पुस १६, २०८०
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
काठमाडाैं | साउन २७, २०८०
गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा सार्वजनिक गरेका छन् ।
उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारू, राजवंशी, खस र भोजपुरी गरेर सातवटा भाषामा सार्वजनिक गरेका हुन् ।
शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । सातवटै भिडियो टंकको अफिसियल युट्युबमा सार्वजनिक छन् ।
यो गीतमा शब्द र संगीत पनि टंककै छ । उनलाई स्वरमा गायिका अन्नु चौधरीले साथ दिएकी छन् । पछिल्लो समयकी चर्चित गायिका अन्नुसँग टंकको यो पहिलो सहकार्य हो ।
गीतको भिडियोमा राहुल शाह र समिस्रिका परियारको नृत्य एवं अभिनय छ ।
थारु भाषाको गीतको भिडियोमा भने गायक–गायिका टंक र अन्नु स्वयंमले अभिनय रहेका छन् ।
कार्यक्रममा अतिथिका रुपमा पुगेका संघीय सांसद सुनील केसीले टंकले गरेको नयाँ प्रयासको प्रशंसा गरे । उनले नेपालमै सायदै पहिलोपटक एकैपटक एउटै गीतलाई सातवटा नेपाली भाषामा सार्वजनिक गरिएको र एक कलाकारले नेपाली भाषालाई संरक्षण र प्रबर्द्धन गर्न सहयोग गरेको भन्दै धन्यवादसँगै शुभकामना दिए । यस्तै व्यवसायी टीका बुढाथोकीले पनि गीतको सफलताको शुभकामना दिए ।
गायक तथा संगीतकार टंकले आफूले एक वर्षदेखि यो गीतका लागि मेहनत गरेको जानकारी दिए । ‘मैले एक वर्षदेखि यो गीतका लागि काम गरिरहेको थिएँ । विशेषगरी सबै भाषाको ज्ञान नहुँदा धेरै समय लाग्यो’ – टंकले भने, ‘मैले झन्डै ५० पटकसम्म अभ्यास गरेको थिएँ । सबैभन्दा बढी नेवारी भाषामा स्वर भर्दा समय लागेको थियो ।’
गायिका अन्नुले नयाँ–नयाँ भाषाका गीत रेकर्ड गर्न पाउँदा नयाँ कुराहरू समेत सिक्ने मौका पाएको भन्दै खुशी व्यक्त गरिन् ।
टंक र अन्नुले नेपाली र थारू बाहेक अन्य पाँचवटा भाषाका लागी केही व्यक्तिहरू सँग अनुवाद सहयोग मागेका छन् । टंकले नेपालमा रहेको विभिन्न भाषालाई प्रवर्द्धन गर्नकै लागी आफूले सानो कदम चालेको बताए । उनले कलाकारको हैसियतले आफ्नो तर्फबाट सानो प्रयास गरेको बताउँछन् । उनले भने, ‘हामी नेपालीलाई आफूले बोल्ने भन्दा अन्य भाषाको ज्ञान कमै हुन सक्छ । त्यसैले गीतमार्फत भएपनि भाषाको प्रमोट होस् भन्ने लाग्यो ।’
गीतको ६ वटा भिडियोको निर्देशक मोडल राहुल शाह नै हुन् भने छायांकन र सम्पादनको काम पवन सुस्लिङले गरेका छन् । थारू भाषाको गीतको भिडियोमा भने नवराज उप्रेतीको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...