×

NMB BANK
NIC ASIA

संसारमा अग्निदेवको देन

कात्तिक २०, २०७४

NTC
Premier Steels
वैदिक मन्त्रद्रष्टा ऋषिहरूमा अग्निदेवको पनि अति सम्मानित स्थान छ । हुन त उनलाई वेदमा ऋषिको भन्दा देवताको पंक्तिमा राखेर सम्मान गरिएका प्रसङ्गहरू बढी भेटिन्छन् । वैदिक संहिताहरूमा देवराज इन्द्रको हाराहारीमा नाम आएका कुनै देवता छन् भने अग्नि नै देखिएका छन् ।kamal rijal
ऋग्वेदमा मात्र दुईसयवटाभन्दा बढी सूक्त उनको विशेषता वर्णनमा उभिएका छन् । ऋग्वेदको शुरुवात नै उनको स्तुतिगानबाट भएको छ । ऋग्वेदको पहिलो सूक्त अहिले पनि अग्निसूक्तको नामले परिचित छ । महर्षि विश्वामित्रका जेष्ठपुत्र मधुच्छन्दा ऋषिले गाएका यस सूक्तमा कुल नौवटा मन्त्र छन् । यसबाहेक अन्य तीन वेदमा पनि अग्नि बढी नै नाम लिइने देवतामा पर्छन् । तथापि उनले आफूलाई वैदिक मन्त्रद्रष्टा ऋषिमण्डलीमा समेत उभ्याएर आफ्नो विद्वत्ता प्रदर्शन गरेका छन् । यस अर्थमा भन्नुपर्दा उनलाई ज्ञान र गुणले पूर्णतः समलङ्कृत व्यक्तित्वको रूपमा लिनुपर्ने हुन्छ ।
ऋग्वेद दशौं मण्डलको ७९ र ८० तथा १४० र १४१ औं  अग्निदेवद्वारा साक्षात्कार भएका मन्त्रहरूका सँगालो मानिन्छ । विश्वेदेवा र स्वयं अग्निकै विशेषता वर्णन भएका यी सूक्तहरूमा कुल २६ वटा मन्त्र छन् । सरसर्ती हेर्दा कतिपयलाई २६ वटा मन्त्र खासै धेरै होइनन् जस्तो लाग्न सक्छ तर यी मन्त्रहरूमा उनले जुन किसिमको विद्या, बुद्धि तथा शक्ति र सामर्थ्य प्रस्तुत गरेका छन्, तिनको भने अहिले पनि समग्र वैदिक ग्रन्थहरूले प्रशंसा गरिरहेका छन् । सात्त्विक प्रवृत्ति र सत्त्वगुणले सुसम्पन्न अग्निदेव सर्वव्यापक र सर्वगुणसम्पन्न मानिएका मात्र छैनन्, सर्वज्ञाता र सर्वोपकारक समेत मानिएका छन् । यद्यपि अग्निको सोझो अर्थ आगो हुन्छ तर उनी आफैंमा विशुद्ध आगो मात्र चाहिँ होइनन्, विश्वब्रह्माण्डको धारक र सञ्चालक पनि हुन् ।

वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार जतिबेला जहाँ आवश्यक पर्छ, त्यहींँ उपस्थित हुन पनि सक्ने र आवश्यकता अनुसार जतिबेला जस्तो नाम र रूप धारण गर्नुपर्छ, त्यस्तै नाम र रूप धारण गर्न पनि सक्ने अग्निदेवताको बाबुको नाम वरुण र आमाको नाम भूमि हो तर कतै कतै उनको बाबुलाई वायु भनेर चिनाउने काम भएको पनि पाइन्छ । ‘वायोः अग्निः’ भन्ने यस वेदवाक्यका अनुसार पनि अग्निको उत्पत्ति वायुबाट नै भएको देखिन्छ । अझ कतै कतै उनको बुवाको नाम शाण्डिल्य र आमाको नाम अरणि भनिएको पनि पाइन्छ । यसअनुसार भने उनी शृङ्गीगोत्रीय परिवारका सदस्यमा पर्छन् । जहाँ जे भनिएका भएपनि र जसले जे भनेका भएपनि उनी सर्वहितकारी र सर्वोपयोगी रहेका भने कसैको पनि विमति रहेको पाइएको छैन ।

विद्वानहरूले प्रकृतिमा तीन किसिमको शक्तिको कुरा गरेका छन् । यिनमा पृथ्वीस्थानीय शक्तिमा अग्नि, अन्तरिक्षस्थानीय शक्तिमा वायु र द्युस्थानीय शक्तिमा सूर्य रहेका छन् तर तिनको अलिकति गहिराइ खोतल्ने प्रयास गर्ने हो भने अग्निले नै यी सबैको प्रतिनिधित्व गरिरहेको प्रस्टै अनुभूत गर्न सकिन्छ । सूर्य त यसै पनि अग्निकै विस्तृत रूप हुँदै हुन् । वायुभित्र पनि जुन ऊर्जातत्त्व छ, त्यसलाई अग्निकै रूपमा लिन सकिन्छ वा लिनुपर्ने हुन्छ । संसारमा एकैसाथ अनेक किसिमको भूमिका निर्वाह गर्न सक्ने अग्निदेव वास्तवमै त्यस्ता शक्ति र सत्ताका प्रतीक हुन् जो आफैंमा अरूका उपास्यदेव पनि हुन् र अन्य देवोपासनाका छवटा मूल आधारभूत तह र क्षेत्रमध्ये एउटा आधारभूत क्षेत्र पनि हुन् । ऋग्विधान नामक वैदिक ग्रन्थमा उनीबाहेक देवोपसानाका अन्य आधारभूत तहमा सूर्य, जल, हृदय, प्रतिमा आदिको नाम उल्लेख छ ।

