×

NMB BANK
NIC ASIA

उद्यम

हिराबहादुर घर्ती : जसले कर्णालीमा व्यावसायिक रूपमा भित्र्याए ड्रागन फ्रुट

माघ १४, २०७९

NTC
Premier Steels

सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ गुमीका हिराबहादुर घर्ती स्वास्थ्य सहायक (एचए) हुन् । गोर्खा वेयलफेयर ट्रस्टमा झण्डै ११ वर्ष काम गरे उनले ।

Muktinath Bank

ट्रस्टमा उनको आकर्षक तलब थियो । पत्नी बिन्दु लामिछाने रोजगारीका सिलसिलामा संयुक्त राज्य अमेरिकामा छिन् । उनलाई पनि अमेरिका आउन दबाब छ । एक किसिमले उनलाई नपुग्दो केही छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७ समुन्द्रपारि अर्काको देशमा जानुको साटो उनी गुमीस्थित पुर्ख्यौली जग्गामा ड्रागन फ्रुटको व्यावसायिक खेतीमा रमाएका छन् । 


Advertisment
Nabil box
Kumari

हिराले व्यवसाय गर्नुअघि सुर्खेतमा यसको छिटपुट खेती हुने गरेको थियो तर हिराले व्यावसायिक रूपले खेती थाले । यसले गर्दा कर्णालीमै ड्रागन फ्रुटको व्यावसायिक खेती गर्ने जस उनैलाई जान्छ । त्यसो त कर्णालीमा ड्रागन फ्रुट बालीका लागि हावापानीका दृष्टिले सुर्खेत जिल्ला नै उपयुक्त हो । तराई र भित्री मधेशको हावापानी, माटो उपयुक्त मानिन्छ । उनकै पे्ररणाका कारण सुर्खेत उपत्यकामा पनि अहिले यो खेतीको लहर चलेको छ । जग्गा भाडामा लिँदै ड्रागन खेती गर्नेहरूको संख्या थपिन थालेको छ । 

Vianet communication

सन् २०२० मा कोरोना भाइरस विरुद्धको लकडाउन थियो । हिराबहादुर घरमै बसेर दिन कटाउँथे । वीरेन्द्रनगरको खजुरास्थित घरमै बसेर यूट्युब भिडियोहरू हेर्ने गर्दथे । मोबाइल चलाइरहेका बेला एकदिन ड्रागन फ्रुट व्यवसाय सम्बन्धी कसैले बनाइरहेको भिडियोमाथि उनको नजर पर्‍यो । 

उनले दोहोर्‍याइतेहर्‍याई भिडियो हेरे । त्यतिबेलासम्म उनले यसको स्वाद चाखेका थिएनन् । खेती लगाउने तरिकादेखि यसले स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे यूट्युबबाटै ज्ञान हासिल गरे उनले । ‘भोलिपल्ट, पर्सिपल्ट यससम्बन्धी विभिन्न भिडियो र गूगल सर्च गर्दै अध्ययन बढाउन थालें,’ हिराबहादुर भन्छन्, ‘सबै बुझेपछि गाउँमा रहेको पुर्ख्यौली जग्गामा किन खेती नगर्ने भन्ने सोच पलायो ।’

लकडाउनकै बीचमा उनले गाउँको बाँझो जग्गामा ड्रागन खेती गर्ने योजना अघि बढाएका थिए ।

हिराबहादुरले नेपालमै पहिलोपटक कंक्रिटको रिङ राखेर खेती गर्न शुरू गरे । उनीभन्दा अघि व्यवसाय गर्नेले टायरको रिङ राख्दै आएका थिए । धेरैले अहिले पनि टायरकै रिङ राखेको पाइन्छ । हिराले १३ रोपनी जग्गामा १ करोड १५ लाख रुपैयाँ खर्चिसकेका छन् । 

