×

NMB BANK
NIC ASIA

रियालिटी शो ‘एनआरएन द सिङ्गर’ को भोटिङ खुला

काठमाडाैं | असोज १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

रियालिटी शो  ‘एनआरएन द सिङगर’को लागि भोटिङ खुला भएको छ । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो । प्राप्त अडियोबाट छनोट गरिएका उत्कृष्ट ४० कलाकारका प्रस्तुतिहरु  स्पेस फोरके टेलिभिजनबाट प्रसारण भइसकेका  छन् ।

Muktinath Bank

पहिलो सिजनमा विश्वभरबाट १३ दिनको अवधिमा ३७ देशबाट ३१२ प्रतिस्पर्धीले भिडियो अडिसन दिएको र प्रशारण योग्यबाट उत्कृष्ट ४० जना छनोट गरिएको थियो । टेलिभिजनबाट प्रशारण भएको सोही भिडियोबाट उत्कृष्ट २० मा जजहरुले नै छनोट गरेका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अडिसनका बेला प्राप्त भएका उत्कृष्ट ४० मध्येबाट जजहरुले २० जनाको भिडियो छनोट गरेका थिए । सोही २० जनाबीच फेरि प्रतिस्पर्धा गरेर १५ जना छनोट गरिएको छ । अबको एपिसोडमा उत्कृष्ट १५ को प्रदर्शनपछि उत्कृष्ट १२ छनोट हुने छन् ।


Advertisment
Nabil box
Kumari

अहिले उत्कृष्ट १५ मा लोकेन्द्र दूधराज, एरिक लिम्बु सम्बाहाम्फे, युक्ति विमली, शिशिर थापा, केदार कार्की, राधिका पोखरेल, कृष्ण खवास, प्रदीप कोयू राई, विष्णु क्षेत्री र कर्मा दोङ तामाङ रहेका छन् । यस्तै गुण मगर निशु, भीम शेर्मा लिम्बू, सुवासचन्द्र पुनमगर, लाक्पा डेन्डी शेर्पा र भेषबहादुर गुरुङ रहेका छन् ।

Vianet communication
Laxmi Bank

एनआरएनएको संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा उत्पादन गरिएको कार्यक्रममा अब उत्कृष्ट १५ बाट १२ जना छनोटका लागि भोटिङ खुला गरिएको छ । त्यसका लागि खल्ति एपसँग सहकार्य गरिएको युनिटेकका कार्यक्रम उत्पादक सुरज राइले जानकारी दिए ।

भोटिङका लागि अक्टोबर १ अपरान्ह ५ बजेसम्मको लागि समय दिइएको छ । एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई नेपालबाट रहेका छन् भने युकेबाट शर्मिला बर्देवा र रुपककुमार शाहीसमुदा अस्ट्रियाबाट जोडिएका छन् ।
१५ जनाबाट उत्कृष्ट १२ मा पुग्दा २५ प्रतिशत भोटिङको नम्बर जोडिने छ भने ७५ प्रतिशत निर्णायकको नम्बर हुने छ ।
उत्कृष्ट १२ बाट १० मा जाँदा भोट र निर्णायकको बराबर ५० प्रतिशत हुने छ भने उत्कृष्ट १० बाट ग्रान्ड फिनालेमा पुग्ने नियम छ ।  ५ जनाको छनोट गर्दा भने ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गर्ने छ । तर, ग्रान्ड फिनालेमा ५ जनाबीच  प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ उपाधि जित्न सफल हुनेछन् ।

उपाधि जित्नले नगदरु  ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख  र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका  साथै ट्रफि र प्रमाणपत्र पाउने कार्यक्रमका उप संयोजक प्रवीन गुरुङले जानकारी दिए ।

अक्टोबर १ मा उत्कृष्ट १५ को प्रस्तुति स्पेस फोर के टेलिभिजनमा नेपालको समय अनुसार राति १० बजे प्रसारण हुने छ ।  अक्टोबर ५ मा उत्कृष्ट १२ को प्रस्तुति प्रसारण पछि अक्टोबर ९ मा सेमिफाइनलको प्रस्तुति प्रसारण गरेर फिनालेका लागि उत्कृष्ट ५ जनाको छनोट गरिने छ । फिनाले अक्टोबर १५ मा काठमाडौंमा आयोजना गरिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x