×

NMB BANK
NIC ASIA

फेरि रेकर्ड र छायाङ्कन गरी सार्वजनिक गरियो 'बादल बर्षा बिजुली'

काठमाडाैं | साउन २, २०८०

NTC
Premier Steels

१८ बर्ष पहिले बनेको चलचित्र 'कर्तव्य'मा रहेको गीत 'बादल बर्षा बिजुली' पछिल्लो समय निकै चर्चित बन्यो । छोटा भिडियोका लागि रुचिकर बनेको सञ्जाल 'टिकटक'ले यो गीतलाई पुनरुज्जीवन दिलायो । यो गीत 'भाईरल' भएसँगै युट्युब लगायतका विभिन्न प्लाटफर्ममा करोडौँपटक हेरिएपछि यसका सर्जकहरूले नयाँ भर्सनमा सार्वजनिक गरेका छन् ।

Muktinath Bank

काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी गीतलाई पुनःरेकर्ड गरी बनाईएको म्यूजिक भिडियो सोमवार सार्वजनिक गरिएको छ । गीतको एरेन्ज पनि पुनः गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 पुरानो गीतमा फणिन्द्र राईले एरेन्ज गरेका थिए भने नयाँमा उदयराज पौडेलले गरेका छन् । गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुनः स्वर भरेका छन् । सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका छन् । विजु पार्की र कबिता नेपालीले अभिनय गरेका छन् ।
 
गीत सार्वजनिक कार्यक्रममा गायक-गायिकासँगै यसका शब्द रचनाकार करुण थापा र सङ्गीतकार सचिन सिंहको पनि उपस्थिती रहेको थियो । यो गीतको अडियोको प्रतिलिपी अधिकार चलचित्रसँगै साईराम पिक्चर्सले लिएको थियो । गीतको नयाँ भिडियो भने गायक कार्कीको अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ ।
 
कार्यक्रममा बोल्दै गायक कार्कीले बर्षौंपछि गीतलाई ब्युँताएकोमा टिकटक प्रयोगकर्तालाई धन्यवाद दिए । उनले  १८ बर्ष पहिले नै आफुले गाएको गीत अहिलेको पुस्तालाई समेत मन परेकोमा खुशी भएको बताए । गीतकार थापाले यो गीत लेख्दा लागेको समय र परिवेशको चर्चा गरे । गायिका शाक्यले १८ बर्ष पहिले पनि चर्चित बनेर धेरै स्टेजमा यो गीत गाएको सम्झना गर्दै पुनः चर्चामा आउँदा सपना जस्तो लागिरहेको बताइन् ।


Advertisment
Nabil box
Kumari

निर्देशक आचार्यले 'कर्तव्य' चलचित्रको समयमा पनि आफुले यो गीतको प्रचार-प्रसार गरेको सम्झना गर्दै नयाँ भर्सनमा आफुले निर्देशन गर्न पाउँदा खुशी भएको बताए । भिडियोका सह-निर्देशक साईब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन् । उत्सव दाहालले छायाङ्कन गरेको भिडियोका सम्पादक बिजेश पौडेल हुन् । प्रोडक्शन डिजाईन दिपेन गौतम 'माईकल'ले गरेका छन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x