कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
इजरायलमा शनिवार भएको आतंककारी हमलामा परी १० जना नेपाली नागरिकको निधन भएको छ । त्यसमध्ये धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ४ सपहीका २२ वर्षीय आनन्द साह समेतको निधन भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रेग्मीले पुष्टि गरेकी छन् ।
आनन्दको मृत्यु भएको खबर आइतबार दिउँसो ४ बजे गाउँमा फैलिएको वडाध्यक्ष रमेश कुमार साहले बताए । 'इजरायलमा हमला भएको दिन शनिवार नै आनन्दका दिदीले फोन गरेकी थिइन् । तर, फोन बजे पनि उठेको थिएन । आज आइतबार पनि उनको फोनमा रिङ जान्छ तर फोन उठेको छैन,' वडाध्यक्ष साहले लोकान्तरसँग भने,'सरकारले अहिलेसम्म उनी मारिएकोबारे परिवारका सदस्यलाई कुनै जानकारी गराएको छैन । तर, आनन्दकी बहिनीहरूले इजरायलका केही मानिससँग कुरा गर्दा आनन्दको निधन भएको कुरा आएको छ ।'
आनन्द परिवारको एक्लो छोरा हुन् । उनका तीन दिदीबहिनी छन् । 'गत भदौ २६ गतेमात्र उनी कृषिसम्बन्धी तालिम लिनका लागि गएका थिए,' वडाध्यक्ष साहले थपे,'कृषिसम्बन्धी तालिम लिन उनीसँगै नेपालका अरू २५ जना विद्यार्थीहरू गएका थिए ।' जनकपुरको एन्जलस बोर्डिङ स्कुलबाट एसईई र मिट क्याम्पसबाट आईएससी उत्तीर्ण गरेका आनन्द त्यसपछि इजरायल पुगेका थिए ।
घर परिवारका कुनै पनि सदस्य अहिले बोल्ने अवस्थामा छैनन् । आनन्दका बुवा सोमन साहले जसोतसो छोरालाई पढाएका थिए । 'आनन्द निकै मिहिनेती र राम्रो विद्यार्थी थिए । उनको घर परिवारको आर्थिक अवस्था राम्रो छैन,' वडाध्यक्ष साहले थपे,'पढेर र इजरायलबाट तालिम लिएर आएपछि गाउँमै केही गर्छ भन्ने सपना बुबाले बोकेका थिए ।'
आमा, बुबा सबै आनन्दको घटनाबारे सुनेर मुर्छित भएका छन् । अहिले सिंगो गाउँ नै शोकमा डुबेको साहले बताए । 'दुई दिनअघि शुक्रवार आनन्दसँग उनका बहिनीहरूले फोनमा कुराकानी गरेका थिए । तर त्यो दिन उनको आमा बुवासँग कुरा हुन सकेको थिएन,' साहले थपे,'शनिवार आमा बुवासँग कुरा गर्छु भनेका आनन्दसँग कुरा गर्न आमा बुबाले शनिवार देखि नै फोन गरे पनि फोन त बजेको छ । तर आज आइतबार सम्म पनि फोन उठेन । '
परिवारको एक्लो छोराको विदेसिएको २६ दिनपछि निधन भएको खबरसँगै परिवारमा वज्रपात भएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...