पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
मंसिर २३, २०७९
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको चुनावपछि मात्र शक्ति बाँडफाँटको छलफल गर्न प्रस्ताव गरेका छन् ।
चुनावपछिको नयाँ सरकार गठनबारे विभिन्न अड्कलबाजी भइरहेको समयमा गठबन्धनमा यसबारे खास छलफल हुन नसकेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष र नेताहरूमार्फत भइरहेको संवादमा देउवाले कांग्रेस संसदीय दलको चुनावपछि पावर शेयरिङबारे छलफल गर्न प्रस्ताव गरेका हुन् । चुनावपछि प्रचण्डले देउवासँग तीनपटक छलफल गरिसकेका छन् ।
सत्ता गठबन्धनका चार दलले संयुक्त वक्तव्यमार्फत यही गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाइसकेका छन् । सोमवार बालुवाटारमा बसेको गठबन्धनको बैठकले निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदलाई समेत प्रमाणपत्र दिएपछि पावर शेयरिङको विषयमा छलफल आरम्भ गर्ने बताएका थिए ।
‘पावर शेयरिङमा अहिलेसम्म औपचारिक छलफल भएको छैन । देउवाले संसदीय दलको चुनावपछि मात्र गरौं भनेर प्रस्ताव गर्नुभएको छ,’ माओवादी स्रोतले बिहीवार लोकान्तरसँग भन्यो । संसदीय दलको नेता बन्न कांग्रेसभित्र बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
चुनाव जितेका र समानुपातिकको बन्दसूचीमा रहेका सांसदका कारण संसदीय दलको नेता निर्वाचित हुनेमा देउवा विश्वस्त छन् । प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्ने भएकाले देउवाले पहिलो मिसन संसदीय दलको नेता बन्ने बनाएका छन् ।
बधाई दिन बालुवाटार पुगेका सांसदहरूलाई उनले संसदीय दलमा सघाउन आग्रह गरिरहेका छन् ।
मंगलवार बालुवाटार पुगेका पूर्व महामन्त्री डा. शशांक कोइरालासँग देउवाले संसदीय दलको नेतामा सघाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री बन्न प्रचण्डको कसरत
संसदीय दलको चुनाव पर्खिन आग्रह गरेका देउवाले फेरि प्रधानमन्त्री बन्ने चाहना देखाए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत प्रयास छाडेका छैनन् ।
‘संसदीय दलको नेता बनेर देउवाले फेरि प्रधानमन्त्री बन्ने आकांक्षा देखाउनुभयो । सरकारको नेतृत्वका लागि हाम्रो पनि प्रयास जारी छ,’ प्रचण्डलाई भेटेका माओवादीका एक प्रभावशाली नेताले भने ।
माओवादीले तीनवटा कारण देखाउँदै कांग्रेससँग नयाँ सरकारको नेतृत्व दाबी गरेको छ । शेरबहादुर देउवालाई दुईपटक प्रधानमन्त्री बनाउन मद्दत गरेको, केपी ओलीले संसद् विघटन गरेका बेला आन्दोलनको नेतृत्व गरेको र चुनावअघि नेताहरूबीच भएको भद्र सहमति पालना गर्न भन्दै माओवादीले नयाँ सरकारको नेतृत्वमा दाबी गरिरहेको हो ।
नयाँ सरकारको नेतृत्व दाबी गरेका प्रचण्डले राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् । प्रचण्ड र नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शुक्रवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् ।
सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा सरकार गठनलगायत समसामयिक घटनाक्रमबारे छलफल भएको थियो ।
प्रचण्डले कांग्रेसका दोस्रो तहका नेताहरूसँग पनि बाक्लो छलफल गरिरहेका छन् ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँणलगायत नेतासँग प्रचण्डले छलफल गरेका छन् ।
गठबन्धनको पक्षमा बहुमत जुटाउन प्रचण्डले संसदमा ४ सीट रहेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई जेलमै पुगेर भेटेका छन् भने प्रभु साहलगायत स्वतन्त्रसँग पनि सम्पर्क बढाएका छन् ।
माओवादीभित्र संसदीय दलको नेताका लागि प्रचण्डलाई चुनौती दिने नेता फेला परेका छैनन् ।
राष्ट्रपति–प्रधानमन्त्री दुवैमा कांग्रेसको दावी
पावर शेयरिङमा ठोस छलफल शुरू नभए पनि सरकारको नेतृत्व आलोपालो गर्ने प्रस्तावसहित राष्ट्रपति पद सुरक्षित गर्न खोजेको सन्देश गठबन्धनका दललाई दिएको छ ।
पहिलो एक वर्ष या दुई वर्षपछि प्रधानमन्त्री दिने प्रतिबद्धतासहित माओवादीलाई सभामुख लिन आग्रह गर्ने कांग्रेस स्रोत बताउँछ ।
कांग्रेसमा डा. शेखर कोइरालालगायत नेताहरू राष्ट्रपति कांग्रेसले राख्नुपर्ने लबिङमा छन् ।
कोइराला लगायतका नेताहरू शेरबहादुर देउवालाई राष्ट्रपति बन्न आग्रह गर्ने योजनामा छन् ।
पढ्नुहोस्, यो पनि :
शुरूमा आफैंले नेतृत्व गरे पनि गठबन्धन बचाइराख्न केही समयपछि माओवादीलाई सरकारको नेतृत्व दिनैपर्ने कांग्रेसको बुझाइ छ । प्रधानमन्त्री लिनका लागि राष्ट्रपति माओवादीलाई दिन नहुने मत कांग्रेसमा बलियो छ ।
अहिले राष्ट्रपति माओवादीलाई दिएमा केही समयपछि प्रधानमन्त्री र राष्ट्रपति एउटै पार्टीसँग हुने र आफूहरू पावरविहीन बन्ने भयमा कांग्रेस नेताहरू देखिन्छन् ।
भावी प्रधानमन्त्रीसँगै राष्ट्रपति को बन्छ भन्नेमा कूटनीतिक वृत्त समेत सक्रिय बनेको छ ।
पहिलो कार्यकालमा माओवादीलाई सभामुख, नेकपा एसलाई उपराष्ट्रपति र साना दललाई मन्त्री दिएर गठबन्धन बनाउने कांग्रेसको प्रयास रहेको नेताहरू बताउँछन् ।
राष्ट्रपतिका लागि लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम पनि चर्चामा रहेको स्रोतहरूको दाबी छ ।
सत्ता गठबन्धनको आडमा महन्थले महोत्तरी– ३ बाट चुनाव जितेका थिए । ठाकुरलाई राष्ट्रपति बनाउन एउटा पक्षले लबिङ गरिरहेको कांग्रेस स्रोत बताउँछ ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...