×

NMB BANK
NIC ASIA

समाजहितमा सप्तऋषिको योगदान

कात्तिक २०, २०७४

NTC
Premier Steels
वैदिक ऋषिमुनिहरूमा सप्तऋषिको विशेष स्थान छ । सप्तऋषिमा कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, यमदग्नि, गौतम र वशिष्ठ गरी सात पर्छन् । त्यसो त कतै कतै सप्तऋषिमा मरिचि, अत्रि, अङ्गिरा, पुलह, पुलस्त्य, क्रतु र वशिष्ठको उल्लेख भएको पनि पाइन्छ तर भागवतमा व्यासजीले वर्तमान मन्वन्तरका सप्तऋषिमा यिनै कश्यपादि सात ऋषिको नाम टिपाएका छन् ।kamal rijal
यीमध्ये अत्रि, भरद्वाज, विश्वामित्र र वशिष्ठ आदि ऋग्वेदको एकएक मण्डलकै द्रष्टा मानिएका छन् । उनीहरूलाई समाधिदशामा रहेका बेला यी मण्डलभित्रका सूक्त तथा मन्त्रहरू साक्षात्कार भएका हुन् । बाँकी कश्यप, गौतम र यमदग्निको छुट्टै मण्डल नभएपनि केही सूक्त उनीहरूद्वारा साक्षात्कार भएको भेटिएका छन् । यसबाहेक केही सूक्त सप्तऋषिहरूद्वारा संयुक्त रूपमा देखिएका पनि पाइएका छन् । साथसाथै उनीहरूको इतिहास र पुराण आदि ग्रन्थहरूमा समेत उत्तिकै सम्मानित स्थान सुरक्षित छन् ।

खासगरी ऋग्वेद नवौं मण्डलको १०७ औं सूक्त र दशौं मण्डलको १३७ औं सूक्त यिनै सप्तऋषिहरूद्वारा संयुक्त रूपमा साक्षात्कार भएका सूक्त हुन् । क्रमशः पवमान सोम र विश्वेदेवाको प्रशस्तिमा गाइएका यी सूक्तमा कुल ३३ मन्त्र छन् । यी मन्त्रहरूमार्फत उनीहरूले जुन तर्क र दृष्टिकोण प्रस्तुत गरेका छन् त्यसभित्र सूत्रात्मक रूपमा समग्र वैदिक दर्शनका विशेषता छिपेका पाइन्छन् । यसभित्र उनीहरूले मानवीय बुद्धि, विवेक र क्षमतालाई सङ्केत गरेका मात्र छैनन्, समग्र विश्वब्रह्माण्डको उत्पत्ति, विकास, विस्तार तथा विशेषता आदि यावत् पक्षलाई केलाउने प्रयास समेत गरेका छन् । उनीहरू वैदिक दर्शनको विशेषता केलाउने क्रममा आध्यात्मिक ज्ञानको क्षेत्रमा जति माथि देखिएका छन्, भौतिक विज्ञानको क्षेत्रमा पनि उत्तिकै शिखरमा देखिएका छन् । उदाहरणका लागि ऋग्वेद ९ । १०७ । २४ र १० । १३७ । १ एवं १० । १३६ । ६ लाई नै लिन सकिन्छ । यी मन्त्रहरूमा उनीहरूले आकाश र पृथ्वीको विशेषता केलाउने प्रयास त यसै पनि गरेकै छन् यसबाहेक तिनका प्रयोगमा पु–याउनुपर्ने बुद्धि, विवेक र अपनाउनुपर्ने सतर्कतातर्फ सङ्केत गर्न पनि छाडेका छैनन् ।Jeevan Darshan

वस्तुतः सप्तऋषिहरूको जन्म प्रकरणलाई नै ज्ञान र विज्ञानको त्यस्तो कडीको रूपमा लिन सकिन्छ, जसले समग्र संसारको स्वरूप, सामर्थ्य, स्थिति र विशेषता बताउने काम गरिरहेको छ । जस्तो, ऋग्वेद १० । २७ । १५ का अनुसार उनीहरूको उत्पत्ति प्रजापतिको नाभीबाट भएको छ । अब यहाँनेर बुझ्नुपर्ने के हो भने नाभी भनेकै के हो ? सबैलाई थाहा भएकै कुरा हो, नाभी भनेको केन्द्र हो । यदि नाभी भनेको केन्द्रै हो भने यसैबाट अनुमान लगाउन सकिन्छ कि प्रजापतिले उनीहरूलाई विश्वब्रह्माण्डको केन्द्रभाग बनाएर वा केन्द्रविन्दु मानेर जन्माएका थिए । यसै मन्त्रको उत्तरार्धमा उनीहरूले उत्पन्न हुनासाथ द्युलोकबाट आफ्नो उत्पन्न क्षेत्रलाई बढाएका थिए भन्ने जुन प्रसङ्ग आएको छ त्यसलाई पनि यसैको सेरोफेरोमा राखेर हेर्न सकिन्छ । त्यति मात्र होइन ऋग्वेद १० । ८२ । २ का अनुसार त उनीहरू विश्वब्रह्माण्डको धारक मात्र होइन तिनका उत्पत्तिकर्ता समेत मानिएका छन् ।

