×

NMB BANK
NIC ASIA

सल्यानी खुकुरी

राजनीति छाडेर पुर्ख्यौली पेशामा ख्याति कमाएका जनयुद्धका कमाण्डर ‘इतिहास’

माघ २८, २०७९

NTC
Premier Steels

नेपालमा खुकुरीका लागि प्रख्यात २ जिल्ला हुन्, भोजपुर र सल्यान । पर्याप्त प्रचारप्रसारका कारण भोजपुरी खुकुरीको चर्चा धेरै हुने गर्छ तर गुणस्तर प्रदर्शन र ब्रान्डिङमा सल्यानी खुकुरी पनि भोजपुरीभन्दा कम छैन ।

Muktinath Bank

सल्यानी खुकुरीप्रति तत्कालीन राजादेखि अहिलेका शीर्ष नेतासम्म लोभिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन राजा महेन्द्रले २०१७ सालतिर सल्यान भ्रमणका क्रममा शितलपाटी श्रीनगरमा स्थानीय खुकुरी निर्माताहरूसँग गफगाफ गरेका थिए । काठमाडौं फर्कंदा उनले १२ थान खुकुरीले लगेका थिए । त्यसपछि सल्यानी खुकुरीले काठमाडौंमा थप चर्चा पायो ।


Advertisment
Nabil box
Kumari

पुर्ख्यौली सीप–कलालाई आधुनिकीकरण गर्दै सल्यानी खुकुरीलाई ब्रान्डिङ गरिरहेका छन्, सल्यानको शारदा नगरपालिका–१५ स्यानीखालका ईन्द्रबहादुर थापा विश्वकर्मा ।

Vianet communication

उनको एकल लगानीमा सञ्चालित इतिहास, कृषि आरन तथा खुकुरी उद्योगले ‘सल्यान’ नामक ब्राण्ड दिएर उत्पादन, बजारीकरण र प्रर्वद्धन गर्दै आएको छ । फिनिसिङ राम्रो, वीर काँजा मिलेको, स्वधार, डिजाइन, पाइन हाल्ने तरिकाका कारण सल्यानी खुकुरी अन्यत्रभन्दा पृथक र उच्च गुणस्तरको देखिन्छ ।

सल्यान श्रीनगरमा २०६७ असारदेखि सञ्चालित उद्योगमा अहिले उनको १० लाख बराबरको लगानी छ । उनी गाडीको पट्टाबाट खुकुरी बनाउँछन्, गिठा, सिमलका साथै मखमली कपडाबाट दाप बनाउँछन् । उनले साना–ठूला सबै प्रकारका खुकुरी बनाउने गरेका छन् ।

घरमा बुवा–बाजेले आरनको काम गरेको देखेर खुकुरी बनाउन सिकेको ईन्द्रबहादुर बताउँछन् । ‘मैले जिन्दगीमा धेरै उतारचढाव भोगें, शरीरभरी बारुदका छर्रा व्यहोरें, अन्त्यमा आफ्नै पूर्खाले अँगालेको पेशालाई निरन्तरता दिने निर्णयमा पुगेको छु,’ उनी भन्छन्, ‘राजनीतिको साटो उद्यमलाई अघि बढाउने सोचका साथ अघि बढेको छु, खुकुरीलाई व्यापक गराउँछु ।’ खुकुरी व्यवसायबाटै उनको परिवारको खर्च चल्दै आएको छ ।

ईन्द्रबहादुरले ३२५ इन्चदेखि माथिको माग अनुसारको खुकुरी निर्माण गर्दै आएका छन् । १० दिन लगाएर बनाएको खुकुरी २८ हजार रुपैयाँमा बिक्री गरेको अनुभव उनले सुनाए । सुर्खेतमा आयोजित घरेलु तथा कृषि महोत्सवमा उनले ९ किलोग्रामसम्मका खुकुरी प्रदर्शनीमा राखेका छन् । उनको व्यवसायलाई प्रवद्र्धन गर्न जिल्ला घरेलु तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले निःशुल्क स्टलको व्यवस्थापन गरेको छ ।

अब २० किलोग्रामको खुकुरी बनाउने उनले बताए । ‘२० केजीको खुकुरी बनाउने शोख छ, पट्टाको खोजीमा छु, गाडीको पट्टाबाहेक अरु फलामबाट खुकुरी बनाउँदिनँ,’ उनी भन्छन् । सरिया वा अन्य फलामबाट निर्मित खुकुरी बलियो र राम्रो गुणस्तरको नहुने उनले बताए ।

सल्यानमा खुकुरी व्यवसाय सम्बन्धी ७ उद्योग छन् । ती उद्योगलाई जिल्ला घरेलु कार्यालयले तताउने पंखा, वफ मशिन, गे्रडर, कटिङ मशिन, जेनेरेटर लगायतका आधुनिक उपकरण सहयोग गर्दै आएको छ । ईन्द्रबहादुरलाई पत्नी महिन्द्री थापा विश्वकर्माले पनि खुकुरी बनाउन सहयोग गर्दै आएकी छन् । महिन्द्राले पनि खुकुरी निर्माण गर्न जानेकी छन् ।

उद्योगमा परिवारबाहेक २ जनाले रोजगारी पाएका छन् । कोइलाको अभावले गर्दा उद्योग सञ्चालनमा समस्या आउने गरेको उनी बताउँछन् । ईन्द्रबहादुरका अनुसार रुख कटानमा कडाइ भएपछि कोइला पाउन मुस्किल छ । उनी भन्छन्, ‘आँखिर घरेलु हाते औजार हो, पूर्खाहरूले यसैबाट देश बचाउने काम गरे, नालापानीको लडाइँमा नेपालीले खुकुरीकै सहायताले बहादुरी प्रदर्शन गरे ।’

