×

NMB BANK
NIC ASIA

को बन्ला दलको नेता ?

कांग्रेस संसदीय दलको नेता चयनमा सकस : चुपचाप तयारीमा देउवा, आक्रामक गगन

मंसिर १६, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सरकारको नेतृत्व दाबी गरिरहेको नेपाली कांग्रेसमा संसदीय दलको नेताको चुनाव लागेको छ । 

Muktinath Bank

पार्टी सभापति शेरबहादुर देउवालगायत नेताहरूले चुनाव जितेका सांसदलाई फोन र सामाजिक सञ्जालबाट बधाई दिइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मतगणना अन्तिम चरणमा पुगेर जीत सुनिश्चित भएसँगै कांग्रेसका विभिन्न नेताले उम्मेदवारलाई फोन गर्ने र बधाई दिने गरेका थिए । यो क्रम अहिलेसम्म पनि चलिरहेको छ ।


Advertisment
Nabil box
Kumari

खासगरी नयाँ सरकारको नेतृत्व दाबी गरेका नेताहरूले सांसदलाई बधाई दिने र संसदीय दलको चुनावका लागि तयारी गर्ने काम गरिरहेका छन् ।

Vianet communication

औपचारिक रूपमा गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिने बताएका छन् । तर, प्रधानमन्त्रीका आकांक्षीको संख्या आधा दर्जन नाघेको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफूले बोलेका छैनन्, तर उनका मुख्य सहयोगीहरूले संसदीय दलको नेता देउवा नै हो भनिसकेका छन् । 

स्याङ्जामा मतगणना चलिरहेकाले अहिलेसम्म उपसभापति धनराज गुरुङ बोलेका छैनन् । महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शशांक कोइरालाले प्रधानमन्त्रीका लागि आकांक्षा देखाएका छन् । 

देउवाको चुपचाप तयारी

हल्ला गरेर भन्दा चुपचाप काम फत्ते गर्ने शेरबहादुर देउवाको शैली हो । दलका अन्य नेताहरूले संसदीय दलको नेताका लागि दाबी गरिरहेको समयमा देउवा मौन छन् ।

चुनाव जितेपछि पनि देउवा विजय जुलुस मनाउन गएनन्, कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रत्यक्षतर्फ पनि आफ्नो पक्षका नेताले चुनाव जितेको र समानुपातिकको बन्दसूची आफ्नो अनुकूलको रहेकाले संसदीय दलको नेतामा सुविधाजनक बहुमत ल्याउने देउवाको विश्लेषण छ ।

देउवा पक्षका एक केन्द्रीय सदस्यले संसदीय दलको नेतामा को उठ्ने भन्नेमा अन्योल नरहेको बताए । ‘कम्युनिस्ट सरकारले देशलाई दुर्घटनाउन्मुख बनाएको समयमा देउवाले संविधानलाई ट्रयाकमा ल्याएर चुनाव गराउनु भयो, पार्टीको शाख फर्काउनु भयो,’ ती नेताले भने, ‘अहिलेको अवस्थामा देउवाको विकल्प छैन ।’

अहिले सरकारको प्रवक्ता समेत रहेका देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको सरकार बन्ने र फेरि देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन् । 

ज्योतिषीको भविष्यवाणी नै सही, राजनीतिक परिस्थिति देउवालाई छैठौंपटक प्रधानमन्त्री बन्नका लागि अनुकूल बनेको छ । 

संसदीय दलको नेता फुत्काउन पार्टीभित्र भइरहेका प्रयत्नबारे देउवा पूर्णतया जानकार छन् । कुनै सीप नलागे मात्र उनले पूर्णबहादुर खड्कालाई अगाडि सार्ने निकटस्थहरू बताउँछन् । 

गठबन्धनभित्र पावर शेयरिङ गर्दा आफैँ राष्ट्रपति बन्नुपर्ने अवस्था या प्रधानमन्त्री अर्को दललाई छाड्नै पर्ने अवस्थामा मात्र संस्थापन पक्ष देउवाको विकल्प खोज्ने पक्षमा छ । 

उपसभापति खड्काले भने देउवा नै संसदीय दलको नेता बन्ने दाबी गरेका छन् ।

लोकान्तरसँगको कुराकानीमा खड्काले सत्ता गठबन्धनमा भावी प्रधानमन्त्रीको बारेमा कुनै असहमति नरहेको भन्दै देउवा नै दोहोरिने संकेत गरेका छन् ।

