×

NMB BANK
NIC ASIA

बदलिँदो ध्रुवीकरण

सत्ता गठबन्धनमा फेरबदलको संकेत– उपेन्द्र आउट, महन्थ इन ?

जेठ २३, २०७९

NTC
Premier Steels

सत्ता गठबन्धनमा फेरबदलको संकेत देखिएको छ ।

Muktinath Bank

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिने र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा भित्रिने सम्भावना बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादवले नेतृत्व गरेको जसपालाई सरकारबाट अलग्याएर महन्थ ठाकुरले नेतृत्व गरेको लोसपालाई भित्र्याउने तयारी थालेका छन् ।


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार देउवाले लोसपालाई २ मन्त्री र उपसभामुख दिएर सरकारमा सहभागी गराउने तयारी गरेका हुन् ।

Vianet communication

जसपाका अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री देउवा यादवसँग सशंकित भएका हुन् ।

जसपाका एक सांसदले पार्टी सरकारबाट बाहिरिने स्थिति बन्दै गएको लोकान्तरलाई बताए।

'स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध दलले जसपाबाट भोट लिने काम गर्‍यो तर जसपालाई भोट दिएन,' उपेन्द्र यादवनिकट ती सांसदले लोकान्तरसँग भने, 'आगामी संसदीय निर्वाचनमा पनि कांग्रेसले जसपालाई धोका दिनसक्ने सम्भावना भएकाले हाम्रो पार्टी सरकार र गठबन्धनबाट अलग हुनुपर्छ भन्ने छलफल शुरू भएको छ ।'

स्थानीय निर्वाचनपछि जसपा अध्यक्ष यादवले लोकान्तरलाई दिएको अन्तर्वार्तामा पनि कांग्रेस नसच्चिए गठबन्धन दुर्घटनामा पर्नसक्ने बताएका थिए ।

ओलीकै शैलीमा लोसपालाई इन्ट्री गराउँदै देउवा!

लोसपालाई सरकारमा ल्याउन उनीहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री देउवा तयार भएका छन् ।

शनिवार लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेटेर मधेशको मुद्दा सम्बोधन गराउन आग्रह गरेका थिए। प्रधानमन्त्री देउवाले पनि त्यसको गृहकार्य भइरहेको जवाफ दिएका थिए ।

सरकारमा सहभागी हुनुभन्दा अगाडि लोसपाले भोलि मंगलवार प्रधानमन्त्री देउवालाई लिखित ज्ञापन दिने कार्यक्रम तय भइसकेको छ । ती मागमध्ये केही तत्काल सम्बोधन गरेपछि लोसपालाई सरकारमा जान बाटो खुल्ने आधार बन्नेछ ।

जसरी यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा साविक जसपाको महन्थ ठाकुर पक्षलाई सहभागी हुने वातावरण बनाइएको थियो, त्यसैगरी देउवा सरकारले पनि वातावरण बनाइरहेको छ ।

अध्यादेशमार्फत नागरिकता विधेयक ल्याइदिएको ओली सरकारले मधेश आन्दोलनका क्रममा मुद्दा लागेकामध्ये केहीको मुद्दा फिर्ता लिएर ठाकुर पक्षलाई सरकारमा सहभागी गराएको थियो ।

ठाकुरनिकट लोसपा कार्यकारिणी सदस्य डा. सुरेन्द्रकुमार झा पनि वर्तमान प्रधानमन्त्री देउवासँग लोसपाको सम्बन्ध सुधार हुँदै गएको बताउँछन् । लोसपाले उठाउँदै आएको माग सम्बोधन भए सरकारमा पनि सहभागी हुन सकिने उनले बताए ।

'देउवा सरकारलाई हामीले संसदमा औपचारिक रूपमा मतदान गरेर नै समर्थन गरेका थियौं। प्रधानमन्त्री देउवाले रोस्ट्रमबाट पनि हाम्रो माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो,' झाले लोकान्तरसँग भने, 'स्थानीय तहको निर्वाचनभन्दा अघि पनि हामीले ती मागबारे उहाँलाई ध्यानाकर्षण गराएपछि सरकारको तर्फबाट सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र हाम्रो पार्टीको तर्फबाट लक्ष्मणलाल कर्ण तथा सर्वेन्द्रनाथ शुक्लासहितको तीन सदस्यीय कार्यदल पनि बनेको थियो ।'

मधेश आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका झूटा मुद्दा फिर्ता लिने कार्यका लागि उक्त समितिले काम अगाडि बढाएको उनले खुलाए ।

'नागरिकता समस्या समाधन गर्न नागरिकता विधेयक संसद्मा पेश गर्न हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह गरिसकेका छौं, उहाँले पनि छिट्टै संसद्मा पेश हुने हामीलाई आश्वासन दिनुभएको छ,' उनले थपे, 'किसानहरूलाई बिउ बिजन, मलखाद छिट्टै उपलब्ध होस्, वर्षायाममा मधेशमा बाढीले धेरै ठूलो क्षति हुने हुनाले बाढी नियन्त्रण प्राधिकरण बनाउने मागमा प्रधानमन्त्रीज्यूले पनि सकारात्मक किसिमले प्रयास अगाडी बढाउनुभएको छ ।' मधेशको माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएकाले सरकारमा सहभागी हुन सक्ने सम्भावना बढेको उनले स्वीकारे ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x