×

NMB BANK
NIC ASIA

महामारी बनेको जग्गा प्लटिङ त रोकियो, अब सामुदायिक वन कसरी जोगाउने ?

कात्तिक २०, २०७४

NTC
Premier Steels

नक्कली नागरिकले नागरिकता पाएमा खोस्न मिल्छ । भ्रष्टाचारीले आर्थिक अनियमितता गरे क्षतिपूर्ति तिराउन मिल्छ । नागरिकका जायज अधिकारका कुराहरू नपाएमा आन्दोनबाट पनि प्राप्त हुन्छ ।

तर धान फल्ने खेतमा घर फलाएमा त्यहाँ पुनः धान नै फलाउने बनाउन गाह्रो छ । चुरे उक्काएर निकालिएका ढुंगा, गिटी र बालुवा जस्ता प्राकृतिक कुराहरू सखाप पारेपछि किनेर हाल्न मिल्दैन । यो यस्तै कुराहरूले मेरो मन र मष्तिस्कमा लामो समय सम्म खेल्ने गर्छन । खासगरि मैले दैनिक यात्रा गर्ने रुटका इटहरी, विराटनगर र धरान जस्ता पुर्वका शहरहरूमा आउजाउ गर्दा यो महसूस भएको हो ।

केहि बर्ष अगाडिका सडक किनारका खेतियोग्य जग्गामा असारको महिनामा किशानहरू रोपाइँ गरिरहेका हुन्थे । मंसिरमा धान थन्क्याइरहेका हुन्थे । त्यो दृष्य सडकमा गुड्ने सवारी साधनबाटै प्रस्टै देखिन्थ्यो । तर, विगतका केहि बर्षहरूबाट यस्ता धानका बालाले सुन्दर पार्ने ती खेतका गराहरूमा आज धान फलेका छैनन । कतै घर फलेका छन । कतै प्लटिङ गरेर बाँझिएका मलिला गराहरू छन । म सोच्थे– त्ती किशानी गर्नेहरू अहिले कुन पेशामा होलान ? भोलि भारतले अन्नमा नाकाबन्धी लायो भने उर्वर भुमि समेत सखाप भएपछि हाम्रो आउने पुस्ताले के खान्छ होला ?

मेरो चिन्तालाइ थप चिन्तित बनाउँन शहर भित्रका भित्रि गाउँगाउँमा समेत प्लटिङको कुरुप दृष्यहले सहयोग गरे । यस्तो तनावको समयमा म मात्रै हैन यो देशको एउटा सचेत पुस्ता नै चिन्तित छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका भुमिसुधार मन्त्रि गोपाल दहितले हालसालै लिएको एउटा ‘बोल्ड’ निर्णयले भने मेरो चिन्तालाइ आंशिक राहत दिएको छ । कृषियोग्य जमिनलाइ प्लटिङ र कित्ताकाट गरि घडेरिको रुपमा विक्रि गर्न नपाइँने निर्देशन सबै जिल्लाका मालपोत कार्यालयहरूलाइ दिइएको खबर आएको छ ।

भुमिसुधार ऐेन २०२१ बमोजिम भनिएको उक्त निर्देशनले अनुमति लिएर प्रावधान पुर्याएर प्लटिङ गरि पचास प्रतिसत विक्रि गरिएका जग्गामा भने उक्त प्रावधान तत्काल लागु नहुने समेत बताइएको छ । यो सुभ सन्देश हो । बर्षमा एक पटक भन्दा बढि कित्ताकाट गर्न नपाँइने भन्ने अर्को प्रावधानले भने कतै बर्षमा एकपटक चाहि प्लटिङ वा कित्ताकाट गर्न पाइने हो कि भन्ने आशंका पनि उब्जाएको छ । समग्रमा केहि नहुनु भन्दा केहि हुनु राम्रो हो त्यसैले भूमिसुधार मन्त्रि गोपाल दहितलाइ यो कदमको लागी बधाइ र खबरदारीसँगसँगै दिनुपर्छ ।

