×

NMB BANK
NIC ASIA

रामेछापको भुजी पहिरोले ८० घरपरिवार विस्थापित, स्वास्थ्य चौकीमा पुग्नसमेत समस्या

रामेछाप | कात्तिक १२, २०८०

NTC
फाइल फोटो
Premier Steels

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ भुजीको पहिरोले स्थानीयवासी सधैं त्रासमा छन् ।​

Muktinath Bank

विसं २०७२ को भूकम्प जाँदा थोरै पहिरो गएको भए पनि त्यस वर्षको वर्षादेखि लगातार पहिरो जान थालेपछि बस्ती र जमिन नै बगिरहेको स्थानीयवासी भीमबहादुर नेवारले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार निरन्तर पहिरो झर्ने भएका कारण वर्षामा बढी र हिउँदमा केही कम जोखिम हुने गरेको छ । वर्षाको बेला निरन्तर पहिरो झर्ने गरेका कारण विद्यालय जाने आउने बालबालिकालाई समस्या हुने गरेको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

जोखिमका कारण विद्यालयका बालबालिकालाई वर्षाको समयभर वडा कार्यालयमै वडाको व्यवस्थापनमा राखेर पढ्न पठाउने गरिएको छ । 

Vianet communication

पहिरोका कारण भुजीको ठिन्केपु पिपलडाँडा, सारिटोल, कोकर्सी गाउँको नेवारी समुदाय, सुनुवार समुदाय र दलित समुदाय गरी करिब असी घरपरिवार विस्थापित भएका उमाकुण्ड गाउँपालिकाका कार्यपालिका सदस्य हेमन्त सुनुवारले बताए ।​

पिपलडाँडाँबाट विस्थापित भई वडाध्यक्ष रुद्रमणि नेवारलगायत दलित घरपरिवारका २५ घरपरिवार पहिरोकै कारण अन्यत्र बसाइँसराइ गरिसकेका छन् ।  

पहिरोका कारण स्थानीय ठिंन्केपु आधारभूत विद्यालयलाई समेत यसको असर परेको छ । 

नेपाल सरकारले यस ठाउँको बस्ती स्तानान्तरणको कार्यक्रम ल्याए पनि उक्त कार्यक्रम प्रभावकारी ढङ्गबाट कार्यान्वयन हुन नसकेको स्थानीय दशराम सुनुवारले बताए । ​

रुना, ठिङ्केपु, पिपलडाँडा, फास्तुबाट वडा कार्यालय आवतजावत गर्न सङ्घीय सरकारमार्फत मुहान खोलामा झोलुङ्गे पुलको योजना परेको, पहिरो नियन्त्रणका लागि प्रदेश सरकारबाट रु १० लाखको योजना परेको भए पनि त्यसले मात्र पर्याप्त नभएको पनि उनले बताए । 

उनका अनुसार जोखिमका कारण पोल्दिममा भएको स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि घटेको छ । 

स्वास्थ्य ल्याब लगायतका अन्य उपकरण व्यवस्था गर्न सके र उक्त पहिरो नियन्त्रणका लागि केही पहल गर्न सके स्वास्थ्योपचार गर्न आउनेको सङ्ख्यासमेत बढ्ने सुनुवारको भनाइ रहेको छ ।​

भूगर्वविदहरूलाई अध्ययन अवलोकन गराएर यस समस्याको समाधान बेलैमा नगरे यसले ठूलो जोखिम निम्त्याउने सम्भावना रहेको पनि कार्यपालिका सदस्य सुनुवारले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x