन् ।
आचार्य चौधरीका अनुसार संस्कृत शिक्षाप्रति आकर्षण बढाउन सरकारले आदिवासी जनजाति, दलित समुदायका विद्यार्थीलाई प्रतिमहिना २ हजार रुपैयाँका दरले छात्रवृति दिँदै आएको छ भने बाह्मण क्षेत्री समुदायका छात्रालाई मासिक १ हजार १०० र छात्र विद्यार्थीलाई मासिक ९०० रुपैयाँ छात्रवृत्ति दिँदै आएको छ ।
संस्कृत विषय अन्तर्गतको ज्योतिष शास्त्र विषय प्रविधिसँग जोडिएपछि झनै आकर्षण बढेको आचार्य चौधरीको भनाइ छ ।
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...