राज्यकोष वृद्धि र कृषि आत्मनिर्भरताको लागि राम्रो कदम

अहिले लगभग सबै शहरहरूका अग्ला घर, महँगा गाडि र सानदार जिवनशैलीका मान्छेहरूको सुक्ष्म अध्ययन गर्ने हो भने त्यसका अधिकांश सदस्यहरू जग्गा कारोबारीहरू भेटिन्छन । शहरका नवधनाड्यहरूको जमातको ठुलो हिस्सा प्लटिङवालाहरूको छ । बरु शहरको मुटुमा अपार्टमेन्ट र हाउजिङ खोल्नेहरू कम धनि होलान तर, कृषिकर्म हुँदै आएको जमिन सस्तो लिएर महँगोमा प्लटिङ गरेर बेच्नेहरू धेरै धनि छन । यो जमातले शहरमा दलाल पुँजीवादको पनि विकास गरिरहेको छ । जग्गामा किनबेच गर्ने पचास लाखमा तर राज्यलाइ तर मातपोत कार्यालयमा बिस लाखको मात्रै पास गरेको कागज बनाँउने ।

यत्तिका परिमाणको जग्गा किनबेच गरेबापत राज्यले पाँउने रकम भन्दा धेरै त कम्तिमा पाँच प्रतिसत देखी रकम असुल्ने विचौलियाहरूले लिन्छन । यसरी अनाधिकृत र अवैज्ञानिक रुपमा कृषियोग्य जमिनको खण्डिकरण बढेको छ । खण्डिकराणले प्लटिङवालाहरू मोटाएका छन । दलालहरू मोटाएका छन । तर राज्य र राज्यकोश पातलो भएको छ । बरु दलाल पुँजिवाद र नाजायज नवधनाड्यहरूको विगविगी बढाएको छ । यसरी प्लटिङ आतंक भएको समयमा सरकारी तहबाट आएको यो कृषियोग्य जमिनको प्लटिङ बन्दको कुरा दिर्घकालिन महत्वको छ । तर कार्यान्वयन पक्ष हेर्न बाँकी छ ।

कुनै बेला कृषिप्रदान देश आज प्लटिङ प्रदान भएको वर्तमान परिप्रेक्षमा यो कदमले सरकारले लिएको कृषिमा आत्मनिर्भरताको अजेण्डामा पनि महत्वपुर्ण योगदान दिनेछ । तथ्यांकले यसको पुस्टि गर्छ । जस्तै नेपालको कुल गाहस्थ उत्पादनको ३० प्रतिशत हाराहारि कृषि क्षेत्रको योगदान रहेको छ भने नेपालका ७० प्रतिशत जनताको प्रत्यक्ष रोजिरोटिको पेशा कृषि हो । तर, कृषि उत्पादनको आयातका तथ्यांकहरू हेर्दा आङ नै जिरिङ हुन स्थरका छन । सन २०१४–१५ को आर्थिक बर्षको अवधिमा मात्रै नेपालले १ खर्ब ३७ अर्बको कृषि उपजहरूको आयात गर्यो ।

भारत, चीन, बंगलादेश लगायतका विभिन्न मुलुकबाट गरिने उक्त आयात नेपालको त्यो अवधिको ७ खर्ब ८४ अर्बको १७ प्रतिसत हुन आँउछ । व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्रको यो तथ्यांकमा देखिएजस्तो ७० प्रतिसत जनताहरू कृषिमा लागेर पनि किन खर्ब बढिको कृषिजन्य आयात हुनु भनेको बढो पीडादायक तथ्य हो । अझ पीडादायक त यो छ कि यसको आयातन बढ्दो क्रममा छ । कृषिमा समेत डरलाग्दो परनिर्भरताको केहि कारणहरूमा सबैभन्दा ठुलो कारण जग्गा प्लटिङ नै हो ।

तराइका खेति हुने जग्गामा मात्रै प्लटिङ आतंक बढि भएकोले पनि यस्तो भएको हो भन्न कुनै विज्ञ नै हुनुपर्दैन । यसरी कृषिप्रदान मुलुकका कृषि उपज आयात कम गर्न, तराइको खेतियोग्य जमिनको अस्तित्व जोगाएर सरकारले लिएको कृषिमा आत्मनिर्भरताको लक्ष्य भेटाँउन पनि प्लटिङ बन्दको प्रारम्भिक खबरले धेरैलाइ खुशी तुल्याएको छ ।

ग्रामीण उद्यमशीलता बढाउने आधार

मैले त्यस्ता धेरै युवाहरू देखेको छु जसले तराइमा घडेरी किनेर अलपत्र जस्तै भएका छन । अलपत्र किनभने विदेशमा दुःख गरेर केहि लाख लिएर आयो, काठमाण्डौबाट बस चढेर आँउन नपाँउदै विभिन्न घडेरी देखाएर अचाक्लि नाफाको लोभ देखाएर प्लट किनाँउछन ।

