असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
चितवनको टाँडीबजारमा दाजुले चप्पल किनिदिएपछि गोपाल औंधी खुशी थियो तर त्यो खुशी धेरै दिन टिक्न पाएन । कारण – ऊ पढ्न भनेर गएको थियो तर त्यहाँ पनि गोठालोमै सीमित हुनुपरेको थियो । यसभित्र लामै कहानी छ उसको ।
बुवा हरिदासले परिवार बढ्दै गएपछि गाउँमा टिक्न गाह्रो परेकाले चितवन पिठुवामा डेढ बिघा जग्गा किनेका थिए । हरिदासको विचार त ऋणधन गरी केही जग्गा जोडेर गाउँमै बस्ने थियो । आर्थिक अवस्था कमजोर भए पनि गाउँमा इज्जत राम्रै थियो, प्रायः सबै आदर गर्थे, सम्मान गर्थे ।
बाहिरफेर निस्कँदा गोडामै ढोग्ने पनि त्यत्तिकै हुन्थे । उनी पनि गाउँलाई आफ्नै ठान्थे, गाउँलेलाई आफन्त । ढुंगो चिनेको, मुढो चिनेको भन्थे गाउँमै बस्नुपर्छ भन्ने मान्यता राख्थे तर गाउँका केही धनीमानीका निम्ति भने आफन्त बन्न सकेका थिएनन् । किनकि गोपाल इज्जतजस्तै आर्थिक हैसियत पनि उकास्न चाहन्थे तर धनीमानीहरूको मान्यता गरीबले सधैं गरीब नै हुनुपर्छ भन्ने थियो । बाहिरफेर जति नै राम्रै व्यवहार देखाएको जस्तो गरे पनि व्यवहारमा कैंची चलाइरहेका हुन्थे ।
गरीबहरूसँग यसै पनि बिक्री गर्ने जग्गा थिएन । जमिन हुनेहरू धनीमानीमा पर्थे, जो एक सुर्को पनि बिक्री गर्न चाहन्नथे । चाहिए बन्धकीमा खान सक्छौ भन्थे, मारेर दिने जग्गा छैन भन्थे, तर्कन्थे । कुनै उपाय नलागेपछि केही वर्ष बन्धकीमा कमाएका पनि हुन् तर जग्गाको मूल्य बढ्दै जाने मूल धन जस्ताको तस्तै रहने भएपछि बाध्य भएर चितवनमा जग्गा किन्न पुगेका हुन् हरिदास तर भइदियो के भने जग्गाको साथमा जग्गाधनीको गाईवस्तु पनि किन्नुपर्ने अवस्था आयो उनलाई । गाईबस्तु भएपछि हेरचाह गर्ने मानिसको आवश्यकता पर्ने नै भयो । यसै निम्ति गोपाललाई दाजुले साथै लगेका रहेछन्, जुन कुरो उसले पछि मात्र थाहा पायो ।
चितवन झर्दा गोपाल पढ्न पाइने भइयो भन्ने आशले कम्ती रमाएको थिएन । यही खुशीमा ४ दिन हिँडेर चितवन पुगेको पत्तै पाएन उसले । पहिलो दिन सल्यानटार नजिक बोर्लाङघाट तरी महादेव वेशी उक्लेर बसेको थियो । दोस्रो दिन बेनी घाटसम्म पुगेको भए पनि तर्न भ्याएन । वारीपट्टी नै जोगीको कुटीमा रात बिताउनुपर्यो ।
तेस्रो दिन बेनीघाट तरी जोगीमाराको उकालो हुँदै हात्तीवाङमा बस्न पुगेको थियो । बेनीघाट तर्दाको व्यथा भने चर्कै पर्यो उसलाई । पहिलो पटक डुंगा चढेको मानिस, त्यसमाथि त्रिशूली–बुढी बेनीको भूमरी किन खपिखानुहुन्थ्यो । झण्डै सातो लिएको थिएन भूमरीले ।
चौथो दिन लटौलीको ओरालो झरी शक्तिखोरमा खाना खाएर जुटपानीमा मिलले काठ चिरेको हेर्यो । मिलले काठ चिरेको देख्दा औंधी आश्चर्य लाग्यो उसलाई । गाउँघरमा काँक्रो चिरेको देखेको थियो तर यहाँ त्यसैगरी काठका मुडा चिरिँदै थिए । यिनै आरोह–अवरोहबीच चौथो दिन साँझ पिठुवा पुगेको थियो ।
साँझ जग्गा बेच्ने म्याङ्दीतिरका दर्लामी दाइको बिदाइ कार्यक्रम रहेछ । गाउँलेहरूले रातभर नाचगान गरे । आँगनमा बसेर दाजु–भाउजुको साथमा उसले पनि हेर्यो । भोलिपल्ट बिहान उनीहरू बिदा भएर हिँडे । त्यसै दिनदेखि पुनः गोठालो जाने उसको काम शुरू भएको थियो ।