एकैसाथ सृष्टिप्रक्रियालाई अघि बढाउन पनि सक्ने र पछि हटाउन पनि सक्ने अग्निदेवका गति र सामर्थ्य जति चामत्कारिक देखिएको छ, उनको स्वरूप र सत्ता पनि त्यति नै विचित्रको देखिएको छ । ऋग्वेद ४ । ५८ । ३ र यजुर्वेद १७ । ९१ मा उल्लेख भएअनुसार उनका दुईवटा टाउको, चारवटा सिङ, तीनवटा खुट्टा र सातवटा हात रहेका छन् । समग्र भूमण्डलको प्रमुख तत्त्व मानिएका यी देवताका शरीरगत अन्य विशेषतामा मुख र निधार माथितिर फर्केको, बोकोमाथि चढेको (कतै भेडो पनि उल्लेख भेटिन्छ) कालो वस्त्र धारण गरेको र समग्र देवी देवता, ग्रह, नक्षत्र, वेद, वेदान्त तथा परा, पश्यन्ति, मध्यमा र वैखरी आदि वाणी एवं तिनको मूलभूत स्वरूप ओमकार लगायत समग्र विश्वब्रह्माण्डलाई आफ्नै शरीरमा धारण गर्नसक्ने आदि रहेका छन् ।

वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार अग्निदेवले एकैसाथ आफ्ना दिव्य तेजले अन्तरिक्षलोकलाई विभूषित गर्दैै आएका पनि छन् र वर्षा बादलको माध्यमबाट भूलोकलाई सम्पन्न पार्ने काम पनि गर्र्दै आएका छन् । उनका पावक, जातवेदा, हव्यवाह, सप्तार्चि, सप्तजिह्व, वैश्वानर, तनूनपात, सहसपुत्र आदि केही विशेष नाम छन् । यी नामहरू जति विशिष्ट छन् तिनका अर्थ पनि त्यति नै विशिष्ट रहेका छन् । उनको अग्नि नाम अग्रस्थानमा रहेको वा सबैको अगुवाइ गर्ने अर्थमा रहेको छ भने जातवेदा नामले सर्वव्यापकताको प्रतिनिधित्व गरिरहेका छन् । त्यस्तै अन्य नाम र तिनका अर्थ पनि त्यत्तिकै वैशिष्ट्यपूर्ण देखिन्छन् । वस्तुतः उनी दैवी तेजले युक्त पनि छन् र उनले लोकहित र लोकरक्षा सम्बन्धी दैवी कार्यलाई व्यवस्थित गर्दै आएका पनि छन् ।

सर्वव्यापक र सर्वाग्रणी अग्निदेवका इतिहास र पुराण आदि ग्रन्थहरूले पनि उत्तिकै गुणगान गर्दैै आएका छन् । रामायणका अनुसार अग्निलाई त्यस्तो सत्ता र शक्तिको रूपमा लिन सकिन्छ, जसले रामराज्य स्थापनामा विशिष्ट भूमिका निर्वाह गरेका छन् । त्यस्तै महाभारतका अनुसार कुरा गर्ने हो भने उनी धर्मसत्ताकै पहरेदार हुन पुगेका देखिन्छन् । वस्तुतः उनले अर्जुनलाई दिव्य रथ, गाण्डिव धनु र अक्षय तूणिर नदिएका भए अर्जुनको अवस्था कस्तो हुन्थ्यो, त्यो त यसै पनि यसै भन्न सकिन्न नै स्वयं कृष्णकै धर्मसंस्थापनसम्बन्धी कार्यको अवस्था कस्तो हुन्थ्यो त्यसलाई समेत बेवास्ता गर्न सकिन्न । यसबाहेक पुराणादि ग्रन्थहरूका अनुसार पनि उनका देन त्यत्तिकै समुन्नत देखिन्छ । अठार महापुराणमा अग्नि नामको पुराण उनकै नाममा आएको छ, जसमा कुल ३८३ अध्याय र १६ हजार श्लोक रहेका छन् तर कतै कतै १५ हजार मात्र उल्लेख भएको पनि पाइन्छ । यसमा अग्निदेवले वशिष्ठलाई वैदिक दर्शन र वैदिक जीवनपद्धतिको व्याख्यान दिएका छन् । यसैको आधारमा नै पुराणको नाम अग्निपुराण रहेको हो ।Agnidev

निस्सन्देह वैदिक ग्रन्थहरूमा उल्लेख भएजस्तै अग्निको अर्थ आगो पनि हो तर उनी आफैंमा विशुद्ध भौतिक अग्नि मात्र होइनन् । उनको भौतिक रूप त आगो नै हो, जसले लौकिकाग्नि, वडवाग्नि, विद्युतग्नि आदि अनेक नाममा विभक्त भएर भूलोकदेखि अन्तरिक्षलोकसम्म र द्युलोकदेखि समग्र विश्व–ब्रह्माण्डसम्म एकछत्र साम्राज्य कायम गर्दै आएका छन् । यसबाहेक उनका आध्यात्मिक र आधिदैविक जुन रूप छन्, तिनले चराचर जगतलार्ई गतिशील बनाउनेदेखि उनीहरूको आहार, विहार तथा व्यवस्थापन आदि समग्र पक्षमा समुचित ध्यान पु–याउँदै आएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x