बल्ल बल्ल घडेरी त जोकाड हुन्छ तर घर बनाँउने पैशा हुन्न । पैशा नभएपछि पुनः विदेश । विदेश बाट फेरि केहि रकम लिएर आयो अनि घर बनायो । घर बनायो, विहे गर्यो तर छोराछोरी आफ्नो घर भएको शहरमा पढाँउने आर्थिक आधार हुँदैन ।

भएको पैशा सबै घडेरी र घरमा सकिसकेको हुन्छ । यसरी विभिन्न चरणमा विदेश गएर आँउदा जवानी सकिन्छ । विदेशमा राम्रोसँग कमाएकाहरूमा त यत्ति सम्म छ । तर, एकदम औसत कमाइ गर्ने खाडि गएकाहरूमा भने घडेरी प्रथाले हैरान गरेको छ । पहाडमा बर्षभरि भात खान पुग्ने खेत र खस्ने राम्रो घर आँउने पैशाले तराइमा घडेरी किन्यो तर घर बनाउँन पैशा पुग्दैन । घडेरि बेचौन भन्दा किन्ने हुँदैनन । चोकबाट टाढा भएको जग्गा हत्तपत्त नबिक्ने हुँदा त्यस्ता युवाहरू न तराइमा सेटल हुन सक्छन । न त पाहाडमै खरखेत किनेर राम्रो जिवनयापन गर्न सक्छन ।

मात्रै सहर छेउमा घडेरी छ भन्नु बाहेक उनिहरूसँग केहि हुन्न । इटहरी, दमक र विर्तामोड जस्ता पुर्वी तराईका जिल्लामा मैले देखेको दृष्य यो हो । तेह्रथुम, भोजपुर, संखुवासभा र धनकुटा जस्ता जिल्लाकाले इटहरी अनि ताप्लेजुङ, पाँचथर र इलामकाले झापाका दमक र बिर्तामोडमा यसरी प्लटिङ पीडित भएको पाएको छु । गाउँका गन्नेमान्नेहरू माओवादी युद्धसँगै तराइमा बसेर जग्गामा लागेकाले तिनैको संगतमा यसरी युवाहरू प्लटिङका ग्राहक हुन्छन र फस्छन । हुन त घडेरी बेचेर राम्रो कमाउनेहरू पनि छन । तर निक्कै कम ।

जथाभावि तराइका कृषी जमिनमा प्लटिङ गर्ने अनि पहाडका जनताहरू खासगरि वैदेशिक रोजगारमा गएकाहरूलाइ किनाएर गर्ने अनुत्पादक कार्य छ । अनाधिकृत र कृषि जमिनमा गरिने प्लटिङको अन्त्यसँगै त्यो रकम राम्रा र उत्पादनमुलक काममा लाग्ने संभावना बढ्छ । जस्तै तेह्रथुममा घर भएको युवाले वैदेशिक रोजगारबाट कमाएको रकमले तराइको इटहरीमा घडेरी किन्दैन। किन किन्दैन भने कृषिको जमिनमा प्लटिङ नहुँदा महँगो पर्छ जुन उस्को आर्थीक अवस्थाले भ्याउदैन ।

बरु उ नयाँ घरघडेरी किन्ने चक्करमा नफसेर तेह्रथुममै केहि राम्रो क्षेत्रमा लगानी गर्न सक्छ । आफ्नौ अलाइचि खेती बढाएर व्यवशायिक हुन सक्छ । केहि गाइ, कुखुरा वा भैसी पालेर वा व्यवस्थित बस्तुपालन तथा कृषि उत्पादनमा लागेर राम्रो कमाइ गर्न सक्छ ।

सरकारले युवा लक्षित विभिन्न कृषि अनुदान र ऋण जस्ता कुराहरूले झन यस्ता कुरामा आकर्षण बढ्न सक्छ । स्थानिस सरकारमा गएको राम्रो बजेट र मध्यपहाडी राजमार्गको निर्माणले उत्पादन बजारमा पुर्याउने समस्या पनि पाहाडी क्षेत्रमा लामो हुुने छैन । यसरी प्लटिङ बन्द गरेको खण्डमा यस प्रकारका उत्पादनशिल कार्यमा निक्कै बढवा हुनसक्छ । यसले एक त युवालाइ व्यवशायिक पार्नेभयो । अर्को पहाड र तराइको जनसंख्याको बढ्दो असमान वितरण पनि क्रमशः कम हुँदै जान्छ ।