एक त नयाँ स्थान, त्यसमाथि चैत–वैशाखको तराईको गर्मीमा गाईवस्तु डुलाएर हिँड्दा कस्तो भयो होला उही जानोस् तर व्यहोर्नुबाहेक अर्को विकल्प थिएन । गाईवस्तु लिएर कहिले कयर खोलाको किनारतिर पुग्थ्यो, कहिले बेल्सी गाउँ आसपासको खेततिर । कहिले माथिल्लो पिठुवाको चौरतिर पुग्थ्यो, कहिले चैनपुरको आसपासतिर पुगिरहेको हुन्थ्यो ।
बिस्तारै दिन बित्दै गयो । असार लागेपछि कयर खोलामा आएको बाढीमा पोडी खेल्न पाउँदा गाउँ सम्झियो । पौडी खेल्दा १ दिन डुबेर झण्डै मरेको थिएन । खोला त यहाँ पनि गाउँको जस्तै थियो । खोला भनेको खोलै हो । जहाँको भए पनि आखिर हुने पानी नै हो तर ठाउँ भने नयाँ थियो । यसैका कारण खोलामा डुब्न पुगेको थियो । डुबेर धमिलो पानी कति खायो थाहा भएन । सँगैका साथीले उतारी दिएकाले जीवन बचे पनि रुघा र खोकी भने नव्यहोरी सुख पाएन ।
त्यसदिनदेखि पौडी खेल्ने आँट गरेन तर गोठालो जाने दिनचर्या भने चलि नै रह्यो । प्रत्येक दिन बिहान खाना खाई गाईवस्तु लिएर जान्थ्यो । बेलुका थाकेर आउँथ्यो र भाउजूले पकाएको मासको दाल र मकैको ढिँडो खाएर सुत्थ्यो । पिठुवामा त्यतिबेला सिँचाइको व्यवस्था थिएन । पर कयर खोलाबाट पानी ल्याउन नहर खनिएको भए पनि खोइकुन्नि किन हो पानी छाडिएको थिएन । त्यसैले त्यहाँको खाना मकैको ढिँडो नै थियो । यदाकदा मकैको पीठो भुटेर पुवा खाने पनि गरिन्थ्यो ।
गोठालो जानुबाहेक गोपालको अर्को काम थिएन । खाना पकाउने काम भाउजूले गर्थिन्, दाजु यताउता डुलेर दिन बिताउँथे । खाएको थाल समेत भाउजूले माझिदिने गर्थिन् । हो, घरमा पीठो सकिएको बेला डालामा मकै बोकेर मिलसम्म पुग्नु भने पथ्र्यो । त्यतिबेला माथिल्लो पिठुवामा भर्खरै मिल चल्न शुरू भएको थियो । पहिलो पटक देख्दा यो पनि आश्चर्यकै विषय बन्यो उसलाई । गाउँमा ढिकी, जाँतो र कोलमा हुने काम यहाँ मशिनले गरिरहेको थियो ।
बर्खे बिदापछि स्कूल खुल्यो । पिठुवामै भर्खर मिडिल स्कूल खुलेको थियो । टाढाको नाता पर्ने खनालथरी फुपूको छोरा पढाउँथे, जुन कुरा १ दिन गाई चराउन जाँदा थाहा पाएको थियो उसले । त्यतिबेला एकपटक बलै मुख फोरेर दाजुसँग स्कूल जाने जिकिर पनि नगरेको होइन तर दाजुले अर्को वर्ष विचार गरौंला भनेर टारिदिए ।
त्यसो भए घर पुर्याइदिनुस् भनेर घुर्क्याउन पनि बाँकी राखेन तर दाजुले मकै गेडी मिठाई दिएर फकाए । त्यतिबेला ५ पैसामा २० वटा मकैगेडी मिठाई पाइन्थ्यो । भुरोलाई गुलियो पाएपछि के चाहिन्थ्यो ? त्यसैमा फकिएर गोठालो जान राजी भयो । दाजु दैनिक ५ दानाजति मिठाई दिएर फकाउँथे, ऊ खुशी हुँदै गोठालो जाने गथ्र्यो ।
साउन र भदौ यसैगरी बित्यो । असोज लागेपछि घरबाट माइलो दाजु पुगे । दाजुलाई देख्ने बित्तिकै उसको आँखा रसायो । घरको न्यास्रो लागिरहेको थियो । भर्खर जन्मेको कान्छो भाइ छाडेर आएको ६ महिनाभन्दा बढी भइसकेको थियो । भाइलाई कहिले देखौं भइरहेको बेला दाजुबाट उसको खबर सुनेपछि किन बसिखानु हुन्थ्यो र ! घर लगी दिन कर गर्न थाल्यो । दाजु उसलाई लिन गएका थिए कि उतै बस्न थाहा नभए पनि उसले गरेको करका कारण उसलाई लिएर चाँडै नै घर नफर्की सुखै पाएनन् । त्यसपछि उसले चितवनलाई फुटेको आँखाले पनि नहेर्ने कसम खायो ।
घरमा आएर परिवारसँगै त्यो सालको दशैं मनायो । त्यसपछि कता लाग्यो कुन्नि अहिलेसम्म भेटेको छैन । सोधखोज गर्दैछु, खबर मिलेछ भने पक्कै सुनाउनेछु ।
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...