सल्यानी खुकुरीलाई जिल्ला भित्रिने आगन्तुकदेखि कार्यालय प्रमुखलाई मायाको चिनो, उपहार स्वरूप दिने गरिन्छ । अधिकांशले काठमाडौं, पोखरादेखि अमेरिकासम्म सल्यानी खुकुरी नासोका रूपमा लैजाने गर्छन् । जिल्लामा आएका बेला पूर्व प्रधानमन्त्री झलनाथ खनाल, तत्कालीन उद्योगमन्त्रीहरू मात्रिकाप्रसाद यादव र कर्णबहादुर थापाले ईन्द्रबहादुरको सीपको प्रशंसा गर्दै उपहारस्वरूप खुकुरी लिएका थिए । 

ईन्द्रबहादुर २०७४ सालमा काठमाडौंको भृकुटीमण्डपको राष्ट्रिय प्रदर्शनीमा घरेलु विधामा प्रथम भएका थिए । त्यहाँ उनले १० हजार पुरस्कार राशीसहित प्रमाणपत्र पाए । उनले जिल्लास्तरमा थुपै्र सम्मान र पुरस्कार पाइसकेका छन् । स्थानीयदेखि राष्ट्रियस्तरसम्मका प्रदर्शनीमा दर्जनौं सम्मान पाइसकेका छन् । उनी तालिम दिँदै सल्यानका विभिन्न गाउँबस्तीदेखि पोखरा, तनहुँसम्म पुगेका छन् ।

‘ज्ञान, सीप बाँड्न खुशी लाग्छ, जुम्लामा तालिमका लागि खबर आएको छ, चैत महिनामा जाने तयारी गरेको छु,’ उनी भन्छन्, ‘खुकुरीको माग धेरै छ, तालिमका लागि पनि उस्तै बोलावट हुन्छ, गत वर्ष पोखराबाट एकैपटक १ हजार थान खुकुरीको माग आयो, तयार गर्नै मुस्किल भयो, अर्डरजति उत्पादन गर्न सकिएन ।’

प्रदेश सरकार र स्थानीय तहले पुर्ख्यौली ज्ञान, कला र सीपलाई प्रवद्र्धन गर्न सहयोग गर्नुपर्ने उनको माग छ । सुर्खेत महोत्सवमा पनि खुकुरीको बिक्री सोचेभन्दा राम्रो भएको उनी बताउँछन् । एउटा खुकुरीलाई उनले २ हजारदेखि १० हजार रुपैयाँसम्ममा बेचेका छन् । 

जनयुद्धका कमरेड ‘इतिहास’ व्यवसायमा

ईन्द्रबहादुरको परिवार राजनीतिक रूपले एमालेमा संगठित थियो । आमा एमालेको वडा सदस्य, दाइ २०५४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए । एमालेको राजनीतिमा लागेका कारण उनको परिवार तत्कालीन सशस्त्र विद्रोही माओवादीको निसानामा पर्‍यो ।

बुवा पनि विस्थापित भए । ७ वर्षीय भाइ इकबहादुर विश्वकर्मालाई माओवादीले कुटपिट गरे, दाँत भाँच्चियो । ईन्द्रबहादुरलाई श्रम कैदमा हाले । अन्ततः बाध्य भएर २०५५ सालमा उनी पनि माओवादीमा होमिए ।

‘माओवादी प्रवेशसँगै जनमुक्ति सेनामा काम गर्न थालें, बटालियन कमाण्डरसम्म भएँ,’ उनी भन्छन्, ‘त्यतिबेला जनार्दन शर्मा जनमुक्ति सेनाको कमिसार हुनुहुन्थ्यो, उहाँले नै मेरो नाम ‘इतिहास’ राख्नुभयो ।’ जनमुक्ति सेना र माओवादीमा ‘इतिहास’ कमरेडको नामले चिनिएका ईन्द्रबहादुरले शान्ति प्रक्रियापछि व्यवसायमा पनि इतिहासकै ब्यानरमा सल्यानी खुकुरीलाई ब्रान्ड बनाइरहेका छन् । युद्धकालीन नाम राखेर व्यवसाय दर्ता गरेका छन् । 

उनी जनमुक्ति सेनाको रूपमा २०५९ सालमा अर्घाखाँचीको सन्धीखर्क, दाङ हापुरे, घोराही आक्रमणमा होमिएका थिए । हापुरेमा ९ दिनसम्म जंगलमा भोकै बसेको उनी सुनाउँछन् । ‘माल्टा, थागल खाएर, पानी खाएर बाँचेको हुँ, त्यहाँबाट खाली खुट्टै हिँडेर दैलेखको नौमूलेको लेकमा पुगेको हुँ,’ उनी भन्छन्, ‘कपुरकोटमा शाही नेपाली सेनासँग मूठभेड हुँदा धौंधौंसँग जोगिएको हुँ ।’

तत्कालीन शाही नेपाली सेनाले घरमा २ पटक क्षति पुर्‍याएका थिए । व्यवसायमा जोडिएपछि उनले पुरानो राजनीतिक आबद्धता छाडिसकेका छन् । अहिले उनी राजनीतिक कुरा आउँदा तर्किन खोज्छन् र भन्छन्, ‘राजनीति छाडिसकें, व्यवसायमा कुरा गरौं, उद्यमबाटै परिवार र समाजलाई समृद्ध बनाउन सम्भव छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x