समग्रमा कृषि जमिन मासेर गरिने प्लटिङको अन्त्यसँग धेरै राम्रा कुराहरू देशका दिर्घकालिन हितमा जोडिएर आँउछन । खै पहिले पनि त गाँउ, शहर मान्छेको आउजाउ त हुन्थ्यो तर खेतै मासेर अहिलेको स्थरमा विक्रित प्लटिङ त थिएन । प्लटिङ आत्यावस्यक भन्दा व्यापारको मेलो मात्रै भएको छ ।

सेनालाइ सामुदायिक वनको जिम्मा दिएमा तस्करी रोकिन्थ्यो

जसरी रास्ट्रपति चुरे संरक्षण कार्यक्रम ल्याएर आंशिक रुपमा चुरे दोहोनको रोकथामका कामहरू सुरु भए । जसरी कृषि योग्य जमिनको प्लटिङ रोक्ने कुराले कृषिमा आत्मनिर्भरताका आधारका संभावना बढे । त्यसैगरि अब विकृत अवस्थामा रहेको नेपालको सामुदायिक वनको सुरक्षाको जिम्मा पनि नेपाली सेनालाइ दिएमा नेपालका जमिन र जंगल सुरक्षामा धेरै सुन्दर कार्यहरू हुन्थे ।

आज सामुदायिक वनका केहि ठुलाठालु, जिल्ला बन कार्यालय, संम्बन्धित क्षेत्रका प्रहरी अधिकृत र स्थानिय राजनीतिक तथा गुण्डागर्दिको संयुक्त सिन्डिकेटमा सामुदायिक वनका सग्ला र अग्ला काठको तस्करी मौलाएको छ । हेर्दा विश्वकै उत्कृष्ठ मध्येका सामुदायिक वन भन्ने कागजमा देखिएपनि यथार्थमा त्यो नभएको स्वयं उपभोक्ताहरूको गुनासो छ । वैज्ञानिक वनको नाममा झनै तस्करीले आधिकारीकता पाएको छ ।

मिडियामा बेलाबेला आँउने समाचार भन्दा डरलाग्दा तस्करिका कुराहरू सामुदायिक वनमा देखिएका छन । राष्ट्रिय निकुन्ज र बन्यजन्तु आरक्षका वन जहाँ कुनै समुदायले वनको जिम्मा लिएको हुन्न तर त्यहाँ तस्करी छैन किनभने त्यहाँ सेना छ । तर, सबै समुदायले उपभोग र संरक्षण गर्ने भनिएका थुप्रै वन क्षेत्रमा तस्करी मौलाएको मात्रै छैन वनको अस्तित्वनै संकटमा परको संकेत देखिन्छ ।

त्यसैले अहिले समुदायले सामुदायिक वन अन्तर्गत पाइरहेका अधिकाहरूको प्रत्याभूति दिलाएर बाँकि सुरक्षा सेनाले गर्नुपर्छ । सामुदायिक वनको सुरक्षामा नेपाली सेना छिर्नासाथ वनलाइ सिण्डिकेटले सिध्याउन लागेका तस्कर, वन कार्यालयका गलत मानसिकता भएका अधिकारी, प्रहरी अधिकृत र स्थानिय उद्यत्त स्थानिय ठुलाठालुहरू आँफै वनबाट निस्किनेछन ।

जंगल क्षेत्र, चुरे क्षेत्र र खेतियोग्य जमिन जसरी पनि जोगाउनै पर्छ । अहिलेलाइ तत्काल सरकारबाटै निर्देश भएको कृषियोग्य जमिनको खण्डिकरण गरेर गरिने प्लटिङ झनै चाँडो बन्द हुनुपर्छ । किनभने मैले सुरुमै भनेको छु ः नक्कली नागरिकले नागरिकता पाएमा खोस्न मिल्छ । भ्रष्ट्राचारिले आर्थिक भ्रष्ट्राचार गरे क्षतिपुर्ति तिराउँन मिल्छ । नागरिकका जायज अधिकारका कुराहरू नपाएमा आन्दोनबाट पनि प्राप्त हुन्छ । तर, धान फल्ने खेतमा घर फलाएमा त्यो पुनः धान नै फलाँउने बनाउन गाह्रो छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x