×

NMB BANK
NIC ASIA

...अनि क्यानडाको भिसा त्यागेर भैँसी पाल्न थालेँ

कुखुरापालनमा ४६ लाख रुपैयाँ र ६ तोला सुन सके

माघ २९, २०७९

NTC
Premier Steels

क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैंसीपालनमा रमाइरहेका छन्। उनले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहनुभएको छ ।    

Muktinath Bank

साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गरेका गोदावरी नगरपालिका-२ अत्तरियाका उनले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्थे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुरख्यौली घर बझाङको छविस पाथिभेरा-२ भएका उनले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस गएका थिए। साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उनी वैदेशिक रोजगारीमा गएका थिए।


Advertisment
Nabil box
Kumari

शुरूआतमा काम गर्न दुबई पुगेका उनले त्यहाँ मासिक एक हजार ६ सय डलरमा काम थाले।

Vianet communication

करिब १४ महिना दुबईमा काम गरेपछि हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन । दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उनी कुवेतमा मासिक दुई लाख ९० हजारको जागिर गर्न गए ।

'व्यक्तिगत खर्च कटाएर मासिक रू दुई लाख ९० हजार घर पठाउथे', उनले भन्नुभयो, 'त्यहाँ मैले चार वर्ष आठ महिना काम गरेँ ।' त्यसपछि बिदामा घर आएका उनी विदेश फर्किएनन्।

बिदामा घर आएका उनले कुवेतको जागिर छाडेर शुरूमा कुखुरापालन गरे। कुखुरापालनबाट पहिला राम्रै आम्दानी भए पनि पछि भने लाखौँ घाटा बेहोरे।

उनले कुखुरापालनकै कारण विदेश छँदा कमाएको ४६ लाख नगद र ६ तोला सुन पनि सके।

कुखुरापालनबाट लाखौँ डुबेपछि हरेश खाएका हिक्मतले फेरि विदेश जाने सोच बताए। क्यानडाको भिसा लगाएर जाने तयारी गरेका उनले साथीको सल्लाहले रोकिए।

'कुखुरापालनबाट लाखौँ गुमाउँदा भएको तनावपछि विदेश जाने भनेर क्यानडाको भिसा लगाएँ, सबै तयारी पूरा भएर जाने तरखर गर्दै थिएँ साथीको सल्लाहले फेरि रोकिएँ', उनले भने।

'साथीको सहयोगमा बैंकबाट कर्जा लिएर भैँसीपाल्न शुरू गरेको छु। अहिले भैँसीपालनबाट राम्रो आम्दानी भइरहेको छ,' उनी भन्छन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ मा एक बिघा १२ कठ्ठा जमिन भाडामा लिएर उनले हेमा कृषि फार्म सञ्चालन गरेका छन्।

फार्ममा भैँसीपालन व्यवसाय शुरू गरेको करिब सात महिना पुग्न लाग्यो । यसमा पनि शुरूमा घाटा बेहोर्नुपरेको उनले बताए।

'साथीको सल्लामा अर्का एकजनामार्फत भैँसी किनेर ल्याए तर दूधै नदिने भएपछि आधा पैसामा बिक्री गरेँ', उनले भने।

हाल उनको फार्ममा ६ वटा भैंसी छन् । दूध बिक्रीबाट मात्रै हाल मासिक करिब ७० हजार नाफा भइरहेको उनी बताउँछन्।

'अहिले प्रतिलिटर रू ८० का दरले दैनिक ६४ लिटर दूध बिक्री गर्छु', उनले भने, 'प्रत्येक महिना दूध बढ्दै गइरहेको र आम्दानी पनि बढ्दै जाने विश्वास लिएको छु ।'

कुल रू ५६ लाख लगानी भएको कुखुरापालन व्यवसाय डुबेपछि आठ लाख रुपैयाँ ऋण लिएर शुरू गरेको भैँसीपालनबाट भने सन्तुष्टि मिलेको उनी बताउँछन्।

भैँसीपालनमा श्रीमती र एक जना आफन्तले सहयोग गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x