ऋग्वेद १ । २४ । १० का अनुसार सप्तर्षि ताराको रूपमा नक्षत्रमण्डलमा रहेर संसारको गतिविधि निहाल्दै आएका यी महर्षिले द्यावा, भूमि सर्वत्र एकैसाथ दैवी प्रशासनको व्यवस्था मिलाउँदै आएका छन् । यसैका लागि उनीहरू कहिले सौरमण्डल र स्वयं सूर्यकै पनि गतिविधि र विशेषता व्यवस्थापन गर्न पुगिरहेका देखिन्छन् (ऋग्वेद १० । ६४ । ५) भने कहिले सोमको साथमा बसेर चन्द्रमा लगायत समग्र ग्रह तथा नक्षत्रका गतिविधि व्यवस्थापनमा सहयोग पु¥याउने काम गरिरहेका अवस्थामा फेला पर्छन् । (ऐ. ऐ. ९ । ९२ । २) वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार परम योगी, ज्ञानी, ध्यानी र तपस्वी मानिएका यी महर्षिहरूले एकैछिन मात्र आफ्नो कामबाट फुर्सद लिने हो भने सारा संसारको गतिविधि चौपट हुन पुग्छ । न सूर्य चम्कन्छन् न नक्षत्रमण्डलकै गति व्यवस्थापन हुनसक्छ । समग्रमा भन्नुपर्दा हावा, पानी, माटो तथा आगोलगायत सबै किसिमका प्राकृतिक शक्तिकै गति अवरुद्ध हुन पुगी समग्र संसार जडवत् स्थिर हुन पुग्छ ।

ऋग्वेद ४ । ४२ । ८ मा उल्लेख भएअनुसार परम दयालु र परोपकारी समेत देखिएका यी महर्षिहरू लौकिक प्रशासनमा समेत उत्तिकै कुशल देखिएका छन् । एकपटक उनीहरूले तत्कालीन सम्राट् दुर्गहका छोरा पुरुकुत्सलाई शत्रुहरूले बन्दी बनाई बेपत्ता पारेका बेला पृथ्वीको प्रशासन गरेका छन् । यतिबेला उनीहरूले जुन किसिमको प्रशासनिक कला, कौशल प्रस्तुत गरेका छन् आज सारा विश्वसमाज त्यसैको वरिपरि घुमिरहेका छन् । यसबाहेक त्यतिबेला उनीहरूले बौद्धिक चातुर्यद्वारा इन्द्र र वरुणलाई सन्तुष्ट पारी जसरी पुरुकुत्सका पत्नीबाट त्रदद्दस्यु नामक पुत्रोत्पादन गराएका थिए त्यसप्रति सारा मानवसमाज चिरऋणी नै छ भन्नुपर्छ । सबैलाई थाहा भएकै कुरा हो सन्तानोत्पादनका लागि आमाको जत्तिकै बुवाको पनि उपस्थिति अनिवार्य हुन्छ । आधुनिक विज्ञानले सन्तानोत्पादनमा जति नै विकल्प दिन थालेको भएपनि बाबुको वीर्यको विकल्प भने दिन सकेको छैन तर महर्षि सप्तऋषिको विज्ञानमा त्यो समेत सम्भव देखिएको छ ।

ऋग्वेद १० । १०९ । ४ का अनुसार महान् तपस्वी, ज्ञानी, गुणी, वीतरागी, आदि गुणका खानी मानिएका यी महर्षिहरूले समाधिको अवस्थामा वैदिक ज्ञान र विज्ञानलाई साक्षात्कार गर्ने काम मात्र गरेका छैनन् ऐ. ऐ. १० । १३० । ७ का अनुसार परा, पश्यन्ति, मध्यमा र वैखरी आदि वाणी तथा तिनका मूलभूतरूप ओमकार समेत देख्ने र प्रयोगमा ल्याउने काम समेत गरेका छन् । त्यति मात्र होइन यज्ञ र अनुष्ठानका समेत विशेष पारखी मानिएका यी महर्षिहरू त्याग, तपस्या र परोपकारको समेत पर्याय मानिएका छन् । पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार एकपटक उनीहरू पृथ्वी भ्रमणमा निस्केका थिए । त्यतिबेला पृथ्वीमा भयङ्कर अनिकाल थियो । यसैका कारण उनीहरूले कयौं दिनसम्म भोकै बस्नुपरेको थियो । डुल्दै जाँदा एकदिन राजा वृषादर्वीको दरबारमा पुगे । राजाको दरबारको पनि अवस्था ूत्यस्तै थियो । तैपनि राजाले कनीकुथी केही जुटाएर उनीहरूको स्वागत गर्न चाहेका थिए तर उनीहरू बरू भोकै फर्कन मञ्जुर भए तैपनि त्यसलाई स्वीकार गर्न सकेनन् । राजाले निकै कर गर्दा उनीहरूले सम्झाउँदै भनेका थिए– ‘राजन् ! यतिबेला यी चीज हामीलाई भन्दा यी भोका जनतालाई बढी आवश्यक छ । हामी त योगी हौं केही खान नपाएपनि बाँचेकै छौंं तर यी सामान्य मानिस एकैक्षण मात्र खान पाएनन् भने पनि फत्र्याक फत्र्याक पर्छन् ।’

सम्प्रति यस्ता ज्ञानी, गुणी र अद्वितीय प्रतिभाका धनी महर्षि सप्तऋषिहरूका भौतिक शरीर त हामीले देखेका छैनौं तर उनीहरूको आध्यात्मिक रूपले भने सप्तऋषि ताराको रूपमा रहेर अहिले पनि समग्र विश्वब्रह्माण्डको प्रशासनिक गतिविधिमा निगरानी राख्दै आएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x