×

NMB BANK
NIC ASIA

सादगी हिमाल, जसले बुनेका छन् ताराखोलालाई उचाइमा पुर्‍याउने सपना

बैशाख २१, २०७९

NTC
Premier Steels

२०६१ चैत ७ गते रातीवेनी आक्रमणमा बायाँ हात र खुट्टामा गोली लागेको घाउका कारण धनबहादुर विक हिमाललाई उकालोओरालोमा हिँड्न त्यति सहज छैन । तर, पार्टीले ताराखोला गाउँपालिका अध्यक्ष पदको टिकट दिएपछि फेरि उनी एकपटक जनताको घरआँगनमा घाइते शरीर लिएर पुगिरहेका छन् ।

Muktinath Bank

प्रायः आफ्नै जन्मस्थान ताराखोलाको करिमेलामा वरिपरि देखिरहने हिमाललाई ताराखोलामा नचिन्ने कमै छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्कुले केटाकेटीहरूले पनि भन्ने गर्छन्- यो अंकलले  कपडा पनि सधैँ पुरानो लगाएर गाउँमै  बस्नुहुन्छ ।


Advertisment
Nabil box
Kumari

अधिकांश नेताहरू शहर केन्द्रित गतिविधि गरिरहँदा उनले भने गाउँ छाडेका छैनन् ।  उनको जीवनशैली एकदमै सादगी छ । 

Vianet communication

रमझम, फुर्तीफार्ती र हाटहुट गर्न कमै रुचाउने हिमाल जनताको नजरमा एक साधु जस्तै छन् । ४५ वर्ष पुग्दासमेत उनले बिहे गरेका छैनन् । जीवनको ऊर्जाशील समय राजनीतिमा सक्रिय हुँदा बिहे गर्ने फुर्सद पाएनन् रे उनले । 

नेकपा माओवादी ताराखोला गाउँपालिकाका इन्चार्ज पदम खत्री दिवस भन्छन्, 'हिमाल दाइलाई पार्टीले टिकट दिएर शहीद परिवार, घाइते तथा उत्पीडित वर्गका लागि न्याय दिलाएको छ । बागलुङ जिल्लाको माओवादी आन्दोलनमा हिमालको योगदान कसैको भन्दा कमी छैन ।' 

त्यसो त २०५० सालमा लडाकूदल सदस्य तथा  तारा गाविसको किसान संघको अध्यक्ष हुँदा र अहिले गाउँपालिका अध्यक्षको उम्मेदवार हुँदै गर्दा हिमालको जीवनमा धेरै तीतामीठा अनुभवहरू पनि  छन् । 

आफूसँगै माओवादी युद्धमा होमिएका सहयात्री प्रकाश घर्तीमगरले उनीविरुद्ध बागी उम्मेदवारी दिएका छन् । घर्ती निवर्तमान गाविस अध्यक्ष हुन् । यसपालि पार्टीले दोहोर्‍याएर टिकट नदिएपछि उनले स्वतन्त्र भएर उमेदवारी दिएका छन् । 

२०५८ सालमा तत्कालीन  संकटकालको समयमा सेनाले हिमालको घरमा बम बिस्फोट गराइदिएको थियो । त्यसक्रममा उनी पनि मारिएको हल्ला चलेको थियो । तर, उनी भाग्न सफल भएका थिए । उनको साइँला दाजुका छोरी लक्ष्मी विकसमेत युद्धमै मारिएका थिए । 

पार्टीका कार्यकर्तासँग घरदैलौ अभियान गरिरहेका हिमाल भन्छन्, 'केही सहयात्रीहरुले मलाई हराउन तिर लागे पनि ताराखोलाका जनताले मलाई नै जिताउँछन् भन्ने पूर्ण विश्वास लिएको छु । साथीहरूलाई पनि बधाई नै छ, तर योगदानमा आधारित अवसर पार्टीले दिएको हो, मैले खोज्दै हिँडेको होइन ।'

उनले पार्टीले नेता बनाउने भएकाले व्यक्तिभन्दा विचार ठूलो भएको बताए । 'अहिलेसम्म म कुनै लाभको पदमा थिइनँ, साथीहरूलाई जिताएरै पठाएको हो, अहिले टिकट नपाएको भए पनि पार्टीको निर्णयविपरीत उठ्ने थिइनँ,' उनी भन्छन् ।  

२०६२ सालमा नेपाल दलित मुक्ति मोर्चाको गण्डक क्षेत्रको संयोजक भएर  गण्डकी, धौलागिरि  र लुम्बिनी अञ्चलमा काम गरेका हिमाल अब भने आफ्नै जन्मभूमि ताराखोलामा काम गर्ने अवसर पाएका छन् । ताराखोलाको एकीकृत विकासका निम्ति उनले थुप्रै योजनाहरू डायरीमा टिपेर राखेका छन् ।

सस्तो लोकप्रियताका लागि आफूले अनावश्यक कुरा भाषणबाजी गर्ने स्वभाव नभएको भन्दै ताराखोलाका जनताको लागि के चाहिएको हो त्यो आफूलाई राम्रोसँग थाहा भएको  उनले बताए । उनी भन्छन्, 'यहाँको कृषि र पर्यटनका लागि महत्त्वपूर्ण कदम उठाउनु छ र मुख्य कुरा सडकको स्तरोन्नति गर्नुछ ।'

भ्रष्ट्राचार नगर्ने संकल्प गरिएको प्रतिबद्धता पत्रमा हिमालले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन रोजगारलगायतका योजना तथा नीति कार्यक्रममा समेटेका छन् । कृषि उपजको भण्डार, कृषि बिमालाई प्रोत्साहन गरेर र वितरणमा आफ्नो विशेष ध्यान रहेको बताएका छन् । छिमेकी जिल्ला सँगको सडक मार्ग विस्तार पनि उनको योजना रहेको छ । 

आफ्नो पार्टी नेकपा माओवादीले उठाएको मुद्दालाई स्थापित गर्ने जिम्मेवारी पनि आफूहरूकै भएको हिमाल बताउँछन् । भन्छन्, 'धेरै युद्ध जितियो, कठिन परिस्थितिमा देशैभरिका आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह पनि गरियो, अब आफ्नै जन्मभूमिमा मेरो परीक्षा चलेको छ ।'

उनले गठबन्धनसँगको सहकार्य पनि मजबुत भएकाले जित्ने अपेक्षा रहेको बताए । उनले भने, 'ताराखोलाको विकसित हुने सपना पूरा गर्नुछ । हेरौँ के-के हुन्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x