×

NMB BANK
NIC ASIA

जागिर अञ्चल अस्पतालमा, काम निजी प्याथोलोजीमा [लोकान्तर खोज–५]

कात्तिक २०, २०७४

NTC
Premier Steels

जनकपुरधाम, १२ साउन – जनकपुर अञ्चल अस्पतालका प्याथोलोजी विभागका कर्मचारीहरूले निजी प्याथोलोजिहरुमा काम गरेको फेला परेको छ । अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरु झैं जागिर अस्पतालमा भएपनि काम निजी प्याथोलोजीमा उनीहरुले काम गर्छन् । अस्पतालमै काम गर्ने समय अवधिमा उनीहरुले बाहिर काम गर्ने गरेका छन् ।

अञ्चल अस्पतालको प्याथोलोजी विभागका इन्चार्ज मेडिकल ल्याव टेक्नोलोजिष्ट अरुण कुमार मल्लिक, राम विनय साह, रामसुफल यादव, राम उदगार यादव र युगल यादव ल्याव टेक्नोलोजिष्टको रुपमा निजी प्याथोलोजीहरूमा काम गर्छन् ।

त्यसैगरी मनमोहन मिश्र, अजित तिवारी र दुई जना भोलन्टियर सुन्दरकुमारी र रामउदगारलाई ल्याव असिस्टेन्टको रुपमा नियुक्त गरिएको भएपनि उनीहरुले समेत बाहिर काम गर्छन् । ती कर्मचारीहरुको काम विहान ८ बजे देखि २ बजेसम्म कार्यकाल निर्धारण गरिएको छ ।

बेलुका र रातिको सिफ्टका लागि गुनानन्द साह, सन्तोष ठाकुर, रामउदय यादव, राजिशरण ठाकुर लगायतका ल्याव टेक्निसियनहरु कार्यरत छन् । तर, अञ्चल अस्पतालको प्याथोलोजिमा काम गर्ने ती कर्मचारीहरुको तलब अञ्चल अस्पतालबाट लिने गरेको भएपनि काम भने बाहिरको निजी प्याथोलोजिहरुमा गर्ने गरेका छन् ।

विभाग प्रमुख नै हाजिर गरेर टाप हुने हुँदा अन्य कर्मचारीहरुले बाहिर काम गर्नु स्वभाविक रहेको प्याथोलोजी विभागकै एक कर्मचारीले बताए । ‘सबै सिनियर कर्मचारीहरू विहान आएर हाजिर गर्छन् र टाप कँस्छन्,’ उनले भने, ‘कलेक्सन गरिएको स्याम्पल भोलन्टियर भई काम गर्ने जुनियरहरुले परिक्षण गर्छन् । र, रिपोर्टमा हस्ताक्षर पनि ती जुनियरहरुकै हुन्छ । जुन गैरकानूनी हो ।’

विभाग प्रमुख मल्लिकको ‘मल्लिक प्याथोलोजि’, राम विनय साहको ‘विनय डायग्नोस्टिक सेन्टर’, ल्याव टेक्निशियन ओम यादवको ‘ओम प्याथोलोजि’, राम सुफल यादवको ‘पवन प्याथोलोजि’, सन्तोष ठाकुरको मेडिकल एउटा प्याथोलोजि, गुनानन्द साहको पेठिया रोडमा एउटा निजी प्याथोलोजी सञ्चालनमा छ ।

त्यसैगरी ल्याव असिस्टेन्ट वसन्त मेहताको डा. सुर्यनारायण यादवको क्लिनिक नजिक ‘मेहता ल्याव’ सञ्चालन छ । सबै कर्मचारीहरु अञ्चल अस्पतालको समयमा पनि आफ्नो निजी क्लिनिकमा बस्ने गरेका छन् ।

प्याथोलोजि विभागका प्रमुख मल्लिक विभिन्न कलेजका नर्सिङ्ग होमहरुमा समेत पढाउने काम गरिरहेका छन् । ती सबै कलेजहरुमा उनको ड्यूटि अञ्चल अस्पतालकै ड्यूटिको समयमा रहने गरेको छ ।

जनकपुर अञ्चल अस्पतालको नियम अनुसार प्याथोलोजि विभागमा काम गर्ने कर्मचारीहरुले विहानको ९ बजेदेखि दिउँसो २ बजे सम्म काम गर्नुपर्ने हो तर, त्यहाँ कार्यरत कर्मचारीहरु १० बजे आउने र हाजिरी गरेर ११ बजे बाहिरीने गरेका छन् ।

११ बजे देखि १ बजे सम्म ती कर्मचारीहरु आफ्नै लगानीमा सञ्चालन गरेका निजी प्याथोलोजिहरुमा काम गर्ने गर्छन् । एक बजे अञ्चल अस्पतालमा आएर दुई बजे फेरी बाहिरिन्छन् । यसरी दुई घण्टा पनि अञ्चल अस्पतालमा काम गर्दैनन्, प्याथोलोजिका कर्मचारीहरु । कर्मचारीहरुको गैरअनुसासनात्मक कार्य रोक्नको लागि मेडिकल सुप्रिटेन्डेन्ट डा.रामपरिक्षण यादवको कुनै चासो देखिँदैन ।

मेसु यादवको पनि आफ्नो निजी अबैध नर्सिङ होम रहेको छ । जनकपुर अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष कुमार कान्त झा भन्छन्, ‘अस्पतालको ओपिडी नै पुरा समय चल्दैन, चिकित्सकहरु नै बस्दैनन् भने प्याथोलोजिका कर्मचारी बस्ने कुरै आउँदैन । अस्पताल विकास समितिका अध्यक्ष र मेसु त्यसका लागि सबैभन्दा वढी जिम्मेवार व्यक्ति हुन ।’

अञ्चल अस्पतालमा बाहिरको तुलनामा प्याथोलोजि टेस्ट अलि सस्तो छ । प्याथोलोजिस्ट, मेडिकल टेक्नोलोजिस्ट, ल्याव निरीक्षक, ल्याव टेक्निसियन, ल्याव असिस्टेन्ट र कार्यालय सहयोगी गरी कुल १५ जना जनशक्ति कार्यरत छन् ।

उपकरण पनि पर्याप्त छ । तर पनि त्यहाँ जाँच गराउन ओपिडीमा काम गर्ने चिकित्सकहरु डायग्नोसिस लेख्दैनन् । अस्पताल स्रोतका अनुसार चिकित्सक र प्याथोलोजि दुवैको मिलेमतोमा डायग्नोसिस गर्न अञ्चल अस्पतालको ल्यावमा नपठाई कार्यरत कर्मचारीहरुका निजी प्याथोलोजिमा पठाउने गरिन्छ ।

त्यस वापत प्याथोलोजिका कर्मचारीहरुले चिकित्सकहरुलाई ५० प्रतिशत सम्म कमिशन दिने गर्छन् । जनकपुर अञ्चल अस्पताल अहिले ५ सय बेडको लागि मन्त्रालयमा प्रस्तावित छ । जनकपुरको ल्यावलाइ क्षेत्रिय ल्याव बनाइने कुरा चलिरहेको छ ।

तर अस्पतालको प्याथोलोजिबाट एउटा गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा पाइने सुविधा पनि भेटिंदैन ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x