×

NMB BANK
NIC ASIA

भूकम्पले निम्त्याएको विनाश

भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट: हजार बढी घर भत्किए, मानवीय क्षति हुनबाट जोगियो

गाउँपालिका अध्यक्ष भन्छन्– झड्का लामो समयसम्म रहेकोले घरबाट सुरक्षित बाहिर निस्किन पाइयो

काठमाडाैं | कात्तिक १८, २०८०

NTC
फाइल तस्वीर
Premier Steels

गएरातिको भूकम्पका कारण जाजरकोटको बारेकोट गाउँपालिकामा हजारौं घरहरू भत्किएका छन् । भूकम्पको मुख्य इपिसेन्टर रहेको बारेकोमा हजारौं घरहरू भत्किए पनि अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैन । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले भूकम्पले पालिकामा भौतिक क्षति भए पनि मानवीय नभएको बताए । 

Muktinath Bank

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूकम्पको झड्का लामो समयसम्म रहेका कारण मान्छेहरू घरबाहिर निस्किएकोले मानवीय क्षति हुन नपाएको उनले बताए । 'ठूलो भूकम्प र मानवीय सुरक्षालाई हेर्ने हो भने तादम्यता नमिल्ने खालको देखिन्छ । अन्य पालिकामा ठूलै मानवीय क्षति भए पनि संयोग नै भनौं मुख्य इपिसेन्टर रहेको हाम्रो पालिकामा भने मानवीय क्षति भएको छैन,' गिरीले लोकान्तरसँग भने, 'भूकम्पको झड्का अलि लामो समय रह्यो । त्यतिन्जेल मानिसहरू घरबाहिर निस्किन पाए । म स्वयं पनि कोठा भित्रबाट निस्किसकेपछि पर्खालहरू भत्किएर झरेका छन् ।'


Advertisment
Nabil box
Kumari

भूकम्पपछि राति नै पालिकाको ९ वटै वडामा पुगेर घाइतेलाई नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउने काम गरेको उनले बताए । 'हाम्रो गाउँपालिकाको वडा नम्बर १ को रामीडाँडा भूकम्पको केन्द्रबिन्दु हो । सबैभन्दा बढी घरहरू वडा नम्बर १ र वडा नम्बर २ मै भत्किएको छ,' उनले थपे, 'पालिकाभित्र करिब १ हजार जति घरहरू भत्किएका होलान् । बस्न नमिल्ने घरको संख्या धेरै छ । सबै वडाको विवरण संकलन भइरहेको छ ।'

Vianet communication

ढुंगा र माटोबाट बनेका एक हजार जति कच्ची घरहरू भत्किएको उनले बताए ।

null

एक दर्जन जति मान्छेहरू घाइते भएको उनको भनाइ छ । जसमध्ये ९ जनाको अवस्था अलि गम्भीर रहेको उनले बताए । उनका अनुसार उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत पठाउने तयारी छ ।

राति नै घाइतेहरूलाई स्वास्थ्य संस्थामा पुर्‍याउने, उपचार गराउने, घरभित्र रहेका मान्छेहरूलाई बाहिर निकाल्ने, सुरक्षित ठाउँतिर बसाउने र घरका सामग्री बाहिर निकाल्ने काम गरिएको उनले बताए । 

'सयौं परिवारहरू विस्थापित भएर अहिले घर बाहिर हुनुहुन्छ । उहाँहरूको आवास र खानपिनको व्यवस्था गर्न हम्मेहम्मे भएको छ,' उनले भने,'मान्छेहरू आतंकित भएका छन् । घर सुरक्षित हुन्छ भन्ने मनोविज्ञान कसरी बनाउन सकिन्छ भन्नेमा पनि लागेका छौं ।'

विस्थापित भएकाहरूलाई पालिकाको तर्फबाट तत्काल खाद्यान्न सामग्री उपलब्ध गराएर बस्नका लागि पालसम्म भए पनि व्यवस्था गर्न लागेको उनले बताए ।

जाजरकोटकै सबैभन्दा विकट पालिका भएका कारण विस्थापितहरूको बस्न र खान समस्या भएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x