गगनलाई विश्वप्रकाशको समर्थनले कांग्रेसमा हलचल

संसदीय दलको नेताका लागि सबैभन्दा बढी लबिङ गरिरहेका छन्, महामन्त्री गगन थापा । 

मंसिर ४ गते मतदान गरेपछि, नतिजा सार्वजनिक भएपछि र हिजो पनि गगनले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने बताएका थिए । 

मंगलवार साँझ महामन्त्री विश्वप्रकाश शर्माले गगनको निवासमै गएर संसदीय दलको नेताका लागि अगाडि बढ्न आग्रह गरिसकेका छन् । 

महाधिवेशनमा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दर्ता गराए पनि व्यक्तिगत लोकप्रियताका आधारमा विश्वप्रकाश महामन्त्री बनेका थिए । 

कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहेको समयमा विश्वप्रकाशले गगनलाई गरेको समर्थनले हलचल पैदा गरेको छ ।

सभापति देउवाको प्यानलबाट महामन्त्रीमा लडेका प्रदीप पौडेलले पनि गगनलाई समर्थन गर्ने अड्कलबाजी भइरहेको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा गगनले शुक्रवारसम्म मतदातालाई धन्यवाद दिने काम पूरा गरेर संसदीय दलको चुनावका तयारी थाल्ने बताएका थिए । 

विगतमा रामचन्द्र पौडेल र प्रकाशमानलाई समर्थन गरेको र योपटक उनीहरूबाट आशीर्वाद पाउने विश्वासमा गगन छन् । 

पहिलो संविधानसभाको कालखण्डमा रामचन्द्र र २०७४ सालमा प्रकाशमानलाई गगनले समर्थन गरेका थिए । 

२०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट गगन महामन्त्री निर्वाचित भएका थिए । 

‘पुराना अनुहार देखाएर मतदाताले कांग्रेसलाई भोट दिन छाडे । कांग्रेसको पुनर्जीवन र देशलाई गति दिनका लागि संसदीय दलको नेतामा गगनले उम्मेदवारी दिने तयारी गर्नुभएको हो,’ उनीपक्षीय एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 

संस्थापन पक्षमै खुलेर चुनाव जितेका सांसदहरूले पनि संसदीय दलमा गगनलाई समर्थन गर्ने यो पक्षको विश्वास छ ।

गगनले संसदीय दलको नेताका लागि आक्रामक ढंगले तयारी अगाडि बढाएका छन् ।

परिस्थिति नियाल्दै शेखर, रामचन्द्रको दौडधूप 

पार्टी सभापतिमा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला पनि संसदीय दलको नेताका एक सशक्त दाबेदार हुन् । परिस्थितिको मूल्यांकन गरेर बसेका शेखरले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । 

बिहीवार मात्र विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले उम्मेदवारी घोषणाले मात्र केही नहुने भन्दै संख्या महत्त्वपूर्ण हुने बताएका थिए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग समेत कुरा गर्ने बताएका छन् ।

मोरङ– ६ बाट फराकिलो मतान्तरले चुनाव जितेका कोइराला बिहीवार मात्र काठमाडौं फर्केका छन् । 

कोइरालाले चाल्ने कदमले कांग्रेस संसदीय दलको चुनावमा निर्णायक भूमिका खेल्नेछ । गगन कुनै पनि हालतमा पछि नहट्ने अवस्थामा शेखरको उम्मेदवारीको टुंगो लागेको छैन । 

वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको तृष्णाले सताएको छ । मंसिर– ४ अघि अन्तिमपटक चुनाव जितेर एकपटक देशको नेतृत्व गर्ने रहर रहेको बताएका थिए । 

देशले टेस्ट गर्न बाँकी आफूमात्र रहेकाले प्रधानमन्त्री बनाउनुपर्ने पौडेलले बताइरहेका छन् । 

‘गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरूबीच सल्लाह हुँदैछ । म प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो,’ पौडेलले बिहीवार चितवनमा भनेका छन्, ‘सभापति र अरू साथीहरू पनि खुला हुनुहुन्छ, तर अहिलेको परिस्थितिमा देशले एकपटक नयाँ टेस्ट गर्नुपर्ने मान्छे म मात्र हो । पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरूपमा नै लिनुभएको छ । सल्लाह गरौंला भन्नुभएको छ । सल्लाह हुन्छ ।’

