×

NMB BANK
NIC ASIA

कालिजले बजार नपाउँदा म्याग्दीका किसान चिन्तित

म्याग्दी | कात्तिक ११, २०८०

NTC
फाइल फोटो
Premier Steels

कालिजले बजार नपाउँदा म्याग्दीका किसान निराश भएका छन् । बजार अभावमा कालिजपालन गरेका उद्यमीहरू विस्थापित हुन थालेका छन् । 

Muktinath Bank

लागतअनुसार मूल्य र बजार नपाउँदा कालिजपालक किसान मर्कामा परेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका अनुसार दुई वर्षअघि जिल्लाभर छ वटा कालिज फार्म रहेकामा हाल एक वटा मात्र सञ्चालनमा रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्चालनमा रहेको हरियाली ग्रुपको फार्ममा पनि न्यून मात्रामा कालिज पालिएका छन् । तीन हजारभन्दा बढी कालिज पाल्न सक्ने क्षमता रहेको फार्ममा हाल दुई सय ५० वटाको हाराहारीमा कालिज रहेका हरियाली ग्रुपका महाप्रबन्धक गोविन्द पौडेलले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

“शुरूमा बजार र मूल्य राम्रो थियो, अहिले माग आउन र बजार पाउन छाडेपछि सङ्ख्या घटाएका छौं,” उनले भने, “दानाको मूल्य महँगिने र लागतअनुसार मूल्य नपर्ने हुँदा कालिजपालन फस्टाउन सकेन ।” 

Vianet communication

कालिजलाई वनखुकुरा भनेर चिन्ने गरिन्छ । ‘राउननेक’ जातको कालिज घरमा पाल्नलाई सरकारले अनुमति दिएको छ । पछिल्लो पटक संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेको छ । एकवटा भाले कालिजको मूल्य रु दुई हजार पाँच सयदेखि तीन हजार र पोथीको मूल्य रु दुई हजारदेखि दुई हजार एक सय छ । 

चल्लाको मूल्य प्रतिगोटा रु आठ सयदेखि आठ सय ५० छ । पाँच महिना पालेपछि दुई किलोभन्दा बढी तौल हुने कालिज मासुका लागि खानयोग्य हुन्छन् । म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटमा विसं २०७८ मा स्थापना भएको यमितादह कृषि तथा पशुपक्षी फार्ममा हाल एक हजार दुई सय गोटा बिक्रीयोग्य कालिज छन् । 

“दिनमा चार हजारको दाना खान्छ, पाँच महिनामा बिक्री गर्नुपर्ने कालिज एक वर्षमा पनि बिकेको छैन,” यमितादह कृषि तथा पशुपक्षी फार्मका कर्मचारी मनबहादुर पुनले भने, “गाउँघरमा यसको उपभोक्ता छैनन् । बजारमा कालिजको बिक्री घटेको छ ।”

सो फार्ममा बेलायतमा रहेका हर्कबहादुर पुनले रु ६० लाख लगानी गरेर तीन रोपनी जमिनमा कालिजपालन गरेका हुन् । कालिजको चल्ला उत्पादन गर्ने ‘ह्याचिङ’ मेसिन भए पनि चल्लाको माग नभएकाले मेसिन प्रयोग भएको छैन । कालिजले सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन् । कालिज बिक्री गराउन पोखरामा रेष्टुरेण्ट खोल्न लागेको पुनले बताए । 

कालिज सुत्केरी र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ । म्याग्दी र आसपासका क्षेत्रका किसानले उत्पादन गरेको कालिज खपत हुने बजार बेनी, गलेश्वर, तातोपानी, कुश्मा, पोखरा, जोमसोम र घोडेपानी हो । आन्तरिक पर्यटक कालिजका उपभोक्ता हुन् । 

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका प्राविधिक गणेश रिजालले मानिसहरूको खर्च गर्ने क्षमतामा आएको कमीको असर कालिजपालनमा परेको बताए । 

“उपभोक्ताहरूसँग पैसा धेरै हुँदा कालिज, च्याङ्ग्रा, खसी, बोकाको खपत धेरै थियो,” उनले भने, “पछिल्लो समय कालिजको मात्र नभएर खसीबोका, लोकल कुखुरा र च्याङ्ग्राको मासुको खपत पनि घट्न थालेको छ।”

धेरै समय कालिज पाल्दा दानामा लगानी बढ्ने भएकाले सुकुटी बनाउने, ‘डिपफ्रिज’ गर्ने र आन्तरिक बजारीकरण गर्नुपर्ने सुझाव किसानलाई पशु सेवा प्राविधिकहरूले दिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x