×

NMB BANK
NIC ASIA

भूकम्पको वितण्डा

आठबीसकोटको एकै वडामा २७ जनाको मृत्यु: ८०० घर थिए, कुनै बचेनन्

भावुक हुँदै वडा सदस्य मल्लले भनिन्– अब केही बाँकी रहेन

काठमाडाैं | कात्तिक १८, २०८०

NTC
Premier Steels

 शुक्रवार राति गएको भूकम्पमा परेर रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको एकै वडामा २७ जनाको मृत्यु भएको छ । वडा नम्बर १४ मा बिहानसम्म १४ जनाको मृत्यु भएकोमा अहिले संख्या २८ पुगिसकेको वडा सदस्य भर्दु मल्लले बताइन् । 

Muktinath Bank

‘पूर्णगाउँको टोलमा मात्रै १४ जनाको मृत्यु भएको छ भने वडाका अन्य टोलमा समेत गरी अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ,’ मल्लले लोकान्तरसँग भनिन्, ‘रातिदेखि नै हामी उद्धारमा लागेका छौं । वडा नम्बर १४ मा मात्रै १०० भन्दा बढी घाइते मानिसलाई हामीले उद्धार गरेका छौं ।’ मृतकहरूको शव पोस्टमार्टमका लागि नगर अस्पताल पुर्याउने काम जारी रहेको उनले बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वडामा रहेका जम्मा ८०० घरमध्ये कुनै पनि बचेका छैनन् । कुनै घर आधा चर्किएका छन् भने कुनै घर जडै देखि भत्किएका छन्,’ मल्लले थपिन्, ’तीन वटा स्वास्थ्य चौकीमध्ये २ वटा भत्कियो । स्कूल पनि भत्किएका छन् । अलि–अलि चर्किएको एउटा स्वास्थ्य चौकीमा घाइतेहरूलाई राखेर हामीले उपचार गराइरहेका छौं ।’


Advertisment
Nabil box
Kumari

कतिपय घर परिवारमा एकै परिवारका धेरै सदस्यको मृत्यु भएको उनले बताइन् ।

Vianet communication

‘हाम्रो वडामा केही पनि बाँकी रहेन,’ भावुक हुँदै उनले लोकान्तरसँग भनिन्,’ गाई, भैँसी, बाख्रा सबै मरेका छन् । स्थिति एकदमै भयावह छ ।’ 

उद्धारमा नेपाल रेडक्रसदेखि नेपाल प्रहरी रातिदेखि नै सक्रिय रहेको उनले जानकारी दिइन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x