यसबीचमा पौडेलले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । 

नेपालले तपाईं प्रधानमन्त्रीको हकदार भनिदिएपछि पौडेल हौसिएका छन् । महामन्त्री गगन थापा र विमलेन्द्र निधिसँग कुरा गरेका पौडेलले संस्थापनइतरका नेतासँग सामूहिक छलफलको तयारी थालेका छन् । 

प्रकाशमानदेखि शशांकसम्मका अभिव्यक्ति 

लामो समय कांग्रेसमा संस्थापनइतर समूहमा सक्रिय रहेका नेता प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए । 

देउवाबाट कांग्रेस चल्न सक्दैन भनेर सबभन्दा पहिले सभापतिमा उम्मेदवारी दिएका प्रकाशमानले अन्तिम समयमा देउवालाई नै समर्थन गरेका थिए । 

सभापति जिताउन लगाएको गुन देउवाले तिर्लान् भन्ने आशा प्रकाशमानको छ । 

काठमाडौं– १ बाट चौथोपटक विजयी प्रकाशमानले पनि संसदीय दलको नेताका लागि तयारी गरिरहेका छन् । 

२०७४ सालमा देउवासँग संसदीय दलको नेतामा भिडेका प्रकाशमानले यसपटक पनि संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् । चुनाव जितेलगत्तै उनले प्रधानमन्त्रीका लागि आफू योग्य रहेको बताएका थिए । 

पूर्वी नवलपरासीबाट चौथो जित निकालेका डा. शशांक कोइरालाले पनि प्रधानमन्त्रीका लागि आफ्नो सबै योग्यता पुगेको बताएका छन् ।

चौथोपटक चुनाव जितेपछिको प्रतिक्रियामा उनले पार्टी महामन्त्री बनिसकेको, लगातार चारपटक चुनाव जितेको र पार्टीका कार्यकर्ताको विश्वास रहेका कारण संसदीय दलको नेतामा लड्ने बताएका थिए । 

पार्टी संस्थापन र संस्थापनइतर कतै पनि नखुलेका शशांकका लागि कसैले लबिङ भने गरिदिएका छैनन् । संखुवासभाबाट जितेका दीपक खड्का र दाङबाट जितेका दीपक गिरीलाई शशांकनिकट मानिन्छ । 

संसदीय दलमा आफ्नो उपस्थिति कमजोर रहेकाले शशांक उठ्ने सम्भावना झिनो मात्र रहेको कांग्रेस नेताहरू बताउँछन् ।

संसदीय दलमा पनि विद्युतीय मतदानमा डराउँदै कांग्रेस

जनताको मत बदर नहोस् र मतगणना छिटो होस् भन्नका लागि देशमा विद्युतीय मतदानको बहस भइरहेका बेला २०७० र २०७४ सालको संसदीय दलको नेताको चुनावमा विद्युतीय मशिन प्रयोग गर्ने कुरा भयो । 

आयोगका कर्मचारी आएर मशिनको बारेमा जानकारी गराए । तर, कांग्रेसले विद्युतीय मतदान स्वीकार गरेन । 

२०७० सालका संसदीय दलको चुनावमा प्रकाशमान सिंहलाई पराजित गर्दै शेरबहादुर देउवा विजयी भएका थिए । देउवाले ४४ मत पाउँदा संस्थापनइतर समूहका उम्मेदवार प्रकाशमानले १९ मत पाएका थिए । 

२०७० सालको संविधानसभा निर्वाचनपछि कांग्रेस संसदीय दलको नेतामा सुशील कोइराला विजयी भएका थिए ।

कोइरालाले १०५ मत पाउँदा देउवाले ८९ मत पाएका थिए । २०६४ सालमा भने रामचन्द्र पौडेल दलको नेता बनेका थिए । 

आकांक्षी धेरै देखिए पनि अन्तिममा दुई जनाबीच नै मुख्य प्रतिस्पर्धा हुने कांग्रेस नेताहरूको आकलन छ । 

‘संसदीय दलमा आफ्नो पक्षमा बहुमत देखिएकाले देउवा उठ्नेमा शंका रहेन,’ हालै प्रत्यक्ष चुनाव जितेका एक सांसदले लोकान्तरसँग भने, ‘जीतहार जेसुकै भए पनि गगन पनि पछि हट्ने सम्भावना देखिएन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x