गुमीस्थित उनको फर्म ड्रागन फ्रुट बालीको स्रोत केन्द्रको रूपमा विकास भएको छ । फल, बेर्ना बेच्नुका साथै फूलबाट चियापत्ति र कलिलो मुनालाई तरकारीको रूपमा प्रयोग गर्दै आएका छन् । कलिलो मुना स्थानीय बजारमा बिक्री हुने गरेको छ । सुकेको फूलको पत्ताबाट स्वादिष्ट चिया तयार हुन्छ । भिटामिन सी प्रचुर मात्रामा पाइने हुँदा घाउ निको पार्न उपयोगी मानिने हिरा बताउँछन् ।

हिराको फर्मको नाम कर्णाली ड्रागन फ्रुट हो । यसबाटै उनले प्याकेजिङ, लेबलिङ लगायतका काम ब्रान्डिङ गर्दै आएका छन् । पूर्वी सुर्खेतमा फैलिँदो बजार छ । बजारको समस्या छैन उनलाई । खेती शुरू गरेको ९ महिनामै फल लाग्न थालिसकेको थियो । रातो ड्रागन फ्रुट प्रतिकिलोग्राम ८०० रुपैयाँ मूल्यमा स्थानीय बजारमा खपत हुँदै आएको छ । उनका अनुसार गत आवमा ६ क्वीन्टल, चालू आवमा १५ क्वीन्टल उत्पादन भइसकेको छ । ड्रागन फ्रुट उत्पादक तथा व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका हिराबहादुरले स्वास्थ्यका दृष्टिले यो निकै लाभदायक भएको बताए । ‘मधुमेह रोगबाट बचाउँछ, रगतमा चिनीको मात्रा सन्तुलन गर्छ, क्यान्सरको जोखिम घटाउनुका साथै पाचन प्रक्रिया सुधार गर्छ,’ उनी भन्छन्, ‘ड्रागनमा उच्च पौष्टिक तत्व हुने हुँदा स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ ।’

एकपटक लगानी गरेपछि कृषकले नियमित रूपमा आम्दानी लिइरहन सक्छन् । हिरा भन्छन्, ‘लगाएको वर्षदेखि २५ वर्षसम्म उत्पादन दिन्छ, एकदम छिटो बढ्ने बहुवर्षीय बाली भएकाले पछिल्ला केही वर्षयता युवा, कृषकहरू यसप्रति आकर्षित छन् ।’ उनलाई उतिबेला जागिर छाडेर पागल भयो भन्नेहरू कतिले उनकै फर्ममा रोजगारी गर्दै दिनचर्या गुजारेका छन् भने कतिपय उनले फलाएको फलको स्वादमा भुलेका छन् ।

‘शुरूमा मलाई निकैले गाली गरे, के गरेको यस्तो पनि भन्न भ्याए,’ उनी भन्छन्, ‘अहिले मेरो फर्म देखेर तिनै मान्छे चकित छन्, खेती गर्ने योजनामा पुगिसकेका छन् ।’

ड्रागन फ्रुट नेपालमा एक उदीयमान फलको रूपमा रहेको छ । सिउडी प्रजातिको यो फललाई ‘रातकी रानी’ पनि भनिन्छ । राति फुल्ने र उज्यालो नहुँदै ओइलाउने हुँदा यसलाई ‘रातको रानी’ भनिएको हो । कर्णालीमा प्रदेशमा उच्च पहाडी र हिमाली जिल्लामा हावापानीका दृष्टिले यसको सम्भावना छैन । सल्यानमा १ जनाले खेती शुरू गरेका छन् । त्यसैले उनी पनि सुर्खेतका भित्री मधेश, चुरे क्षेत्रमा यसको विस्तार गर्ने अभियानमा जुटेका छन् । उनकै प्रयासमा होस्टेमा हैंसे गर्दै सुर्खेतका १३ जना कृषकले ड्रागन फ्रुट व्यवसाय शुरू गरेका छन् र ती सबैलाई संगठित गर्दै व्यावसायिक रूपले खेती गर्न सिकाउँदैछन् हिराबहादुर । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x